३ आश्विन २०७७ शनिबार
अन्य

गौथलीको खुसी

देवकी केसी

निलिमा बिहानै पिँढीमा उभिएर माथितिर हेर्दै थिइन्। दलिनमा गौँथलीले गुँड लगाएको थियो।  गौँथलीका साना दुई ओटा बचेरा पनि थिए। निलिमालाई गौँथली र ती साना बचेराहरू औधी मन पथ्र्यो। निलिमा स्कुल जानुअघि र स्कुलबाट फर्कनासाथ पनि त्यहीँ गौँथलीको गुँडमा हेर्ने गर्थिन्। उनलाई गौँथली र तिनका बचेराहरू औधी माया लाग्छ।

‘निलिमा हातमुख धुनु पर्दैन। त्यही गौँथलीलाई हेरेर बसिराखेकी छौ ? तिमीलाई गृहकार्य सक्नु पर्दैन हो कि !’ आमाले अलि रिसाएभैmं गरी भन्नुभयो। यो गौँथलीले गुँड लगाएर पिँढीमा सधैं फोहोर गर्छ। आमाले रिसाउँदै कुचोले सफा गर्न थाल्नुभयो। गाँैथलीले गुँड लगाएर फोहोर गरिदियो भनेर आमा रिसाएको निलिमालाई पटक्कै मन पर्दैन। गाैँथली आफ्ना बचेराहरूलाई गुँडमा छाडेर खानेकुरा खोज्न जाने गर्छिन्। बचेराहरूले पनि चुच्चो खोल्दै खानेकुरा माग्ने गर्दछ। गाँैथलीले  ती आफ्ना बचेराहरूको मुखमा पालैपालो खानेकुरा हालिदिएको धेरै पटक निलिमाले देखेकी थिइन्।

निलिमा पनि कहिलेकहीँ चिरबिरचिरबिर गौँथली भन्दै बोलाउने गर्छिन्। उनलाई गौँथलीको बच्चा हातमा राखेर खेलाउन मन लाग्छ तर उनी दलिनमा आफ्नो हातले भेट्न सक्दिनन्। सधैँ आफू र आफ्ना बचेराहरूलाई हेर्दै रमाउने निलिमालाई देखेर गाँैथली र उनका बचेराहरू पनि निकै खुसी हुने गर्छन्।

दसैंको रमझम सकिएर तिहारको झिलिमिली सुरु भएको थियो। निलिमाको स्कुल पनि तिहारको बिदा भइसकेको थियो। निलिमाको बुबाले तिहारमा निलिमालाई पटका किनेर ल्याइदिनु भयो। निलिमालाई पनि तिहारमा झिलमिली बत्ती बालेर पटका पड्काउन निकै मन पर्छ। यस पटकको तिहारमा बुबाले निकै पटका किनेर ल्याइदिनु भएकोमा निलिमा पनि खुसी थिइन्।

झिलिमिली बत्ती र सयपत्री पूmलको मालाले निलिमाको घर पनि चिटिक्क सजाइएको थियो। निलिमाको आमाले सेल पनि पकाउनुभएको थियो। जताततै बत्तीको उज्यालो र पूmलहरूले सजाइएको देख्दा गौँथलीलाई निकै रमाइलो लाग्यो।
निलिमाको बुबाले आँगनमा रहेको सानो मन्दिरमा सेल प्रसाद चढाउनुभएको गौँथलीले गुँडबाट हेरिरहेको थियो। उसले निलिमाको बुबा घरभित्र पस्नेबित्तिकै गुँडबाट निस्केर त्यो सेल प्रसाद चुच्चाले च्यापेर गुँडमा ल्यायो। आमाले यति मीठो बास्ना आउने खानेकुरा ल्याएको देखेर बचेराहरूले मुख मिठ्याउँदै सोधे, ‘आमा यो के खानेकुरा हो ? कति मीठो बास्ना आइरहेछ। हामीलाई भोक लागिसक्यो। छिटो दिनुस न्।’

हतार नगर ! तिमीहरूलाई म दिइहाल्छु नि भन्दै गाैँथलीले आफ्ना दुवै बचेराहरूको मुखमा सेलको टुक्रा राखिदिइन्। ‘आहा, कति मिठो खानेकुरा ! कहाँबाट ल्याउनुभयो आमा ?’ सानो बचेराले सोध्यो। ‘हो त, साँच्चै कति धेरै मीठो छ आमा ! यो  खानेकुराको नाम के हो ?’ ठूलो बचेराले  सोध्यो।

दुवै बचेराले मिठो मानेर सेल खाएको हेर्दै गौँथली निकै खुसी भइन् र उनले बचेराहरूसँग भनिन्, ‘यो खानेकुराको नाम सेल हो। अहिले तिहार भन्ने चाड आएको छ। त्यसैले तिहारको समयमा सबैको घरमा यस्तै खानेकुरा पकाउने गर्छन्।’
सानो बचेराले खुसी हुँदै भन्यो, ‘आहा, यो तिहार भन्ने चाड सधैँ आइदिए कति मजा हुन्थ्यो ! सधँै यस्तो मीठो खानेकुरा खान पाइने थियो।’

एकछिनपछि सबैको घरमा पूजा हुन थाल्यो। निलिमाको घरमा पनि सबै मिलेर भव्य पूजा गरे। वरिपरि जताततै भैलो खेल्दै भैलिनीहरू आए। निलिमाको साथीहरू पनि भैलौ खेल्न निलिमाको घरमा जम्मा भए। निलिमाको आमाले सबैलाई निधारमा टीका लगाइदिनु भयो।

बुबाले बजारबाट ल्याइदिनु भएको पटका झिकेर निलिमा साथीहरूलाई बाँड्न थालिन्। निलिमा र उनका साथीहरू मिलेर केही समय पटका पड्काएर आनन्द लिन थाले। कसको पटका धेरै पड्कने भन्दै पटका पड्काउँदा निस्केको आवाजमा पनि उनीहरू रमाएर उफ्रिन थाले।

 बचेराहरू  पटकाको आवाजले
 तर्सिएर गौँथलीलाई च्याप्प समात्न थाले। निलिमा उनका साथीहरू जति धेरै पटका पड्काउँथे उति नै धेरै बचेराहरूको मुटु डरले काँप्न थाल्थ्यो र उनीहरू रुँदै गौँथलीलाई अँगालो हाल्ने गर्थे। यता निलिमा र उनका साथीहरू पट्कामा रमाउँदा उता गौँथलीको गुँडमा डरले बचेराहरूको रुवाबासी चल्ने गथ्र्यो।

अब सबै पटका सकियो। भोलि फेरि किनौला। अहिलेलाई भैलो खेल्न जाऔं भन्दै उनीहरू भैलो गाउँदै नाच्न थाले। बल्ल बचेराहरूले अलि शान्तिको सास फेरे। ‘आमा मलाई त औधी डर लागेको छ। केको आवाज हो यो ?’ ठूलो बचेराले आमासँग सोध्यो।

‘यो आवाजले मेरो त कान पनि दुखे जस्तो भएको छ। यत्रो डरलाग्दो आवाज केको होला आमा ? यो आवाजले वरपर रुखमा बसेका सबै चराहरू पनि डराएर भागेको पो देखिन्छ त ?’ फेरि सानो बचेराले भन्यो। दुवै बचेराको डरले सातो गएको थियो। उनीहरू आमालाई च्याप्प समातेर बसेका थिए। आमाले दुवैलाई मायाले सुमसुम्याउँदै भन्नुभयो, ‘यो आवाज पटकाको हो। तिहार चाडमा रमाइलोका लागि मानिसहरू पटका पड्काउने गर्छन्। तिमीहरू नडराई बस, केही पनि हुँदैन।’

‘यस्तो अरूलाई तर्सिने र बिरामी हुने गरी पनि कतै रमाइलो हुन्छ र आमा ? मानिसहरूले आपूmले रमाइलो गर्दा अरूलाई दुःख पनि होला भनेर ख्याल गर्नु पर्दैन ? मेरो त मुटु नै ढुकढुक भइराखेको छ आमा ?’ ठूलो बचेराले भन्यो।
फेरि पल्लो घरको छिमेकी कहाँ पनि केटाकेटीहरू पटका पड्काएर रमाइलो गर्न थाले। बचेराहरू फेरि डरले रुँदै काँपेर आमालाई अँगालो हालेर बसे। त्यो रात पटका पड्केको आवाजले बचेराहरू निदाउनै सकेनन्। विचरा बचेराहरू विचरा  डरले बिरामी परे।

भोलिपल्टै बचेराहरूले आमासित भने, ‘आमा, हामी यो ठाउँ छाडेर कतै टाढा जाऔं न। यहाँ त हामीलाई साह्रै डर लाग्न थाल्यो।’  गाैँथलीले आफ्ना बचेराहरूलाई हेरिन्। डरले दुवैका अनुहार डरले मलिन देखिन्थ्यो र आँखाभरि आसुँ थिए। आफ्नो प्राणभन्दा प्यारा बचेराहरूको आँखामा आँसु र त्रास देखेर गौँथलीलाई निकै नरमाइलो लाग्यो।

उनले पनि आफ्ना बचेराहरू लिएर कतै शान्त ठाउँमा जाने निर्णय गरिन्। नरोऊ बाबुहरू, अब हामी शान्त कुनै ठाउँमा जान्छौं भन्दै गौँथलीले आफ्ना बचेराहरूलाई डो-याउन थालिन्। निलिमा सधैं जस्तै बिहानै गाैँथलीलाई गुँडमा हेर्न आइन्। गौँथलीले आफ्ना बचेराहरूलाई समातेर लान लागेको देखेर निलिमालाई नरमाइलो लग्यो। निलिमाले बचेराहरूलाई लिएर कहाँ जान लागेको भनेर गौँथलीलाई सोधिन्।

कतै टाढा शान्त ठाउँमा जान लागेको भनेर गौँथलीले जवाफ दिइन्। निलिमाले फेरि सोधिन्, ‘किन, तिमीलाई हाम्रो घर शान्त लागेन र ?’ गौँथलीले निराश हुँदै भनिन्, ‘अह,ँ लागेन।’ निलिमाले ठूलो स्वरमा गौँथलीलाई प्रश्न गरिन्, ‘तिमीलाई हामीले पिटेका छौं र ? मैले तिम्रा बचेराहरूलाई पनि त माया गरेकै छु, होइन र ? म हरेक दिन स्कुल जाँदा र स्कुलबाट फर्केपछि तिमीहरूलाई नहेरी बस्नै सक्दिनँ। तैपनि किन मेरो घर शान्त भएन ?’

गौँथलीले आफ्नो बचेराहरूको आँखामा आँसु पुछ्दै भन्यो, ‘निलिमा, तिम्रो घरमा हामी सुरक्षित छौं। तिमीले पनि माया गरेकी छौ। तर, चाडपर्वको नाउँमा तिमीले तिम्रो साथीहरूसँग मिलेर पड्काएको पटकाको आवाजले मेरो कलिला बचेराहरू तर्सिएर रातभर सुत्नै सकेनन्। डरले यिनीहरू बिरामी परे। हेर त, यिनीहरूको अनुहारमा कति त्रास छ ! यी कलिला मेरा बचेराहरूको डरले सातो गएको छ। भोलि बिरामी परेर यी मेरा मुटुका टुक्राहरू केही भइहाले मैले कसरी बाँच्नु ? त्यसैले मेरो बचेराहरूको सुख र शान्तिका लागि मैले यो घर छाड्ने निर्णय लिएँ।’

‘अहो, चाडपर्वमा रमाइलो गर्ने धुनमा अरूलाई कति असर पर्छ भन्ने कुरा ख्याल नै गरिनछु।’ गाैँथलीका कुरा सुनेर निलिमालाई पनि औधी दुःख लाग्यो। कलिला बचेराहरूका अनुहारमा निलिमाले हेरिन्। विचरा बचेराहरू साँच्चै डरले विरामी नै देखिन्थे। उनीहरूमा बोल्न सक्ने शक्ति समेत थिएन। त्यो देखेर निलिमालाई माया लाग्यो।

निलिमाले पनि आजदेखि पटका नपड्काउने विचार गर्दै गौँथलीलाई भनिन्, ‘क्षणिक रमाइलोका लागि पटका पड्काउँदा तिमीहरूप्रति परेको असरलाई मैले बुझ्नै सकिनँ। अब पटका पड्काएर गल्ती गर्ने छैन। तिमीहरूको सुख र शान्ति खोस्ने छैन। म मेरा साथीहरूलाई पनि तिमीहरूलाई पर्न गएको दुःखबारे भन्छु। अब तिमी यो घर छाडेर नजाऊ है।’ निलिमाको कुरा सुनेर गाैँथली र उनका बचेराहरू पनि औधी खुसी भए। गौँथली पनि आफ्नो घर छाडेर नजाने भएपछि निलिमा पनि मक्ख परिन्।

प्रकाशित: २१ मंसिर २०७६ ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App