आइतबार विहान ३ बजे केदारले काट्न जाइ लागेपछि हारगुहार लगाउँदै घरबाट बाहिरिएर कान्छीले आफ्नो र छोरीको ज्यान बचाउन सफल भएकी थिइन्।
खबर पाए लगत्तै समाउन गएका गाउँलेहरुमाथि माथि पनि केदारले आक्रमण गरेको प्रहरीले जानकारी दियो।
छोरी लिएर श्रीमती बाहिर गएको थाहा पाएपछि सापकोटाले गोठमा भएको पराल ल्याइ घरमै आगो लगाउने प्रयास गरेका थिए। केदारलाई इलाका प्रहरी कार्यालय बनेपामा अनुसन्धानका लागि ल्याइएको छ।
घाइते कान्छी र आरतीको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइहरेको छ। इलाका प्रहरी कार्यालय बनेपाका अनुसार घाइते दुवैको अवस्था सामान्य रहेको छ।
प्रकाशित: १० वैशाख २०६९ १२:४५ आइतबार





