१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

स्वार्थ

गणतन्त्र दिवसको उपलक्ष्यमा जिल्ला कारागारबाट केही कैदीहरू बाँकी कैद मिनाहा पाएर छुट्दै थिए । ति कैदीहरूमध्ये अन्जना पनि एक हुन् । कारागारबाट मुक्त हुने दिन लोग्ने आउला भन्ने अन्जनाको आशा थियो । लोग्नेले कारागारमा भेट्न नआएको पनि धेरै दिन भइसकेको थियो । तर, उनको लोग्ने अन्जनालाई लिन आएन । भेट गर्न किन नआएको हो, अन्जनाले बुझ्न सकेकी थिइनन् । काम विशेषले गर्दा आउन नपाएको हो कि भनेर चित्त बुझाएकी थिइन् । आज कारागारबाट छुट्ने दिनमा त अवश्य आउनुपर्छ भनेर अन्जनाले सोचेकी छन् । कारागारबाट छुट्ने जानकारी पाएदेखि नै तिनमा खुसीको सीमा छैन । छुट्ने बेलामा कारागारको गेटमा लोग्ने र छोराको हसिलो मुहारले स्वागत गर्लान् की भनेर अन्जनाले सोचिरहेकी थिइन्।

अन्जनाले खाना खाएर घाम तापिरहेकी थिइन । त्यस कारागारमा कैद भुक्तान गरिरहेका महिला बन्दीहरूले वरिपरि झुम्मिएर तिनलाई नयाँ जीवनका लागि शुभकामना दिइरहेका थिए । अपरान्हतिर जेलरबाट बोलाइयो । तिनी कारागारबाट मुक्त भइन् । कारागारमा गर्नुपर्ने औपचारिकता पूरा गरेर अन्जना बाहिर निस्किन् । अन्जनाले जे सोचेकी थिइन्, त्यो त्यहाँ देखिनन् । कारागारको मूलगेटमा श्रीमान र छोराको उपस्थिति खोजेकी थिइन् । तर, त्यो पाउन सकिनन् । किन यस्तो भयो अन्जनाले बुझ्नै सकिनन् । उनीहरू आउन ढिला भएको हो की भनेर केही बेर पर्खिन् । धेरै बेर पर्खदा समेत आफ्नो लोग्ने नआउँदा तिनी अन्योलमा परिन् । सहरको सुकुम्बासी टोलमा उनीहरूको बसाई थियो । अन्जना बिस्तारै आफ्नो गन्तव्यतर्फ लम्कदै थिइन । पाँच वर्षको बन्दी जीवन भुक्त्तान गरेर बाहिर आउँदा सहरमा धेरै परिवर्तन भइसकेको रहेछ । सडकहरू फराकिला र चिल्ला भइसकेको रहेछन् । गगनचुम्बी भवनहरू पनि ठडिएका रहेछन्।

धाराबाट माथि चढ्दा लोग्नेलाई धारातर्फ आउँदै गरेको देखिन । दुई दिनको हण्डर खाएपछि बल्ल आज आफ्नो लोग्नेलाई देखेर एक प्रकारले भित्रभित्रै खुसी भइन् । आफ्नो अगाडि अचानक अन्जनालाई देख्दा लोग्ने पनि झस्क्यो । लोग्नेलाई अगाडि पाएपछि हर्षित हँुदै अन्जनाले भनिन्, ‘तपाईँहरूलाई खोज्दा खोज्दा दुई दिनमा आज आइपुगें।’

अन्जनाका पाइलाहरू गह्रौ मन लिएर अगाडि बढिरहेका थिए । कसैले तिनलाई पछाडिबाट पछ्याइरहेको जस्तो लाग्यो । पछाडि फर्केर हेरिन । एकजना मझौला कदको अपरिचित व्यक्ति चुरोटको सर्को तान्दै अन्जनाको पछि आउँदै थियो । त्यो व्यक्ति अन्जनाले छेवैमा आएर चुरोटको ठुटो मिल्काउँदै सोध्यो, ‘के तिमी पनि आज कारागारबाट छुटेको हो?’

अन्जनाले टाउको मात्र हल्लाएर हो भन्ने जनाउ दिइन । त्यस मानिसलाई वास्ता नगरी तिनी अगाडि बढिन् । त्यो मानिस पनि सँगसँगै हिँडिरहेको थियो।

त्यो मान्छे आफैले कुरा सुरु ग¥यो । म पनि आजै कारागारबाट छुटेको । एउटा हत्याकाण्डको आरोपमा परेको थिएँ । तिमीलाई मैले अघिदेखि नै हेरिरहेको छु । कोही घरको मान्छे आउनुपर्ने आएन, त्यही होला हैन र।

त्यस मानिसको बोली व्यवहारले अन्जनामा उत्पन्न भएको डर केही मात्रामा भए पनि कम भएको थियो । त्यस व्यक्तिले भन्यो, तिमी कहाँसम्म जाने हो ? तिमी अल्मलिए जस्तो छौ, म पु-याइदिउला।

‘सुकुम्बासी टोलमा बस्ने हो । श्रीमान आउनुपर्ने आएनन्,’  केही ढुक्क हुँदै अन्जनाले भनिन्।

उनीहरू पैदल हिँडिरहेका थिए । त्यस मानिसले अन्जनाले बन्दी जीवन बिताउनुपरेको कारणबारे जान्न चाह्यो । अन्जनाले त्यस व्यक्तिको जिज्ञासाप्रति खासै चासो दिइनन् । जाँदा जाँदै बाटो छेउमा रेहको एउटा चिया पसल अगाडि पुगे । त्यस व्यक्तिले चिया पिउन अनुरोध ग-यो । अफ्ठ्यारो महसुस गर्दै र घर पुग्न ढिला हुने हो की भन्ने सोच्दै दुवै चिया पसलको छाप्रोभित्र पसे । जाडो सुरु हुन लागेको थियो । एउटा १०/१२ वर्षको केटोले तातो चिया र नमकिन अगाडि ल्याएर राखीदियो।

चिया पिएर उनीहरू बाहिर आए । सडकमा रिक्सा र अन्य सवारी साधनहरूले धुलो उडाइरहेका थिए । अन्जनाले हिँडेर जाने भन्दै थिइन । त्यस व्यक्तिले एउटा रिक्सा रोक्यो । पैसा आफैले तिर्ने कुरा ग¥यो । हास्दै दुवै रिक्सामा बसे।

अन्जनाको निर्देशनमा रिक्सावालाले घण्टी बजाउँदै रिक्सा अगाडि बढायो । १०–१५ मिनेटको यात्रापछि अन्जनाले भनेको ठाउँमा गएर रिक्सा रोकियो । अन्जनाले चारैतिर हेरिन् । उनी एकछिन अल्मलिन् । त्यहाँ सुकुम्बासी टोलको एउटा पनि झुपडीहरू थिएनन । गलत ठाउमा पो आएको हो कि भनेर सोच्न थालिन् । त्यहा पाँचतारे होटलको निर्माण भइरहेको थियो । काम गर्दै गरेको एकजना मजदुरलाई अन्जनाले सोधिन, ‘दाइ यहाँको सुकुम्बासी टोल कता हरायो हँ?’

मजदुरले भन्यो, ‘यहाँको सुकुम्बासी टोल त यो होटल बन्न लागेपछि सबै भत्काएर हटाइयो।’

अन्जना दोधारमा परिन् । अब कता जाने ? के गर्ने ? लोग्ने र छोरा कता गए होलान ? यसबारे मलाई जानकारी त दिनुपर्ने हो । उनी भुइँमा थचक्क बसिन् । त्यस व्यत्तmिले नजिकै आएर भन्यो,  ‘त्यसो भए अब तिमी कहाँ जान्छौं ?  कोही आफन्त छन् यहाँ?’

उनले निरीह अनुहारले त्यस व्यक्तिलाई हेरिन् । र, बिस्तारै उठिन् । कहाँ जानेबारे केही निक्र्यौल गर्न सकिनन् । अन्जनाले सोचिन, ‘किन श्रीमानले यसरी बेवास्ता गरेको होला ? कारागारमा पनि पछिल्ला दिनहरुमा भेट गर्न पनि आएन । आज यस ठाउँमा पनि भेटिएनन । ठाउँ सर्दा जानकारी त दिनुपर्ने हो । बन्दी जीवन बिताउनु पर्ने कारण पनि त लोग्नेकै दबाबमा आएर गरिएको कामबाट हो।’

अन्जनाले लामो श्वास फेरिन् । आकासतर्फ हेरिन् । चराहरू बासस्थानतर्फ फर्किरहेका थिए । त्यस व्यक्तिले अन्जनालाई सोध्यो, ‘अब मैले तिमीलाई मानवताको नाताले पनि त्यसै अलपत्र छाड्न मिलेन, भन तिम्रो लोग्नेको अन्य जाने ठाउँ कता छ?’

यो कुराले भने अन्जनाको मनमा केही आशाको त्यान्द्रो भेटिएजस्तो भयो । तिनको लोग्ने कतै नभेटिए पनि गाउँमा त अवश्य नै भेटिन्छ भन्ने उनलाई लाग्यो । अन्जनाले त्यस व्यक्तिलाई अनुरोध गरिन्, ‘मलाई बसपार्कसम्म पु-याइदिनुस् । म गाउँ जान्छु।’

उनीहरू पैदल बसपार्कतर्फ लागे । बाटोमा त्यस व्यक्तिले अन्जनाको बन्दी जीवनबारे जान्न चाह्यो । अन्जनाले केही अफ्ठेरो महसुस गरे तापनि यतिका सहयोग गरेको हुनाले धक नमानी आफू बन्दी हुनुपरेको यथार्थ भनिन्।

०००    
तिनको मानसपटलमा अतितहरू मडारीन थाले । गाउँबाट सहर झरेपछि त्यसबेला जीवन धान्न धौधौ परेको थियो । सहरको महँगीमा दुवैजनाको दिनभरको परिश्रमले खान लाउन पु¥याउन पनि गाह्रो थियो । यसबीच छोरा पनि जन्मियो । उनीहरू कोठा भाडा तिर्न नसकेर सुकुम्बासी टोलमा एउटा सानो छाप्रो बनाएर बसेका थिए । अन्जना सहरको एक धनाढ्य व्यक्तिको घरमा काम गर्थिन । अन्जनाले काम गर्ने घरधनीको विवाह भएको वर्षौ भइसक्दा पनि सन्तान हुन सकेको थिएन । सम्पत्तिको धनी भए पनि उनीहरूमा सन्तानको अभाव सधै खड्किरहन्थ्यो । एक दिन साहुनीको कपाल कोर्दै थिइन् । सधै कडा स्वभावमा बोल्ने साहुनीले मिठो बोलीमा अन्जनालाई अनुरोध गर्दै भनिन्, ‘अन्जना, मेरो एउटा काम गरिदिन्छौं?’

अचानक साहुनीमा आएको परिवर्तनबाट एक क्षण त अन्जनालाई अचम्म लाग्यो । अनुरोधमा मौन सहमति जनाएपछि साहुनीले पुनः भनिन्, ‘यत्तिका वर्षसम्म हाम्रो सन्तान हुनसकेन । तिमीले हामीलाई सहयोग गर्नुप¥यो । तिमी बस्ने टोलतिर अस्पतालमा काम गर्ने स्वीपरहरू बस्छन् होला । तिनीहरूसँग मिलेर प्रसूति गृहबाट एउटा बच्चाको व्यवस्था गर । तिमीलाई भनेजति पैसा दिउँला । अहिलेलाई यो राख ।’ साहुनीले अन्जनालाई केही हजारका नोट पनि दिइन्।

अन्जना अवाक् भइन । कुनै निर्णयमा पुग्नै सकिनन् । आखिर अन्जना आफू पनि आमा थिइन । मातृत्वको चाहना कस्तो हुन्छ भन्ने कुरा राम्ररी बुझेकी थिइन । एकातिर साहुनीको मातृत्वको चाहना पूरा गर्नुपर्ने, अर्कोतर्फ कसैको मातृत्वको घाँटी रेट्नुपर्ने । अन्जना बडो धर्मसंकटमा परिन्।

बेलुकी आफ्नो झुप्रोमा आएर सुत्ने बेलामा लोग्नेलाई जानकारी गराइन् । अब आफू काममा नजाने सोच पनि बनाइन् । तर,  अभावमा जीवन बिताइरहेको उनको लोग्नेलाई यस कामबाट भने जस्तो धन आर्जन हुने आसा पलायो । यसबाट हुने अन्य समस्याहरूको जोड घटाउनै गरेन । उसले अन्जनालाई यो काम गर्न झन् दबाब दिन थाल्यो । ऊ आफैले आफ्नै टोलमा बसी अस्पतालको प्रसूति गृहमा काम गर्ने एकजना महिला स्विपरलाई धनको लोभ देखाएर यस कामको लागी राजी गरायो । एकदिन योजना अनुसार स्विपरले अस्पतालबाट बच्चा ल्याएर अन्जनालाई दियो । अन्जनाले बच्चा लिएर अस्पतालको गेटमा नपुग्दै बच्चा हराएको हल्ला फैलिसकेको थियो । एक हुल मानिसहरु स्विपर महिलालाई समातेर गेटतर्फ आउँदै थिए । अन्जना उम्केर भाग्ने प्रयास गरिन् । तर, मानिसहरूबाट बच्न सकिनन् । यसरी प्रहरी हिरासत हुँदै अन्जना जेल परेकी थिइन्।
०००    

बेलुकीको ७ बज्नै लागेको थियो । उनीहरू सहरको बसपार्कमा आइपुगेका थिए । अन्जनाले गाउँजाने रुटको बसको टिकट लिन काउन्टरतर्फ लागिन् । सँगै उभिएको त्यस व्यक्तिले काउन्टरमा दुईवटा टिकटको रकम ति¥यो । अन्जनाले अचम्म मान्दै प्रश्न गरिन्, ‘म गाउँ गइहाल्छु । तपाईँ किन दुःख पाउनुहुन्छ ?’ ‘तिमीलाई गन्तव्यसम्म नपु¥याई एक्लै छाड्न मेरो मनले मानेन । गाउँमा तिम्रो लोग्ने भेट हुने हो कि होइनन।’

केही समयको प्रतीक्षापश्चात बस गन्तव्यतर्फ दौडियो । नयाँ जीवन र भविष्यको कल्पना गर्दै तिनी निदाइन् । बस रोकिएको ब्रेकको कडा आवाजले मात्र तिनी बिउझिन् । तिनको टाउको त्यस व्यक्तिको कुममा अडिएको थियो । तिनी लजाइन् । उनीहरू बसबाट ओर्लिए।

अन्जनाले त्यस व्यक्तिलाई भनिन्, ‘अब म पुगिहाल्छु, तपार्इँ फर्कनु भए हुन्छ।’

त्यस व्यक्तिले खल्तीबाट चुरोट निकालेर सल्काउँदै भन्यो, ‘ठिक छ, म दुई घन्टासम्म यही बस्छु । त्यसबेलासम्म फर्किएनौ भने तिमी आफ्नो ठाउँमा पुगेछौं भन्ने सम्झने छु र म आफ्नो बाटो लाग्ने छु।’

केहीबेरको हिँडाइपछि अन्जना घर नजिकैको धारामा पुगिन् । धारामा पानी पिएर तिर्खा मेटाइन् । धाराबाट माथि चढ्दा लोग्नेलाई धारातर्फ आउँदै गरेको देखिन । दुई दिनको हण्डर खाएपछि बल्ल आज आफ्नो लोग्नेलाई देखेर एक प्रकारले भित्रभित्रै खुसी भइन् । आफ्नो अगाडि अचानक अन्जनालाई देख्दा लोग्ने पनि झस्क्यो । लोग्नेलाई अगाडि पाएपछि हर्षित हुँदै अन्जनाले भनिन्, ‘तपाईँहरूलाई खोज्दा खोज्दा दुई दिनमा आज आइपुगें।’

चारैतिर हेर्दै लोग्नेले भन्यो, ‘किन यहाँ आएको ? अब तँसँग मेरो कुनै सम्बन्ध छैन।’

अन्जनाले लोग्नेबाट यस प्रकारको व्यवहारको कल्पना समेत गरेको थिइनन् । उनले आफूलाई थाम्नै सकिनन् । उनका आँखा रसाए । परेलीको डिलबाट आँसु टल्पलाउँदै भुइँमा झ-यो । आफूलाई सहमाल्दै अन्जनाले भनिन्, ‘के भन्नुभएको यस्तो । मबाट के गल्ती भयो र ? जे भएको थियो हामी दुबैले मिलेर गरेको होइन र?

‘म केही बकवास सुन्न चाहन्न । मैले नयाँ जीवन सुरु गरिसकेँ । मेरो जिन्दगीमा विष घोल्न नआइजा ।’

अन्जना छाँगोबाट खसे जस्तो भइन । आफूले टेकेको जमिन भाँसिएको जस्तो महसुस गरिन् । जसका कारण तिनले यत्तिका वर्ष दुःख सहिन्, आज उसैबाट तिरस्कार । लोग्नेले नजिक आएर भन्यो, ‘तँ चुपचाप जान्छेस् की पागल भनेर लखेट्नु प-यो।’

‘ठिक छ म जान्छु । तर, मेरो छोरालाई साथमा लिएर जान्छु,’ अन्जनाले पनि कठोर हुँदै भनिन्।

‘चुप लागेर जान्छेस् कि गाउँलेलाई भनेर लखेट्न लगाऊ।’

अन्जना लाचार भइन । स्वार्थी लोग्नेको अगाडि केही लागेन । आफ्नो कोखबाट जन्मेको छोरो समेतलाई हेर्न पाइनन् । तिरस्कार र अपमानको डरले रगतको आँसु पिएर फर्किन बाध्य भइन । सडक छेउ आइपुगिन् । समय धेरै बितिसकेको थियो । अघि बसबाट ओर्लेको ठाउँमा आएर चारैतिर हेरिन् । त्यो व्यक्तिलाई देखिनन् । निरास भएर नजिकैको रुखको अडेस लागेर भुइँमा बसिन् । उनी मनमनै सोच्न थालिन्, ‘अब कहाँ जाने ? के गर्ने ? बाँच्नुको अर्थ नै के रह्यो ?’ यतिकैमा पछाडि कोही भएको महसुस गरिन् । फर्केर हेर्दा त त्यही व्यक्ति पछाडि उभिरहेको थियो । नजिक आएर त्यस व्यक्तिले भन्यो, ‘यस्तै हुन्छ । यो संसार स्वार्थी छ । तिमी गलत सम्झिनौ भने हिँड । अब कुनै नयाँ ठाउँमा गएर नयाँ जिन्दगी सुरु गरौला ।’ दुवै सडक किनारतिर लागे । ट्रक आइरहेको थियो । उनीहरू त्यसैमा चढेर नयाँ गन्तव्यतर्फ हिँडे।

प्रकाशित: २३ भाद्र २०७५ ०६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App