७ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्य

फाप्यो देह दर्शन

जय संगतमा लागेर गुमनाम बनेकी अभिनेत्री पूजना प्रधान फिल्म 'रक्षा'मा अभिनय गरेपछि चर्चामा छिन् । फिल्म पाउनै छाडेकी उनी फेरि धेरै फिल्मकर्मीका आँखामा पनि परिसकेकी छिन्। तर, उक्त फिल्ममा 'बेडसिन' दिएको केही दिनपछि नै 'मलाई निर्देशकले नंग्याए' भन्दै हिँडेकी पूजनामाथि अन्याय भयो कि भन्नेहरू धेरै थिए।
फेरि पनि सोही प्रकृतिका गीतमा उस्तै भावमा नाच्न थालेपछि उनको क्रन्दन नाटकीय हो भन्न थालेका छन् फिल्मकर्मी। उनका नजिकियाहरूले नै भन्न थालेका छन्, 'पूजनाको प्रचार अस्त्र थियो त्यो।' छोटा वस्त्र धारण गरेर फिल्म नगरीमा घुसेकी उनलाई फेरि एक पटक देह दर्शन फाप्ला जस्तो छ।

प्रकाशित: २१ पुस २०६९ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App