१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अन्य

बालबालिकामा भर्चुअल खेलौनाको प्रभाव

सीता विष्ट कार्की  सीबिका

समय झन् भन्दा झन् निकै त्रास र भयले जकडिएको छ । भित्र बस्दाबस्दा मनमस्तिष्क पनि साँगुरिदै जान थालिसक्यो । कसरी यो समयलाई पार गर्ने , भयरहित समयभित्रको उज्यालो कस्तो होला भन्ने मानिसलाई भएको छ । ठूलाका लागि त यति गाह्रो  भइरहेको  छ भने बालबालिकाका लागि कति गाह्रो भयो होला भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । घरमा साना बालबालिका रमाएर खुसी भए भने घर उज्यालो हुन्छ , अभिभावकहरुको पनि  खुसी र आनन्दित मन हुन्छ ।

 आजको दुनियाँमा रमाउने , खेल्ने र मनोरञ्जन गर्ने  भन्ने साधनको रूपमा  सबैको हातहातमा हुने मोबाइललाई लिएको पाइन्छ । भर्चुअल माध्यमबाट मनोरञ्जन दिने साधनको रूपमा अभिभावकहरूले बालबालिकालाई प्रायः मोबाइल दिएको पाइन्छ  ।

मोबाइलमा पनि बच्चालाई सिर्जनशील बनाउने खालको भैदिए त हुने , उल्टो गेम र कार्टुनमै समय बिताउँछ्न् । मनोरञ्जनबाहेक के हुन्छ र त्यसमा । गेम खेल्न र कार्टुन हेर्न थालेपछि खाना खान पनि भुल्छ्न्, समय बितेको पत्तै हुँदैन ।

अन्वेषणअनुसार पनि अहिले १८ वर्षमुनिका ८०५ बालबालिका डिजिटल प्रविधिसंगको सम्पर्कमा रहेको पाइन्छ , जस्तै डिजिटल प्रविधिअन्तर्गत मोबाइल फोन ,ल्यापटप , डेस्कटप , ट्याब्लेटहरू आदि पर्द्छ्न ।

बालबालिकाको स्वभावतः जिज्ञासु हुन्छन् । त्यसैले पनि डिजिटल प्रविधिमा बालकहरूको ध्यान त्यतातिर आकर्षण हुन्छन् र एक किसिमले उनीहरूका लागि कडा नशा बसेको  पाइन्छ , जस्तो खाना खाँदासम्म उनीहरूलाई मोबाइल चाहिने भयो , कि गेम खेल्दै खाना दिने कि कार्टुन हेर्दै अचेल यस्तो समस्या घरघरमै पाइन्छ  ।  वास्तवमा यो सबै हामी  अभिभावककै दोष भन्ने लाग्छ । हामीले उनीहरूलाई मोबाइल चलाउन , खेलाउन दिन , खाना खान धेरै जसो बालबालिका स्वभावैले किचकिचे नै हुन्छन् । यसका  लागि डिजिटल प्रविधिबाहेक बालबालिकालाई भुलाउने अरू उपाय पनि  अबलम्बन गराउन सकिन्छ ।

अर्को कुरा अहिलेका अभिभावक  पनि अलि बढी सचेत अनि व्यस्त पनि  हुन्छन् । त्यसैले उनीहरूलाई खाना खुवाएर उम्काई आफू आफ्नो काममा जानुपर्ने हुँदा भोक नलागे पनि बच्चाले खानुपर्ने अवस्था पनि आउन सक्छ  । जसले गर्दा उनीहरूमा कडा नशा बस्द्छ  । यो नशा हटाउन उनीहरूलाई निकै गाह्रो हुन्छ ।

वैज्ञानिक  अनुसन्धानबाट थाहा भएअनुसार  हामीले प्रयोग गर्ने मोबाइल फोनबाट मानिसको मस्तिष्कलाई असर पार्ने  एक किसिमको विकिरण पैदा हुन्छ ।  यसको असर ठूलो मानिसमा भन्दा बालबालिकामा दुईदेखि  पाँच गुना बढी हुने कुरा  वैज्ञानिकले अनुसन्धान गरेका छ्न् ।

 बालबालिका भोलिको  देशका बलिया खम्बा हुन् । उनीहरूको स्वस्थ शरीर र मस्तिष्कले सुन्दर घर , परिवार , समाज र राष्ट्रको परिकल्पना गर्नसक्छ । बालकहरूको विकासको चरण भनेको आठदेखि दस वर्षसम्मलाई लिएको छ । यो बेला उनीहरूको कलिलो मस्तिष्कमा विकिरणले नकारात्मक असर पार्ने हुँदा यसका लागि अभिभावकले गहन रूपमा ध्यान दिनुपर्दछ ।

यसका असरहरू जस्तै धेरै चकचक गर्ने , अरू साथीहरूसँग घुलमिल हुन नसक्ने , रूखो व्यवहार , भावनात्मक समस्याहरू देखिन सक्छ । वैज्ञानिकअनुसार यदि निरन्तर डिजिटल प्रविधिको प्रयोग गर्न दिएमा बालबालिकाको मस्तिष्कको कोषहरूको पनि विनाश हुन सक्ने संभावना रहन्छ । जसले गर्दा सुस्त मनस्थिति भएर  बच्चामा सिर्जनशीलता हराएर स्वस्थ जीवन यापनका लागि असहज हुन्छ ।

हरेक कुराको समस्यासंगै समाधान पनि रहेको हुन्छ । यसका समाधानका  लागि मोबाइललाई सुत्ने बेलामा आफूदेखि  टाढा राख्ने गर्नुपर्दछ  । जसले  गर्दा त्यसको  विकिरणले असर नपरोस् ।

– लामो समयसम्म मोबाइलमा कुरा गर्दा  हेडफोनको प्रयोग गर्ने ।

– बालबालिकालाई मोबाइल दिँदा एरोप्लेन मोडमा राखेर दिने ।

– विकिरण कम गर्न घरको वाइफाई बन्द गर्ने  ।

–  खाना खुवाउने बेलामा मोबाइलको सट्टा  बरु कथा भन्दै खुवाउने गर्ने हो कि ।

यसप्रकार मोबाइलको नशाबाट बालबालिकालाई टाढा गर्नु अनिवार्य छ । जीवनलाई सिर्जनशील बनाउन बच्चाहरूलाई सानैदेखि बानी  पार्नुपर्छ ,  डिजिटलदेखि अलि टाढा राखेर खेलौनाको रूपमा कापी र कलम , रंगीन सिसाकलम दिएर चित्र कोर्न सिकाऊ ,  आफ्नै तोते बोलीमा बालगीतहरू गाउन सिकाऊ ।

लकडाउनले बालबालिका घरमै थुनिएका छ्न् । यो बेलामा उनीहरूको भरसक चित्त नदुखाँऊ । उनीहरूसंगै रमाउनुपर्छ । उनीहरूले गर्न सक्ने नयाँ नयाँ काम सिकाऊ । उनीहरूको विकासका लागि हरेक अभिभावकले पनि केही न केही सिर्जनशील बन्नुपर्छ नत्र मोबाइलमा झुन्डिनेबाहेक अर्को विकल्प भेटिन सकिदैन ।

बालबालिकाको खुसी र मुस्कानले घर स्वर्ग हुन्छ । समाज र राष्ट्रका चम्किला ताराहरू आशा र भरोसाको सुनौलो ज्योति बोकेर लम्कनेछ्न् ।

प्रकाशित: २७ असार २०७७ २२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App