८ वैशाख २०८१ शनिबार
अन्य

आमाबुबालाई खुसी बनाऔं

भगवती शाही

भगवती शाही

कक्षा  : ८, बूढानीलकण्ठ स्कुल  

काठमाडौं  

आमा र बुबा हाम्रा प्रथम गुरू हुन् जसले हिँड्नदेखि लिएर पढ्नसम्म सिकाउँछन् । कुनै पनि मान्छे जीवनमा जतिसुकै ठूलो पदमा पुगे पनि, जत्तिकै महान भए पनि आमाबुबालाई बिर्सन सक्दैन । बुबा ती हुन् जसले तपाईंको जितेका लागि आफ्नो सबैथोक हारि दिन्छन् । आमा ती हुन् जसले तपाईंलाई दुख्ला भनेर सबै दुःख आफैं सहेर बस्छिन् ।  

आमाबुबाले भोक र प्यास भुलेर सन्तानको भलाइमा सास छउँन्जेल काम गर्छन् । तर, त्यसको महत्व छोराछोरी बुझ्दैनन् । 

आफ्ना सन्तानको खुसीमा आमाबुबाले अनेक दुःख कष्ट झेल्छन । तर, बिडम्बना त्यही सन्तान हुर्केर घरमा आमाबुबाका लागि ठाउँ समेत राख्दैन । बिचरा, आमाबुबालाई घर न घाटको बनाइदिन्छन् । कस्ता निष्ठुरी सन्तान ! आमाबुबाले भोक र प्यास भुलेर सन्तानको भलाईमा जीवनको अन्तिम सास रहेसम्म काम गर्छन् । तर, त्यसको महत्व छोराछोरी बुझ्दैनन् ।  

फूल कहिले पनि दुई चोटि फूल्दैन,  

जन्म कहिले पनि दुई चोटि हुँदैन,

भेट्न त दुनिँयामा हजारौं मान्छे भेटिन्छन्,  

तर निस्वार्थ माया गर्ने आमा र बुबा जस्तो

अरु कोही भेटिँदैनन् ।

मैले राम्रो परिवारमा जन्म लिएँ । म जन्मेको केही महिनासम्म ठिकै थिएँ, तर पछि बिरामी परें । मलाई उपचार गर्न आमाबुबाले धेरै अस्पतालमा लैजानु भयो । तर निको हुन गाह्रो भयो । त्यसपछि उहाँहरूले दिनरात मेरो हेरचाह गर्नु भयो । मैले खाना नखाँदा धेरै खुवाउने प्रयास गर्नुहुन्थ्यो । बल्लतल्ल निकै बेर लगाएर निको भयो । मेरो जे इच्छा हुन्थ्यो त्यही पु¥याउनु हुन्थ्यो । निकै कठिनाइसँग म ठूली भएँ । म आफ्नो ख्याल आफैं राख्न सक्ने भए पनि मैले कुनै अफ्ठेरो संघर्ष गर्नु नपरोस् भनेर सधैं मेरै साथमा रहनुभयो । आज हामी जे छौं त्यो हाम्रा आमाबुबाले दिएको उपहार हो । भोली हामी जे बन्छौ त्यो हामीले हाम्रा आमाबुबालाई दिने उपहार हो । त्यसैले आमाबुबालाई कस्तो उपहार दिन चाहनुहुन्छ तपाईं त्यस्तै बन्ने कोशिस गर्नुस् ।  

म घरमा हुँदा धेरै जना हुन्छन् । घरमा कहिलेकाहीँ आमा नहुँदा घरै खालीखाली लाग्छ । बुबा निमको रुख जस्तै हुन् जसको पात चाहे जत्ति नै तितो भए पनि छहारी शितल हुन्छ । बुबा कहिलेकाहीँ गलत काम गर्दा मलाई गाली गर्नुहुन्छ । पहिले त नराम्रो लाग्छ तर फेरि सोच्छु ‘मेरै लागि त हो ।’ त्यसपछि मन आफैं शान्त हुन्छ । आमा जत्तिको शक्तिशाली यो दुनियाँमा अरु कोही हुँदैन किनकी मृत्युको मुखमा पुगेर पनि उनी सन्तानलाई जन्म दिन्छिन् ।  

मेरा लागि आमाबुबा अमूल्य छन् जो बिना म आफ्नो कुनै निर्णय पनि लिन सक्दिनँ । म आफ्ना ममतामयी आमाबुबा प्रति गौरब गर्छु ।  म जस्तै अरु बालबालिकालाई लाग्छ होला सधैं आमाबुबाले गाली गर्नु हुन्छ भनेर । त्यस्तो होइन । त्यसैले सधैं आफ्ना आमाबुबालाई खुसी राख्नुहोस् । त्यसो भएमा मात्र तपाइँको प्रगति हुनेछ ।   

प्रकाशित: ७ जेष्ठ २०७७ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App