coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

गाँजाले दिने आराम

पछिल्लो समय नेपालमा गाँजा खेतीलाई वैधानिकता दिन नेपालका सातै प्रदेशका संसद्मा विधेयक दर्ता गर्ने हल्ला मच्चिरहेको छ । पछिल्ला केही वर्ष गाँजा खेतीलाई प्रश्रय दिने कुरा जोडतोडका रुपमा उठिरहेका बेला यसका फाइदालाई अघि सार्ने गरिएको छ ।

एउटा शोधका अनुसार गाँजा सेवन (पिउने) गर्दा मानिसको पुरानो पीडायुक्त रोगहरु निको हुन्छ । त्यस्तै क्षतिग्रस्त रगतका धमनीहरुले राहत पाउने छन् ।

यो शोधमा २३ व्यक्तिमाथि परिक्षण गरिएको थियो । सो परिक्षणमा अनिद्रा र बेचैनीका सन्दर्भमा पनि गाँजाको प्रयोगले सुधार भएको पाइएको थियो । क्यानेडियन मेडिकल एसोसिएसन जर्नलमा शोधकर्ताहरुले गाँजा पिउनुको लाभमा अझै धेरै शोध गर्न बाँकी रहेको भए पनि यसका फाइदा निकै देखिएको उल्लेख गरिएको छ ।

बेलायती विशेषज्ञहरुको भनाइअनुसार गाँजाको प्रयोगले पीडामा सामान्य तर महत्वपूर्ण राहत देखिएको छ । यसमा अझै बढी शोध गर्न आवश्यक देखिएको पनि उनीहरुको भनाइ छ ।

करिब एकदेखि दुई प्रतिशत सर्वसाधारणको धमनीको समस्याका कारण पीडा हुने गर्छ । जुन समयका साथ पुरानो हुँदै जाँदा यो अझ बढी कष्टदायी हुन पुग्छ । यस्तो पीडाका लागि अरदायक औषधिको निकै कमी देखिएको छ ।
यस्तो पीडाका लागि गाँजा लाभदायी सिद्ध भएको केही रोगीहरुले शोधका क्रममा बताएका छन् ।

शोधकर्ताहरुले गाँजाका अतिरिक्त गाँजाको रासायनिक तत्वयुक्त औषधि उत्ति नै लाभदायक हुन्छ कि हुँदैन भन्नेबारेमा शोध गरिरहेका छन् ।

युनिभर्सिटी कलेज अफ लन्डनका प्राध्यापक टोनी डिकिन्सनका अनुसार वृद्धवृद्धमा भने गाँजाले त्यत्ति धेरै फाइदा पुग्ला भन्नेमा मलाई शंका छ । किनभने यसबारे अझै गहन छलफल र अनुसन्धान हुन चाहिँ बाँकी नै छ । तर युवाहरुमा भने यो प्रभावकारी देखिएको छ ।

प्रकाशित: २९ चैत्र २०७६ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App