१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

भोजपुरमा ६ वर्षीया बालिका बलात्कृत

भोजपुर– भोजपुरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।  हतुवागढी गाउँपालिका–२ का रामकुमार (नाम परिवर्तित)ले आमचोक गाउँपालिका–६ देवानटारकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

गत साउन १५ गते घरनजिकै रहेको जंगलमा बालिका गोठालो गएको मौका पारेर रामकुमारले जंगलमा नै बालिकालाई बलात्कार गरेको जनाइएको छ। बलात्कार भएपछि बालिकाले भोलिपल्ट मात्र आमालाई सुनाएकी थिइन्। बलात्कारपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा भोजपुरमा उजुरी दिएकी थिइन्।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको छ। आरोपी रामकुमारलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रकाशित: १९ श्रावण २०७६ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App