१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

डोकाभरि असला माछा

जब हिमालबाट हिउँ पग्लन थाल्यो तब तिनका फेदबाट नदी बग्न थाले । हाम्रो ताङतिङ र सिक्लेसको बीचमा मादी नदी बग्छिन् । त्यहाँ अन्नपूर्ण र लमजुङ हिमालको जराबाट पानी आउँछ । 

मादीका सहायक खोलामा बायाँतिर मिसिन आउने कलवन्दी, घट्टे, तेउरी र छत्रे खोला ताङतिङ गाउँतिर पर्छन् । यी खोलामा असला माछा र कबु ‘पा’ प्रशस्त पाइन्छ । 

चिसो पानीमा हुर्कने असला माछा चखिलो हुन्छ । कबु (पा) चाहिँ औषधिका रूपमा खाइन्छ । विशेषतः चैत, वैशाख र जेठमा खोलामा दुवाली थुनेर माछा र पा  शिकार खेल्ने चलन छ ।

हामी बाल्यकालदेखि नै कुन्द्री चे, कुइरेति, तुउरुक्यु, पारिक्वा र कलबन्दी खोलामा शिकार खेल्थ्यौं । ताङतिङ गाउँमुनि घट्टे खोला मादीमा मिसिने दोभानलाई कुन्द्रोचे खोला भनिन्छ । कुन्द्रोचे मादीको तिरैतिर बगेर अन्त्यमा मादीमा मिसिन्छ । यो ठाउँमा दुवाली थुन्दा ढडिया थापिन्थ्यो । त्यहाँबाट बग्ने घट्टे खोलाको पुछार कुन्द्रोचेमा मादीको असला माछा आउँछ । जुन तीन भागमा बगेको खोलालाई कहिले यता कहिले उता ओल्टयाइपल्टयाइ माछा मारिन्छ ।

हामी कुन्द्रोचे, क्युउरेती खोलामा माछा मार्न जान्थ्यौं । कहिले ढडिया थापेर र कहिले दुवाली थुनेर माछा माथ्र्यों । अचम्म लाग्ने दृश्य, साउनको अन्त्यतिर झिसमिसेमै टार र प्लास्टिकको भारी बोकेर कुन्द्रोचेमा दुवाली थुन्नेहरूको भीड देखिन्थ्यो । 

दुःखको कुरा, म झरनाको तलाउबाट तल ढुंगाको पहरामा खस्दै आएर ठूलो तलाउको छेउमा खसें । त्यो बिहान मुस्किलले बाँचेँ । घर फर्कने बेला डरले थरथर कामिरहें । 

जो बिहान छिटो पुगेर टार, प्लास्टिक र स्याउलाको सहाराले दुवाली थुनेर खोला सुकाउँथे तिनले मात्र माछा समात्थे । पछि पुग्नेले माछा समात्न पाउँदैनथे । 

कुन्द्रोचे खोलामा राति मादीका माछा चर्न आउँथे र झिसमिसेमा दुवाली थुनेर थापिएको डोकामा पर्थे । कहिले डोको भरिन्थ्यो त कहिले रित्तै हुन्थ्यो ।   

माछा मार्ने समूहका नाइकेहरू रसबहादुर गुरुङ, काशीराम गुरुङ, शेरबहादुर गुरुङ आदि हुन्थे । रसबहादुर काकाचाहिँ मुख्य नाइके । अविवाहित काका विन्दास हुनुहुन्थ्यो । उहाँसँग कुन्द्रोचे र आसपासका खोलामा धेरैपटक शिकार खेल्न गइयो ।  

भदौको एक बिहान ती काकासँग हामी चार जना बिहानै डोकामा टार र प्लास्टिक बोकेर गाउँबाट ओरालो झ¥यौं । झिसमिसेमा कुन्द्रोचेका कुनातिर ओलीतिको जंगलपट्टिको खोलाको पुच्छरमा रसबहादुर डोको थाप्न जानुभयो । हामीले टार र प्लास्टिक हालेर, स्याउला काटेर कुनातिरको खोलालाई बीचमा हाल्दै दुवाली थुन्यौं । 

वैशाखजेठतिर खोला बढ्दा पाखामा आउने पालाई टर्चलाइट देखाउँदा लाटा हुन्थे । अनि हामी तिनलाई खुरुखुरु झोलामा राख्थ्यौं । कहिलेकाहीँ त रित्तै फर्कनु पथ्र्यो ।

जब खोला सुक्यो तब तल डोकामा असला भरिएछ । हामी पालैपालो डोको बोकेर ताङतिङको उकालो चढ्यौं । गाउँमा पुगेर माछा बाँड्यौं र मज्जाले खायौं । 

त्यतिबेला सधैंजसो माछा पाइन्थ्यो । कहिलेकाहीँ दुवाली थुन्दाथुन्दै लेकमा पानी पथ्र्यो र भेल आएर टार र प्लास्टिक बगाएर लान्थ्यो । त्यस्तो बेला भीरको बाटो हिस्स पर्दै उकालो चढ्थ्यौं ।  

भोकले उकालो चढ्न नसकेर कैरीमै डाँडातिर लखतरान हुन्थ्यौं । मुस्किलले घर पुग्थ्यौं । फर्किंदा भैँसीलाई घाँस काटेर लानै पथ्र्यो । नत्र आमाबुबा रिसाउनुहुन्थ्यो ।

एकदिन कुन्द्रोचेमा माछा मारेर फर्कंदै थियौं, भीरको ढुंगा माथिबाट हाम्रा साथी गोरे (यमबहादुर) लडे । त्यसरी लड्दा दिनभर दुवाली थुनेर मारेको माछा खोलामा खसे । धन्न भाइको ज्यान बच्यो ! 

कुन्द्रोचे खोलामा झर्ने अन्तिमको बाटामा खतरनाक पहरो छ । जाँदाआउँदा त्यहाँबाट लडिएला कि भनेर आङै सिरिङ हुन्छ । 

म कलेज पढ्न पोखरा बसेका बेला रसबहादुर काका खोलामा शिकार खेल्दाखेल्दै बित्नुभएछ । दुवाली थुनिसकेपछि माछा निकाल्ने क्रममा रूखको मुढाले किचिनु भएको खबर सुन्दा ज्यादै नरमाइलो लाग्यो । 

त्यो बेला हामी कुन्द्रोचे खोलामा काँस वा निगालाको ढडिया थापेर माछा प¥यो कि परेन भनेर बिहान पालैपालो हेर्न जान्थ्यौं । ढडियामा निकै माछा पथ्र्यो । अचेल लुकिछिपी पहिरो, मादी र आसपासका खोलामा करेन्ट हाल्ने हुनाले र मादीमा बनेको हाइड्रो पावरले गर्दा मादीको असला माछा हराउँदै छ । 

साउन र भदौमा बिदाका दिनमा दुवाली थुन्थ्यौं । कुन्द्रोचे, क्युउरेती, घट्टे, पारिक्वा, कलबन्दी खोलातिर साथीहरूसँग जान्थ्यौं । कसैले दुवाली थुन्नलाई माटो खस्रिने, कसैले माटाको चाप्रो खन्ने, कोही वनमा गएर मौवाको मुना जम्मा गथ्यौं । कोही मौवाका मुना ढुंगामा कुट्थ्यौं । दुवाली थुनेपछि पानी सुक्दै गएको राह वा कुरामा कुटेको मौवाको मुना हाल्थ्यौं । अन्त्यमा सबै मिलेर माछा समात्थ्यौं ।  

यसरी हामी माछा माथ्र्यौं । कहिलेकाहीँ गाउँमा सबै मिलेर बेलुका स्योकै (भोज) खाइन्थ्यो । खोला किनारमै पनि भोज खान्थ्यौं । प्रायः चाहिँ घरमै लगेर परिवारसँग खान्थ्यौं । 

एक पटकको कुरा, घट्टेखोला तल झरनाको तलाउमा माछाको पासो थापेको थिएँ । थाललाई कपडाले बेरेर त्यसमो प्वाल पारी भित्र मैदा राखिदिएको थिएँ । भोलिपल्ट बिहान कुमार सोल्टी र म हेर्न जाँदा थुप्रै माछा परेका थिए । 

दुःखको कुरा, म झरनाको तलाउबाट तल ढुंगाको पहरामा खस्दै आएर ठूलो तलाउको छेउमा खसें । त्यो बिहान मुस्किलले बाँचेँ । घर फर्कने बेला डरले थरथर कामिरहें । 

वैशाखजेठतिर बेलुकीपख ठूलो पानी पर्दा हामी ताङतिङ आसपासका खोलामा पा कबु मार्न जान्थ्यौं । खोला बढ्दा पाखामा आउने पालाई टर्चलाइट देखाउँदा लाटा हुन्थे । अनि हामी तिनलाई खुरुखुरु झोलामा राख्थ्यौं । कहिलेकाहीँ त रित्तै फर्कनु पथ्र्यो । हाम्रो गाउँतिर पालाई औषधि मानिन्छ । अचेल भाइबहिनीले दुवाली थुनेको देख्दा मनमा एक किसिमको रोमाञ्चको लहर दौडिन्छ । अहा, कहिल्यै बिर्सन नसकिने त्यो कुन्द्रोचे खोला ! 
(गुरुङ हिमालय मिलन मावि, ताङतिङ, कास्कीका प्रधानाध्यापक हुन् ।) 

प्रकाशित: २७ वैशाख २०७७ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App