१६ चैत्र २०८० शुक्रबार
अन्य

ट्रेण्डमा ‘नो मेकअप’

पहिले र अहिलेको श्रृंगार ।

बदलिंदो समयसंगै सौन्दर्यको क्षेत्रमा पनि धेरै फेरबदल भएको पाइन्छ । समयसँगै महिलाले गर्ने मेकअपको तौरतरिकामा र मेकअप उत्पादनको छनौटमा पनि परिवर्तन भएको देखिन्छ । व्यस्त जीवनशैलीसंगै सौन्र्दयलाई पनि मध्यनजर गर्दै मेकअपको शैलीमा परिवर्तन आएको सौन्र्दयकर्मी बताउँछन् । बजारमा आएको मेकअपको नयाँ ट्रेण्डको विषयमा सौन्र्दयविज्ञ एवम् कट्स् एण्ड केयर स्किन डेभलपमेन्ट ट्रेनिङ् सेन्टरकी सञ्चालक सुनिता बादेसँग गरेको कुराकानीका आधारमा तयार पारिएको छ ।  

पहिले र अहिलेको तुलानामा श्रृंगारको क्षेत्रमा धेरै नै परिवर्तन आएको छ । केही समय अघिसम्म हेभी मेकअप गरेको रुचाउनेहरू अहिले ‘नो मेकअप’ तर्फ आकर्षित भएका छन् । नो मेकअपलाई ‘नेचुरल मेकअप’ पनि भन्ने गरिन्छ । अहिले बजारमा नो मेकअप कै ट्रेण्ड छ । पहिले धेरैले रुचाएको हेभी मेकअपको साइड इफेक्टले गर्दा पनि महिलाहरू यसतर्फ आर्कषित भएका छन् ।  

यसमा कुनै कस्मेटिक हानिकारक केमिकल भएको उत्पादन प्रयोग नहुने भएकाले पनि अहिले यो टे«ण्डिंगमा छ । कलाकारको सिको गर्ने प्रवृृति अझै पनि कायम नै छ । कलारकारको पहिरनेदेखि मेकअपसम्मलाई पछ्याउने प्रवृृतिले नै मार्केटलाई ट्रेण्डिंगमा राख्ने गर्छ ।

नो मेकअप गर्ने प्रक्रिया

नो मेकअपको थिम नै ‘नो कलर प्रडक्ट’ हो । मेकअप भद्दा नदेखियोस् भनेर यसमा साधारण खालका श्रंगारका सामाग्री हुन्छन् । जस्तै :

अनुहारमा ग्लो देखाउनको लागि प्रिमियर प्रयोग गरिन्छ ।

अनुहारको छाला सुहाँउदो पातलो बेसको फाउन्डेसन प्रयोग गरिन्छ ।  

फाउन्डेसनलाई टिकाइ राख्न पाउडर प्रयोग गरिन्छ । दिउँसको लागि हो भने लुज पाउडर र साँझको समयको लागि हो भने कम्प्याक्ट पाउडर प्रयोग गरिन्छ । यो कम्याक्ट पाउडर जाडो समयमा पनि प्रयोग गर्न सकिन्छ ।  

छाला सुहाउँदो मेकअप

यसमा प्रयोगकर्ताको छालालाई कुनै असर नहुने किसिमले छालाको स्याहार गर्दै मेकअप गरिन्छ । विशेष गरेर नेचुरल ढंगबाट छालालाई जति सक्दो धेरै चम्किलो देखिने गरिन्छ । साधारण मेकअपबाटै अनुहारको चमक ल्याउने काम गरिन्छ । स्वस्थ्य छाला सहितको सुन्दरता प्रदान हुने भएकाले पनि यो लोकप्रिय भएको छ ।  

हामीले प्रयोग गर्ने जुनसुकै मेकअपमा सबैभन्दा पहिले आफ्नो छालाको प्रकृतिमा ध्यान दिनुपर्ने हुन्छ । विशेष गरी मानव शरिरको छालाका पाँच प्रकार हुन्छन् । जस्तैः

ड्राई : ड्राई छाला भएका व्यक्तिले सधैँ क्रिम बेस प्रडक्ट प्रयोग गर्नुपर्छ ।

ओइली : ओइली छाला भएका व्यक्तिले वाटर बेस प्रडक्ट प्रयोग गर्नुपर्छ ।  

नर्मल : नर्मल छाला प्रकृति भएका व्यक्तिले साधारण खालको प्रडक्ट प्रयोग गर्नुपर्छ ।

कम्बीनेसन : कम्बीनेसन भनेको ड्राई र ओइली दुवैको मिश्रित प्रकृतिको छाला हो । कम्बीनेसन छाला प्रकृति भएकाले दुई प्रकारका क्रिम र वाटर बेस प्रडक्ट मिलाएर प्रयोग गर्नुपर्छ ।

सेन्सेटिभ : यो अलि संवेदनशील प्रकृतिको छालाको प्रकार हो । यस्ता प्रकृतिको छाला भएकाले चिकित्सकको सल्लाह अनुसार नै प्रडक्ट प्रयोग गर्नुपर्ने हुन्छ ।  

प्रडक्ट प्रयोग गर्दा ध्यान दिनुहोस्

कुनै पनि प्रडक्ट किन्नुभन्दा पहिले आफ्नो छालाको प्रकृतिबारे बुझ्नुपर्ने हुन्छ । त्यस्तै मेकअपमा पनि विशेष ध्यान दिनुपर्छ । विशेष कार्यक्रम शुभ कार्य र सभा समारोहको लागि हो भने मेकअप आर्टिस्टबाटै गर्दा राम्रो हुन्छ ।  

त्यस्तै युट्युब च्यानलबाट पनि जानकारी लिन सकिन्छ । तर युट्युबमा मेकअप प्रक्रियाको सम्पूर्ण जानकारी भने राखेको पाइदैन । त्यसकारण मेकअप गर्दा यी कुरामा पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ । 

प्रकाशित: १ जेष्ठ २०७७ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App