१२ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

तस्बिर : तिनाउ खोला

तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन्। बिहीबार दिउँसो तिनाउ गाउँपालिका–३ तिनाउखोला ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेका भारत, महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।

नेपाल प्रहरी र नेपाली सेनाको टोलीले ड्यामसाइडबाट शव निकालेको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए। ‘अन्सारी चार साथीसँग घुम्न आएका थिए। साथीहरू सकुशल छन्,’ उनले भने।

गत वैशाख र जेठमा तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय सरकार र प्रहरीचौकी दोभानको समन्वयमा जोखिम क्षेत्रमा निषेध गरिए पनि आफूखुसी पौडी खेल्ने क्रम बढ्दा दुर्घटना भएको भट्टराईले बताए। गर्मीमा पौडी खेल्न र तस्बिर खिच्न जानेहरूले ज्यान गुमाएको उनले उल्लेख गरे।

यो क्षेत्र पर्यटकीय आकर्षण भए पनि सुरक्षा व्यवस्था नहुँदा दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ। खोला किनार र जोखिम क्षेत्रमा जाँदा सुरक्षा उपाय अपनाउन प्रहरीले आग्रह गरेको छ। गर्मी छल्न भारत, रुपन्देहीलगायत तराईबाट तिनाउ खोलामा पौडी खेल्न आउनेको सङ्ख्या बढेकाले सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ। 

प्रकाशित: १० जेष्ठ २०८२ ०७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App