७ वैशाख २०८१ शुक्रबार
अन्य

कोरोनाको प्रभाव र लकडाउनको अनुभव

अनुराग सापकोटा

कक्षा –५, श्री ताराकुञ्ज सेकेण्डरी स्कुल , पोखरा –१३,कास्की ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहान शहरमा देखापरेको नयाँ प्रजातिको भाइरस नै कोरोना भाइरस हो । यसलाई कोविड १९ पनि भनिन्छ । यही भाइरसको संक्रमणका कारण लाग्ने रोगबाट अहिले सम्पूर्ण मानव जगत् त्रसित बनिरहेको छ । कोरोना भाइरस अरू प्रजातिका भाइरसभन्दा खतरनाक रहेको कुरा वैज्ञानिकहरूको अध्ययनबाट सावित भइसकेको छ । यो भाइरसको संक्रमण सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा हुन सक्छ ।

यसबाट संक्रमित व्यक्तिमध्ये झन्डै तीन प्रतिशतले यसकै कारण ज्यान गुमाउन सक्ने तथ्य सार्वजनिक भएको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिमा कोरोनाको संक्रमण हुन सक्छ । यही कुरालाई ध्यान दिई गत चैत्र ११ गतेदेखि हाम्रो देशमा सरकारले लकडाउन अर्थात् बन्दाबन्दी घोषणा गरेको थियो । त्यही दिनदेखि देशभरका विद्यालयहरूमा पठनपाठन लगायतका अन्य शैक्षिक गतिविधिहरू ठप्प पारिएको थियो ।

कोरोनाको प्रभावबाट देशबासीलाई बचाउन गरिएको लकडाउनका कारण झन्डै दुई महिना पूर्ण रूपमा बन्द रह््यो  । पछिल्लो समयमा इन्टरनेटको उपयोग गर्दै हाम्रो विद्यालयमा अनलाइन विधीबाट पठनपाठन भइरहेको छ । लामो समयसम्म विद्यालय बन्द भएको हुँदा म मेरो गाउँ गएँ । त्यहाँ रहँदा मेरो बाबाआमा र हजुरआमाले मलाई विभिन्न खालका कामहरू गर्न सिकाउनुभयो । मैले तरकारी खेती गर्न, कम्पोस्ट मल बनाउन, विभिन्न खालका खेलहरू खेल्न जंगलबाट निउरो टिपेर ल्याउन एवं कथा, कविता लेख्न सिक्ने अवसर पाएँ ।

 

यस वर्ष मैले मेरो जन्मदिन घरबाट बाहिर ननिस्की मनाएँ । यसपालि हामीले जन्मदिनमा केक काटेनौं । घरमै पकाएका सेलराटी, पुरीजस्ता परिकार बनाएर भीडभाड नगरी मनायौं । यसो गर्नुपर्दा मलाई केही नरमाइलो महसुस भयो तर बाबाअमाले सम्झाएपछि म खुसी भएँ । लकडाउनको कारण कहिल्यै भुल्ने नसकिने यो एउटो अनुभव नै रहयो ।

मैले कथा, कविता र लेख लेखेर लकडाउनको समय सदुपयोग गरे । मैले लेखेको कविता टेलिभिजनमा प्रसारणको लागि रेकर्ड पनि गराउने अवसर प्राप्त भयो । त्यसैले सिर्जनात्मक रूपमा लकडाउनको समय मेरा लागि उपयोगी नै रह्यो ।

सिर्जनात्मक लेखनबाट प्राप्त हुने आनन्द बेग्लै खालको हुँदो रहेछ । कोरोनाको प्रभावलाई निस्तेज पार्न गरिएको बन्दाबन्दीका कारण अहिले हाम्रो देशका धेरै क्षेत्रमा नकरात्मक प्रभाव परेको छ । हाम्रो सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ का कार्यक्रमहरू यस वर्ष नहुने भएका छन् । कोरोनाको कारण गरिएको बन्दाबन्दीबाट अस्तव्यस्त हुन पुगेका कृषि, शिक्षा, स्वास्थ्य, यातायात, खेलकुद लगायतका क्षेत्रहरूलाई अग्रगति दिन आगामी दिनमा गर्नुपर्ने कार्यक्रमहरुलाई नेपाल सरकारले यो वर्षको बजेटमा विशेष व्यवस्था मिलाएको छ ।

कोरोनाको प्रभाव दिनप्रतिदिन तीव्र गतिमा घट्दै जाओस् । सम्पूर्ण विश्वले नै यसलाई जितेर मानव जातिमाझ आशाको किरण छर्न सकोस् । मेरो यही कामना !

प्रकाशित: ३१ असार २०७७ १०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App