७ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्य

तामाङ उखान

क्यरे मेरे रङ्ला सेन्– ठिंग उभिइरहँदा आफैलाई हानी गर्छ । उदाहरण : आफ्नो काम सरासर गर्नुपर्छ ।

थाँक्रोझैं ठिंग उभिएर बस्ने होइन, पछि बिग्रियो भने आफैंलाई नोक्सान हुन्छ ।किप्पु ल म्हिफेन्ना, दुग्पु-छेबा ल फेन्– सुखमा साथ नपाए पनि दुःखमा साथ पाए पुग्छ । उदाहरण : सुख पाउँदा आ–आफैं गरिन्छ र खाइन्छ । सुखमा साथ नपाए पनि दुःखमा साथ चाहिन्छ।  

खिम्चे ङेम्पे श्योल्ङेन् फो– खराब छिमेकीले गर्दा दुःख पाइन्छ । उदाहरण :खराब छिमेकीले गर्दा दुःख पाइन्छ भनेझैं मैले पनि निकै सास्ती भोग्नुपर्यो ।  गोलो यादी उली म्हेबा– हेर्दा सुन्दर तर नराम्रो काम । उदाहरण : जीउडाल सुन्दर तर काम राम्रो नगर्दा कामै नलाग्ने रहेछ भन्छन् ।ज्याम्ना नम्की ज्यायाङ् खोर, ग्योङ्ना फङ्की बुयाङ श्योर– आफू राम्रो भए आकाशमा उड्ने चरा पनि नजिक आउँछ, नराम्रो भए सन्तान पनि पर भाग्छन् । उदाहरण : आफू नै राम्रो हुनुपर्छ । नराम्रो भए कोही पनि नजिक आउँदैनन्।

टकर केदी गेप्पु म्हेन, नोसम् तङ्दी गेप्पु ह्यिन्– कपाल सेतो फुल्दैमा बूढो भइन्न । बरु, सोचले मानिसलाई बूढो तुल्याउँछ । उदाहरण : तिमी धेरै पिर नगर । पिरले मानिसलाई छिट्टै बूढो बनाउँछ ।तिङ्ले श्यार्वे गेप्पा फेन्ग्युर रङ्ला मिन्दु– काम बिग्रिसकेपछिको बुद्धि काम लाग्दैन । उदाहरण : काम बिग्रिसकेपछि आएको बुद्धिले काम लाग्दैन है केटाकेटीहरू हो।  

दर्सिङ कर्मो खितङ् जिङ्ना खितङ् ङ्याम्— सिंह कुकुरसँग झगडा गरे ऊ पनि कुकुरजस्तै हुन्छ । उदाहरण :हैसियत नभएका मानिससँग किन जोरी खोज्नु ? चुप लागेर बस्नु ठिक ।दो क्षेला दो क्षुङ् ग्वे, दो क्षुङ्ला दोक्षे ग्वे– ठूलो ढुंगालाई सानो र सानोलाई ठूलो ढुंगा आवश्यक पर्छ । उदाहरण : एकले अर्कालाई सहयोग गर्नुपर्छ । एक्लै केही गर्न सकिँदैन।

फाह्युल क्युक्र्याङ, केलु तङ् क्षलु म्हाक्युर– पैतृक गाउँ छोड्नु परे पनि मातृभाषा र संस्कार÷भेषभूषा नछा्ड्नू रे ।फासेम् बु, बुसेम् दो– बाबुआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुंगामुढामाथि । उदाहरण : आफ्नो मन भने छोराछोरी बिग्रिएला भन्ने हुन्छ । उनीहरू भने रिस गर्छन् ।म्वेगी जेना खिसर ल ह्वे ठुङ्– चाहना गरे कुकुरको त दिन आउँछ रे । उदाहरण : जे पनि चाहना राखेर काम गर्नु पर्छ । अनि मात्र पूरा हुन्छ।

रङ्सेम् डङ्बु जेना हिश्शे ल्हाला झिक्पा म्हे– आफू इमान्दार भए भगवानसँग पनि डर मान्नु पर्दैन । उदाहरण : जुनै काम पनि इमान्दार भएर गरे कसैसित डराउनु पर्दैन ।र्अीपे ह्यार्तेन्,च्योप्पे म्हार्तेन– जात-वंश-कुलले राम्रो, बानी व्यहोराले चाहिँ नराम्रो । उदाहरण : मान्छे राम्रो वंशले मात्र हुँदैन । काम र बानी नराम्रो भए नराम्रो हुन्छ।  

सोदी म्हेना प्रेप्रेशिसी— भाग्यमा नभए नि मरिमेटेर गर्दा फल मिलिहाल्छ । उदाहरण : थपक्क बसेर केही पनि पाइँदैन । मरीमेटेर गरे उँभो लागिन्छ ।क्षिलो–न्हङ्लो-सिलु–ह्वालु— गोपनियता कायम नराख्नु । उदाहरण: घरभित्रको कुरा बुहारीले होस् वा जोकोहीले पनि बाहिर लानु हुँदैन । गोपनियता भंग गरे सत्रुले हेपिहाल्छन् ।अङे–तोङे– निहुँ खोज्ने काम । उदाहरण नहुने भए हुँदैन भने हुन्छ नि । किन निहुँ खोज्नुपर्यो ।

अमे च्युच्यु÷ङेगल्दा शिब्शी अयोङी, अपे प्री शिब्शी ता योबा ?– आमाको दूध चुसेर पुगेन, बाबुको घुँडा चुसेर के पुग्नु ? उदाहरण : आफ्नो अंशले त पुग्दैन अर्काको अंश पाउँला भनेर म आस गर्दिनँ ।अपरङ्शिङ्— कसैको कुरा नसुन्ने÷जे मन लाग्यो त्यो गर्ने । उदाहरण : घरमा बाबु नभए आमाको कुरा सुन्नुपर्छ । आमालाई नसोधी किन बाख्री बेचेको त ?

क्र थिले फो थिपा अतप– टाउको फुटे पनि भूँडी फुट्नु हुँदैन । उदाहरण ः ए बच्चाहरू हो, दाजुभाइ÷दिदीबहिनी मिलेर बस ।कुक्कु ङेम्ङ्या ङ्याज्ये– कोइली चरीले गीत गायो । उदाहरण : ए रत्तै, आज त वकिलले पनि गोरु जोतेछ त । कोइली चराले गायो है ।  

केङ्मेदे–कुङ्मेदे— गरे नि नहुने नगरे नि नहुने, किच्चक स्वभाव । उदाहरण ः काम नगरी बस्यो गरेन भन्छ । ग¥यो भएन भन्छ । यो पासाङ दोर्जे त ... भने जस्तै रहेछ ।कोलाचे क्ली पुङ्ज्यी पङ्शी लेदेन थथाको– बच्चाले हग्यो भन्दैमा टालो काटेर नफाल्नू । सन्तानले मुख फर्कायो भनेर छोराछोरीसँग जिउँदो छउन्जेल छुट्टिएर कसरी बस्ने त?

खम्जी पङ्शी मुयी फिर्प अतप— सक्यो भन्दैमा आकाश छोउलाझैं उफ्रिनु हुँदैन । उदाहरण ः जिम्बा तमाङ साथी सबैले चुप लागेर बस् भन्दा केको मान्नु ? अझ आकाशै छोउलाझैं उफ्रिन्छ । धन सम्पति छ र सक्यो भन्दैमा आकाशै छोउलाझैं उफ्रिनु हुँदैन ।खेन्डो ब्लिङ्ज्युम्– उँभो लडेछ । उदाहरण : आज गोरु जोत्ने भनेको त हिजो राति बाँधेर राखेको ठाउँमै मरेछ ।

तोर्क योम्योम्, मोर्क योम्योम् – माथि जाउजाउ, तल जाउजाउ । उदाहरण : मन लगाएर काम नगरी केको माथि जाउजाउ गरिराखेको ?बोम्बो ग्याक्से मुजम् क्येन्÷म्हाङ् ह्याको तेबा– झाँक्री धेरै भए भूत धेरै निकाल्छन् । उदाहरण ः झाँक्री धेरैलाई देखाउनु हुन्न । झाँक्री धेरै भयो भने भूत पनि बढी नै निकाल्छन् ।म्लाङ्कोङ् च्याशी नख्री ग्लोङ्को– घाँटी हेरेर हाड निल्नू । उदाहरण :तिर्न सक्ने आँट भए अरुसँग ऋण खोजेर भए नि १० तोलाको सुनको बुट्टिल बनाऊ । नत्र भने... जस्तै गर भाइ ।

प्रकाशित: २३ असार २०७५ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App