४ वैशाख २०८१ मंगलबार
अन्य

यसरी मनाइयो वृक्षारोपण दिवस

सुयोगमानसिंह बस्न्यात
कक्षा – ४,
नव अरुणिमा सेकेन्डरी स्कुल, आरुबारी, काठमाडौ।

गत असार १४ गते, बाबा र म बिहान ७ बजेतिर कोटेश्वरतिर लाग्यौं। उक्त दिन कोटेश्वरदेखि कलंकीसम्म चक्रपथको किनारामा वृक्षारोपण गर्ने कार्यक्रम थियो। जसको आयोजना वन तथा वातावरण मन्त्रालयले गरेको थियो।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भाषण गर्नुभयो। भाषणको क्रममा प्रधानमन्त्रीज्यूले सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउन सुरु गरेको बताउनु भयो।

‘यो वर्ष देशभरि करिब पाँच करोड बिरुवा रोप्ने लक्ष्य छ।’ भन्नुभयो। ‘हाम्रो पुर्खाले वृक्षारोपणको महत्व बुझेर वरपिपल लगाउने, त्यसको संरक्षण गर्ने र घरघरमा तुलसीको मोठ बनाएर तुलसी लगाउने गर्थे।’ त्यसैले हामी सबैले आफ्नो घर वरपर १÷२ वटा जति सकिन्छ बिरुवा लगायौं। ‘केही नभए पनि छतमा एउटा गमलामा गोलभेडा र अर्को गमलामा खुर्सानी रोपौं।

झोला लिएर बजार कुद्नुको सट्टा छतका गोलभेडा र खुर्सानी टिप्ने र त्यसैको अचार बनाउने। यसरी आफैले बनाएको ताजा अचार खान पनि पाइने र पैसा पनि बच्ने।’ भनेर अर्ती पनि दिनुभयो।

भाषणपछि प्रधानमन्त्रीज्यूले वृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो। सोही क्रममा अन्य व्यक्तिहरूसँग मिलेर मैले पनि ७ ओटा बिरुवा रोपें। यही क्रममा प्रधानमन्त्रीज्यूसँग भेट भयो। मैले उहाँसँग फोटो खिचे।

भीडले उहाँलाई घेरेको देख्दा मलाई अचम्म लाग्यो। मान्छेहरू किन घचेटाघचेट गरेर प्रधानमन्त्रीको अघिपछि कुदेका होलान् ? आखिर उहाँ पनि मान्छे, हामी पनि मान्छे।  
 

प्रकाशित: २१ भाद्र २०७६ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App