८ वैशाख २०८१ शनिबार
अन्य

म र मेरो समय

सफलता थापा छेत्री

कक्षाः ७, 

विजेश्वोरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, स्वयम्भू, काठमाडौँ  ।

समयलाई काल, बेला, मौका र अवसरको  रूपमा चिनिन्छ । समयलाई कसैले पनि देख्न सक्दैनौँ तैपनि सबैले यसलाई  अनुभव गर्न सक्छौँ । समय अनादि र अनन्त छ किनभने यसको न त आदि हुन्छ न अन्त नै । समय युगदेखि गतिमान भएर अगाडि बढिरहेको छ र अनन्तसम्म चलिरहनेछ । समय कसैको लागि न त पर्खन्छ न त फर्कन्छ ।

यसले धनी,गरीब, कालो, सेतो कसैलाई पनि पर्खंदैन । यसले न  कसैको डर, त्रास र धम्की नै मान्छ  न त कसैको अनुरोध नै । त्यसैले समयको महिमा अपरम्पार छ । यसको महत्व बुझेर सदुपयोग गर्यौँ भने हामी जीवनमा सफलता हासिल गर्न सक्छौँ । सही समयमा सदुपयोग  गर्न नसक्ने व्यक्ति कहिल्यै सफल हुन सक्दैन । उसको जीवन नर्कझैँ हुन्छ र उसको जीवनको कुनै अर्थ रहँदैन । विद्यार्थी जीवनमा समयको अझ ठूलो महत्व हुन्छ । सीप , अध्ययन, सिकाइको प्रक्रियालाई समयमा नै ध्यान दिन सकेनौँ भने हाम्रो भविष्य अन्धकारमय हुन्छ । समय आउँछ, पर्खंदैन, बगेको खोला फर्कंदैन भन्ने भनाइलाई मनन गरेर समयको सदुपयोग गरेमा विद्यार्थीको मात्र नभएर सबै मानिसको जीवन उज्ज्वल हुन्छ । त्यसैगरी समयप्रतिको सचेतना नै सफलताको सिँढी तथा सार हो ।

समयलाई सबैभन्दा बलवान्, सबैभन्दा महत्वपूर्ण कुराको साथै गुरु, भगवान्, आमा र मार्गदर्शनको रूपमा पनि लिइन्छ । समयमा काम गरेन भने समयले हाम्रा लागि कुर्दैन । समय जीवन हो र जीवन समयकै अंश हो । हाम्रो जीवन समयजस्तै गतिशील हुनुपर्छ र समयजस्तै निरन्तर पनि हुनुपर्छ ।

समयमा धेरै बाधाहरू आउँछन्  । ती सबै बाधाबाट उत्तीर्ण हुन सक्नु नै एक असल मानिसको जीवन सफल हुनु हो । जस्तैः २०७२ सालको भूकम्पले नेपालका भौतिक संरचना, जनधन लगायत धेरै कुरामा क्षतिका साथै समयसमयमा गैरहने बाढीपहिरोलाई छिचोल्दै  जिउन सफल भएका छौं ।  निरन्तर चलिरहने समयमा धेरै रोग, विपत् आइपरेका छन् । जस्तैः फ्लु, प्लेग जस्ता रोगहरू पनि आएर झन्डै ५ लाखभन्दा बढी मानिसहरूको मृत्यु भएको थियो तर त्यस्तो परिस्थितिलाई जित्यौं ।

अब हालैको हामीले झेलिरहेको विषयमा कुरा गरौँ । समय र परिस्थितिले ल्याएको कोरोनले विश्वभर  धेरै जनालाई मृत्युको मुखमा पुर्याइसकेको छ । कोरोनकै कारण हामी बाहिर ननिस्की आआफ्नै घरमा बसेको छौँ । यस्तो परिस्थितिमा पनि विद्यालयले अनलाइन कक्षाद्वारा हामीलाई घरमै बसी शिक्षा दिएर हाम्रो समयको सदुपयोग गरेको छ । त्यसैले हामीले पनि नयाँनयाँ प्रविधिद्वारा ज्ञान हासिल गर्ने मौका पाउनुको साथै त्यस समयको भरपुर सदुपयोग गरी ध्यान दिएर पढिरहेका छौँ ।

गुरु तथा गुरुआमाहरूले हामीलाई अनलाइन विधिद्वारा पढाउनुको मुख्य कारण हाम्रो भविष्य उज्ज्वल बनाउनु र समयको  सदुपयोग गराउनु हो । त्यसैले सबैले समयको  उचित ख्याल राख्यौँ भने भविष्य उज्ज्वल हुन्छ ।                                            रू र

 

प्रकाशित: ५ श्रावण २०७७ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App