२२ असार २०७७ सोमबार
अन्य

नेपालमा संघीयताको अभ्यास

सोहन रिजाल

सोहन रिजाल

कक्षा – ७

श्री पद्मोदय माध्यमिक विद्यालय पुतलीसडक, काठमाडौं।

नेपालको इतिहासलाई हेर्ने हो भने विसं २०२९ मा राजा वीरेन्द्रको पालामा ४ वटा विकास क्षेत्रमा विभाजन भएको थियो । पुनः राजा वीरेन्द्रकै पालामा २०३७ सालमा पाँच विकास क्षेत्रमा विकास भएको तथ्यहरू भेट्न सकिन्छ । जसलाई विकासको जनताहरूलाई समान सहभागिता र सबैको पहुँच पुगोस् भनेर यो अवधारणाको विकास भएको नेपालको विकासको मोडलहमा भेट्न सकिन्छ ।

जुन मोडलको अवधारणा के हो भने राज्य विकेन्द्रीकरणको नीतिअन्तर्गत संघीय शक्ति बाँडफाँटका लागि गरिएको भए पनि जनताले भनेजस्तो विकास हुन सकेन । त्यसैले पछिल्लो समय नेपालका सबै राजनीति दलहरू र कर्मचारीतन्त्रले राज्य संघीयतामा लैजान अभ्यास गर्न थाले ।

एक राजनैतिक दल नेपाल कम्युनिष्ट पार्टीले २०५२ सालबाट नेपालमा जनयुद्धको घोषणा गरेर राज्यसँगको युद्धमा होमिएको स्थिति देखिन्छ । यसरी युद्धमै होमिनुको कारण सरकारको कदम र नेपालको संविधान २०४७ ले जनताको हितमा काम गर्न नसक्नु, बहुदलीय प्रजातन्त्रमा राजाको एकलौटी शासन र राजा वीरेन्द्रको वंश नै नाश हुने गरी दरबार हत्याकाण्ड हुनु, राजा ज्ञानेन्द्रले राजनीति दलहरूलाई मुठीमा राखेर माघ १९ कु गर्नु लगायतले नेपाली राजनीतिमा आमूल परिवर्तन भएको पाइन्छ ।

जसको उपलब्धिको रूपमा नेपालको १० वर्षे सरकार माओवादी युद्ध ,  नेपालमा सम्पर्ण राजनीति दल र आम जनताको  ऐक्यबद्धतामा २०६२–६३ को जनआन्दोलनको महान् उपलब्धि नेपालमा राजा फाल्नु र संघीय लोकतान्त्रिक गणतान्त्रिकमुलुक घोषणासँगै सरकार माओवादी बृहत् शान्ति सम्झौता नेपालको संघीयताको इतिहासमा एउटा कोसेढुंगा सावित भयो ।

नेपालमा २०६४ सालमा संविधान सभामार्फत जनताका प्रतिनिधिबाट जनताको संविधान निर्माणका लागि संविधान सभाको चुनाव हुनु, पहिलो संविधान सभाले संविधान जारी नभएपछि दोस्रो संविधान सभाको चुनावपछि नेपालको संस्थागत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुमा नेपालको संविधान २०७२ जारी भयो । जुन नेपालको इतिहासमा जनताद्वारा   जनताकै लागि शासन गर्न बनाएकौ पहिलो एसियाकै महत्वपूर्ण संविधानकौ रूपमा लिइन्छ ।

नेपालको संविधानले जारी गरेको एक संघीय प्रणाली र एक राजनैतिक प्रणाली हो, जसमा देश विभिन्न प्रान्त वा राज्यमा र केन्द्रमा विभाजित हुन्छ । केन्द्रीय सरकारले राज्य सरकारलाई नियन्त्रण र अनुगमन गर्दछ । संघीय प्रणालीको कारण स्थानीय क्षेत्रहरूमा उपलब्ध स्रोतहरूको उचित रूपमा उपयोग एवं परिचालन हुनेछन् ।

सरकारमा सबै जाति, लिंगको समान सहभागिता रहने र राज्यमा बसोबास गर्ने सबै क्षेत्रको सबै वर्ग एवं जातजातिहरूले शासन गर्न पाउने छन्  । विकास कार्यमा तीव्र गतिमा प्रगति हनेछ किनभने जनताको सहभागिता उनीहरूको क्षेत्र प्रगति विकासको लागि बढ्दो छ ।

नेपाल एक लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । जनताले आफ्ना प्रतिनिधिहरू छनोट गर्दछन् र प्रतिनिधिहरूले सरकारको शासन गर्दछन् । सरकार जनताको पक्षमा छैन भने जनताले सरकारको विरोध गर्ने अधिकार छ । राष्ट्रपति राज्य प्रमुख हुने र कार्यकारी सरकार प्रमुख प्रधानमन्त्री रहने व्यवस्था रहेको छ । प्रत्येक वर्ष नेपालले जेठ १५ गत्ते लोकतन्त्र दिवस मनाउदै आएको छ ।

यीमाथि उल्लिखित नेपालको राजनैतिक विकास क्रम र शासन प्रणाली एवं क्रान्ति र परिवर्तनहरू भए पनि पछिल्लो समय राज्य संघीयतामा गए पनि स्थानीय स्रोत र साधनको उपयोग नहुनु, स्थानीय सरकार र प्रदेश सरकारले केन्द्रीय सरकारकै मुख ताक्नुपर्ने, नातावाद, आफन्तवाद, नेता वा राजनीति दलको झोलेवाद, संविधान र ऐनकानुनको कार्यान्वयन हुन नसक्नु आदिको कारण संघीयता असफल हुने होकि भन्ने आशंका उत्पन्न भएको छ । 

प्रकाशित: १५ असार २०७७ १६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App