१९ श्रावण २०७७ सोमबार
अन्य

कोरोना कहर

बालकविता

सीता शर्मा 

 आमा  म स्कुल जाने कहिले  

साँच्चि आमा  

हामी घरबाट निस्कने कहिले  

स्कुलमा साथीसँग खेल्न मन लाछ

रमाईरमाई कक्षाकार्य गर्न मन लाछ ।

कति बस्नु घरैभित्र, एउटै कोठाभित्र

खेल्ने छैन केही सामान, न छन् मेरा मित्र

हाँस्ने खेल्ने पढ्ने हामी साथीसँगी मिली

खाजा खाने समयमा नि खान्थ्यौं बाँडीचुडी ।।

आँगनमा खेल्न जाऊ

फूलै भाँचिन्छ रे

झुम्रोको बल बनाई खेलौं

सीसा चर्किन्छ रे

उता गाँउमा हजुरबाको उस्तै झल्को आउँछ ।

पल्ला घरे सानेसँग खेल्न मन लाउँछ

हिजो राति सपनीमा हजुरबालाई देखे

हजुरबाको औला समाई गाउँ नै भरि डुले

पढ्न नयाँ किताब छैन ।

लेख्ने कापी छैन ।

चित्र कोर्ने रहर मेट्ने

कलर पेन्सिल छैन् ।

कोठाभित्रै बस्दाबस्दै निस्सासिन थालें

आफ्नै छायाँदेखि पनि डराई भाग्न थालें

आमा, प्रार्थना छ भगवानलाई

यो कोरोना भागोस्

संसारभरि खुशियाली

अमनचैन छाओस्

सबै कुरा राम्रो होस्

स्कुल जान पाइयोस्

बाबाको  जागिर पनि फेरि लागि जाओस्

हो आमा यो कारोना भन्ने रोग छिट्ट भागोस्

रमाइलो गर्ने माहोल छिटै फर्किआओस् ।     

प्रकाशित: ६ श्रावण २०७७ १३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App