सहकारी पीडितहरूले राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । पीडितहरूले बुधबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई ध्यानाकर्णपत्र बुझाएका हुन् ।
ध्यानाकर्षणपत्रमा राज्यले आफूहरूको बचत फिर्ताका लागि केही कदम नचालेको उल्लेख गरेका छन् ।
यस सम्बन्धमा सहकारी पीडित तथा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका पदाधिकारीहरूको ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष मगरले सहकारीको रकम अपचलन र बचत फिर्ता हुन नसकेको सम्बन्धमा आयोगमा दर्ता भएका उजुरीहरूमा आयोगबाट अनुसन्धान भइरहेको र सम्बन्धित पक्षहरूसँग छलफल गरी निष्कर्षमा पुग्ने बताएका छन् ।
आयोगले राज्य र पीडितहरूका बीचमा यसअघि भएका सम्झौता र सरकारले सार्वजनिक रूपमा गरेका प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।
प्रकाशित: २६ मंसिर २०८१ १८:१९ बुधबार