२४ पुस २०८१ बुधबार
image/svg+xml
अन्य

पछिल्लो ६ महिनमा साढे १५ सय फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म एक हजार पाँच सय ४८ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरेको छ।  

फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान नै सञ्चालन गरेको काठमाडौँ प्रहरीले पुस महिनाको हालसम्म मात्र पाँच सय २५ जनालाई पक्राउ गरेको छ। बिहीबार मात्र ६२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।  

काठमाडौँ प्रहरीले गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ४८, कात्तिकमा एक सय तीन र मङ्सिर महिनामा दुई सय आठ जना फरार प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो।  

फैसला कार्यान्वयनअन्तर्गत पक्राउ परेकाहरूलाई प्रहरीले अदालत पेस गर्ने र अदालतबाट कारागार चलान हुने गरेको छ । विभिन्न कसुरमा अदालतले दोषी ठहर गरी फरार भएका उनीहरूविरूद्ध रू चार करोड ८० लाख ११ हजार दुई सय ९९ जरिवाना र एक सय ३२ वर्ष एक महिना २३ दिन कैद फैसला भएको छ ।  

प्रहरीले विभिन्न कसुरमा जरिवाना तथा कैद सजाय भई फरार भएका व्यक्ति लुकीछिपी बसिरहेको जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिन पनि आह्वान गरेको छ। 

प्रकाशित: १९ पुस २०८१ २१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App