८ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्य

दुई छोरीलाई विष खुवाइ एक महिलाद्वारा आत्महत्या

कैलाली, माघ २८ (नागरिक)- कैलालीका एक महिलाले आफ्ना दुई सन्तानलाई विष खुवाएर आफू पनि झुन्डिएर आत्महत्या गरेकी छन्। जोशीपुर-३ बन्जरियाको खैरेनी जंगलमा सनाखत हुन नसकेकी ती महिलाले करिब ५ र ११ वर्षीया छोरीलाई विष खुवाएर आफू पनि खयरको रुखमा झुन्डेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।  

मृतकको सनाखत र मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ माघ २०६९ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App