२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

शहीद

पूर्ण वैद्य 

मेरो घरभरि
मेरो आँखाभरि समय आइरहेछ
शहिद बोकेर
हो, समय आईरहेछ
फेरी शहीद सम्झिने
    
आशाले जीर्ण
निराश, शहीद स्वप्न
श्राप लागेको कथा जस्तो
घुम्दै आईरहेछ 
मन्त्रालयमा, शिक्षालयमा
यो गल्ली, सडक
खेतबारी र नदीका किनारमा
मानौं, कसैले त्यसलाई छोएर
साकार पारी बनाई देउन
यसरी वर्ष—बर्षमा फर्केर
शहीदका सपनाहरु
बिहान—बेलुका
चिसो चुल्हो—चुल्होमा रुँन आइरेछ 
  
हिउँको लामो—लामो रातहरुमा
मेरो दैलोमा कुरिरहेछ
केही जान्ने—बुझ्ने म
केही नभएझैं
यहाँ म मात्र बाहना खोजिरहेछु
केवल ब्याच भिरेर शहीद दिवसको
कर्तव्यनिष्ठ म,
यो बाटोमा निर्धक्क टाउको उठाएर हिँडीरहेछु 
    
मेरो मनमा
कसैले कथा मात्र भनिदेउन शहीदको 
बरु यहाँ बच्चाहरु नै 
कति उत्सुक
कति जागरुक शहीदको सपना बुझ्न
हो, समय फेरी आइरहेछ
    
शहिदलाई चिन्ने
शहीदलाई बुझ्ने
समय आइरहेछ फेरी यहाँ
त्याग र साहसको पूजा गर्ने
त्यसको समयलाई फेरी
एक पल्ट सम्झिने ।
   

 नेपाल भाषाबाट अनुवाद : गगनदीप सर्व

 

प्रकाशित: १२ माघ २०७५ ०५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App