२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

प्रेरणादायी कथा

 श्रीराम राई  
यम बास्तोलाको कथा संग्रह ‘नीलो घोडा’ बजारमा आएको छ। यसअघि उनका ‘आलोकतिर (२०६४, कविता संग्रह), बार्बी डल (२०७४, नेपाली र अंग्रेजीमा बालकथा संग्रह ) र इन्द्रेनीको माला (२०७४, बालकविता संग्रह) प्रकाशित भएका छन्।

‘नीलो घोडा’मा ११ ओटा बालकथा समावेश छन्। गरिमाको अठोट, पुतलीको जन्ती, तारा टिप्ने दिन, सबैले गल्ती स्वीकारे, सनतको मिहिनेत, सानीको जुक्ति, नीलो घोडा, छोरीको घर, बाँदरको संकल्प, असीनापानी र फर्सीको चुरीफुरी शीर्षकमा कथा छन्।

‘गरिमाको अठोट’ मा बालबालिकाले विपत्तिमा पनि संयम भई राम्रो काम गर्ने अठोट लिएको हुन्छ भन्ने देखाइएको छ। ‘पुतलीको जन्ती’ मा सबैको आआफ्नो जिम्मेवारी हुन्छ र हरेक मान्छेले ठूल्ठूलो काम गर्न सक्छ भन्ने देखाइएको छ। ‘तारा टिप्ने दिन’ मा अभिभावकको सल्लाहविना आफूखुसी काम गर्दा दुख पाइने कुरा देखाइएको छ।

‘नीलो घोडा’ का कथा प्रेरणादायी छन्। कथाहरूले बालबालिकालाई उत्साही, जागरूक र मिहिनेती बनाउँछन्।

‘सबैले गल्ती स्वीकारे’ मा बेइज्जत हुने काम गर्नु नहुने, ‘सनतको मिहिनेत’ मा मिहिनेतको फल मीठो हुने र ‘सानीको जुक्ति’ मा बलभन्दा बुद्धि पु¥याएर गरेको काम राम्रो हुने सन्देश छ। पशुलाई मानवीकरण गरी लेखिएको ‘नीलो घोडा’मा अन्तरजातीय विवाह गरेको, वनभोजमा रमाएको र नुहाइधुवाइ गरेको प्रसंग छ। यो कथामा कोही आफैंमा नराम्रो हुँदैन, पशुहरू पनि विवेकी र सामाजिक हुन्छन् भन्ने देखाइएको छ।

त्यस्तै ‘छोरीको घर’ मा मिहिनेतले ठड्याएको घर सुन्दर हुने आशावादी सोच छ। ‘बाँदरको संकल्प’ मा विवेक पु¥याए मात्रै प्रकृतिको विपत्तिमा बाँच्न सकिने सन्देश छ। ‘असिनापानी’ मा पानी कसरी बाफ बनेर उड्छ र त्यो बाफ पानी बनेर कसरी खस्छ भन्ने देखाई कक्षामा प्रयोगात्मक शिक्षण विधि प्रभावकारी हुने औँल्याइएको छ। ‘फर्सीको चुरीफुरी’ घमन्डले विनाश निम्त्याउने कुरा आंैैल्याइएको छ।

समग्रमा ‘नीलो घोडा’ का कथा प्रेरणादायी छन्। कथाहरूले बालबालिकालाई उत्साही, जागरूक र मिहिनेती बनाउँछन्। कृतिको आवरण हेरिरहूँ लाग्ने छ। कथा पढ्दा  कथाअनुसारको चित्रहरूले निकै आनन्द दिलाउँछ। अधिकांश कथा खोटाङको स्थानीय परिवेशमा लेखिएका छन्। कथामा पशुपक्षी र फलफूल पात्र पनि छन्। ब्रदर्स पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य १०० रुपैयाँ छ।

प्रकाशित: २१ वैशाख २०७६ ०३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App