१५ चैत्र २०८० बिहीबार
अन्य

स्कूल जाने बेलामा ।

बालकविता

हरिप्रसाद चौलागाईं

किताबकापी कलम ।

 गर नानी जतन ।।

जान्नैपर्ने बेला यो । 

सिक्नैपर्ने बेला यो ।।१

 बाबाआमा  काममा । 

नजाउ भन्थे गाउँमा ।।

 अरु साथी बोलाउ ।

घरमै भाइ खेलाउ ।।२ 

पढ्नजाने बेलामा । 

खाजा बोक झोलामा ।।

 रोटी पुवा हलुवा । 

सेल पुरी माल्पुवा ।।३

 भुटीमाम समोसा ।

 मीठो  आलु  परौठा ।।

 आलोपालो गरेर ।

 लानु तयार पारेर ।।४ 

सफा सुगर भएर ।

 पढ स्कूल गएर ।। 

नखेल है फोहोर । 

घाउ भयो पोहोर ।।५ 

स्कूल जाउ हाँसेर ।

 पढ मन लाएर ।। 

विद्या बुद्धि बढाउ । 

देशकै लागि रमाउ ।।६

प्रकाशित: १४ श्रावण २०७७ ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App