पीडित पक्षले दोषीलाई पक्राउ नगरेसम्म शव नबुझ्ने अडान लिइरहेकाले मङ्गलबार रातिदेखि सो शव धादिङ अस्पतालको शवगृहमा राखिएको छ। अहिलेसम्म शव परीक्षणसमेत हुन नपाई कुहिने अवस्थामा पुगेकाले सिंखडा हत्या प्रकरण जटिल बन्दै गएको छ।
मङसिर १८ गते सोमबार बिहान ८ बजे गुम्दीको सात दोबाटोमा दार्खा-८ का माओवादी कार्यकर्ता विजया तामाङको हत्यापछि सो घटनामा संलग्न व्यक्ति भन्दै केही व्यक्तिले सिंखडाको पनि हत्या गरेका थिए।
बिहान ८ बजेदेखि १०ः३० बजेसम्म जिल्ला प्रशासन कार्यलयमा धर्ना बस्दा पनि कुनै वास्ता नगरिएकाले बाध्य भई सडकमा आउनुपरेको सिंखडा समाजको भनाइ छ। नारा जुलुससहित बजार परिक्रमा गरिएको विरोध जुलुसमा मृतकका आमा, श्रीमतीलगायतका आफन्तजन र सर्वसाधरणको सहभागिता थियो। रासस
प्रकाशित: २२ मंसिर २०६९ ०३:१८ शुक्रबार





