९ वैशाख २०८२ मंगलबार
image/svg+xml
अन्य

अर्को दिन आउँछु भनेर हिडेका श्रीमान् थाहै नदिइ राति आएपछि...

एक युवकलाई आफ्नी विवाहित प्रेमिकाको घरमा राति भेट्न जानु महंगो परेको छ। महिलाका श्रीमान् अचानक आएपछि स्थिति नियन्त्रणबाहिर गयो। श्रीमानले प्रेमीमाथि गरेको आक्रमणपछि उनी गम्भीर घाइते भएका छन्। भारत उत्तर प्रदेशको कानपुरमा भएको यो रोचक घटना अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।  

श्रीमतीसँग देखेपछि रिसले आगो भएका श्रीमानले प्रेमीको गुप्तांग दाँतले टोकेर घाइते बनाएको अमर उजालले लेखेको छ। पीडा र रक्तस्रावका बीच घाइते युवक बाबुपुर्वा प्रहरी चौकी पुगे। उनलाई उपचारका लागि हेलेट पठाइएको छ।

घटना बिहीबार रातिको हो। बेकोनगञ्जका ती युवकले दुई वर्षअघि बाबुपुर्वाकी एक युवतीसँग प्रेम विवाह गरेका थिए। उनीहरू बाबुपुर्वामा भाडाको घरमा बस्छन्। बिहीबार साँझ उनी कुनै कामले बाहिर गएका थिए। घरबाट श्रीमतीलाई शुक्रबार बिहान मात्र फर्कने भनेर हिँडेका थिए। तर, उनले बिना जानकारी राति नै घर फर्कने निर्णय गरे। घर पुग्दा उनले आफ्नी श्रीमतीलाई छिमेकी युवकसँग आपत्तिजनक अवस्थामा देखे।

यो दृश्यले आक्रोशित बनेका श्रीमानले श्रीमतीलाई गाली गर्दै तत्काल प्रेमीमाथि आक्रमण सुरु गरेको समाचारमा उल्लेख छ। कुटपिटका क्रममा उनले प्रेमीको गुप्तांग टोके। सोहीकारण युवक रक्ताम्य र पीडाले छट्पटाउन थाले। घाइते अवस्थामा नै युवक प्रहरी चौकी पुगेका थिए। 

बाबुपुर्वा प्रहरी चौकीका इन्स्पेक्टर अरुण द्विवेदीले घाइतेलाई तत्काल हेलेट पठाइएको उल्लेख गर्दै उपचार भइरहेको जानकारी दिएका छन्। ‘हालसम्म कुनै पक्षबाट औपचारिक उजुरी आएको छैन। उजुरी प्राप्त भएपछि कानुनी कारबाही अगाडि बढाइनेछ,’ इन्स्पेक्टर द्विवेदीले भने।

प्रकाशित: ३० चैत्र २०८१ ११:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App