१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

चट्याङ मास्टरको कविताः आफ्नै हो

टुथपेस्ट चीनको ब्रुस चीनको धारो चीनकै हो
माझिन्छ दाँत धोइन्छ मुख, अनुहार त आफ्नै हो।
 
थाल ताप्के पिठो भारतको, चुलो उतैको हो
पकाइन्छ ढिँडो खाइन्छ टन्न, स्वाद त आफ्नै हो।
 
यन्त्र प्राविधिक सामान विदेशी, पैसा उतैको हो
गरिन्छ बन्द पारिन्छ ध्वस्त, खरानी आफ्नै हो।
 
वाद विदेशी आदर्श विदेशी, सिद्धान्त विदेशी हो
खोलिन्छ पार्टी गरिन्छ क्रान्ति, सहिद त आफ्नै हो।

प्रकाशित: २६ पुस २०७६ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App