७ वैशाख २०८१ शुक्रबार
अन्य

सानीसानी नानी म

बालकविता

क्याप्शन

नन्दु उप्रेती

सानीसानी नानी म किन गाली गरेको  

किन कुरा नबुझी रिसाउनु परेको ?

सबै कुरा कसैले नि जानेको त हुन्न नि

जानीजानी तातो आगो कसैले नि छुन्न नि

गल्तीहरू घट्दै जान्छन् सिक्दैसिक्दै ठूलो हँुदा  

असल हुन्छु जाति हुन्छु ज्ञानले मन छुदाँ ।

कोपिलालाई माया गरे सुन्दर फूल फुल्छ  

सुगन्धले पाउ उचाली हावासँगै डुल्छ

माया नै हो प्यारो लाग्ने जाग्ने मनैबाट

माया कहाँ बस्छ मनमा छैन भने काख ?  

प्रकाशित: ८ श्रावण २०७७ ०७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App