१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

लकडाउनमा हामी

पूजा थापा मगर

कक्षा–१०,

न्यूटन हाइस्कुल माध्यमिक विद्यालय बालुवाटार, काठमाडौं ।  

अहिलेको समय हामी सबैका लागि निकै नै कठिन छ । हामी सबै मानिसका लागि  सानो वा ठूलो किन नहुन्, कोभिड –१९ ले हाम्रो दैनिक कार्यतालिका फेरिदिएको छ । कोभिड–१९ कै कारण हाम्रो समाजमा पनि निकै सुधार आएको छ । मानिसहरू आफ्नो  स्वास्थ्यको ख्याल राख्न थालेका छन् ।

कोरोना भाइरसको कारण सबै कलकारखाना, उद्योग, संघसंस्था, विद्यालय र कलेजहरू सबै बन्द छन् । कोभिड– १९ बाट सुरक्षित रहन हामी सबै घरमै बस्न बाध्य छौं । हामी घरमै बसे पनि कोरोना भाइरसको संक्रमण झन्–झन् बढ्दै गएको छ ।  

कोरोना भाइरसको संक्रमण बढ्दै गएको हुनाले लकडाउन तुरुन्त खोल्न अवस्था छैन । तर, सधैं लकडाउन मात्र गरेर पनि  भएन । ढिलोचाँडो एक दिन लकडाउन खोल्नै पर्ने हुन्छ । तर, जे भए पनि हामी सबैले सरकारले बनाएका नियमहरू पालना गर्न बिर्सनु हुँदैन ।

कोरोना भाइरसको कारण पनि सरकारले लकडाउनको मिति झन्झन् बढाउँदै लगेको छ । त्यसैले हामीले पनि हाम्रो बानीमा परिवर्तन ल्याउनुपर्छ । सकेसम्म सुरक्षित सिक्नुपर्छ   ।

कोरोना भाइरसको अत्यन्तै जोखिम  छ । त्यसैले सरसफाइमा ध्यान दिनुपर्छ । बेलाबेलामा साबुनपानीले राम्ररी हात धुनुपर्छ । बेलाबेलामा सेनिटाइजर पनि लगाइरहनुपर्छ । जरुरी कामले कतै जानुपरयो भने माक्स  र पञ्जा लगाएर मात्रै जानुपर्छ । सामाजिक दूरी कायम राख्नुपर्छ । जहाँ धेरै भीडभाड हुन्छ, त्यहाँ जानु हुँदेन  । किनकि धेरै भीडभाड भएको ठाउँमा  कोरोना भाइरस हुने र संक्रमण बढ्ने सम्भावना निकै हुन्छ । त्यसैल हामी सजग  भएर हिँड्नुपर्छ अनि हामीले हाम्रो व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।

हामीले अलिकति पनि लापरबाही गरयौं भने कोरोना भाइरसको संक्रमण झन् बढ्ने सम्भावना हुन्छ । त्यही भएर सरकारले बनाएको नियमहरू पालना गर्नुपर्छ  र तोकेको समयको लकडाउनमा घरमै सुरक्षित रहनुपर्छ ।  अन्त्यमा फेरि भन्छु, ‘हामी सबैले सजग भई आफू बाँचौं र अरूलाई पनि बचाऔं ।

प्रकाशित: ३० जेष्ठ २०७७ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App