४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

यो गाडी चोरीको हो

केपी ढुंगाना, काठमाडौं, वैशाख २९- पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक रमेश श्रेष्ठले चढ्दै आएको गाडी चोरी भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ। श्रेष्ठले बा.५ च. ४४०८ नम्बरको कलेजी रङको क्युलिस गाडी प्रयोग गर्दै आएका थिए। यातायात व्यवस्था कार्यालयका अनुसार उक्त नम्बरमा कुनै गाडी दर्ता छैन। तर उक्त नम्बरको गाडी प्रयोग भइरहेको देखेपछि काठमाडौं परिसरको टोलीले दिउँसो २ बजे ज्ञानेश्वर ओरालोबाट गाडी र चालकलाई नियन्त्रणमा लिएको थियो।

  गाडी नियन्त्रणमा लिएर अनुसन्धान गर्दा पूर्व एआइजी श्रेष्ठले प्रयोग गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका चालक महानगरीय प्रहरी आयुक्त कार्यालयबाट श्रेष्ठको सुरक्षामा खटिएका प्रहरी कर्मचारी थिए।

प्रहरीले गाडीबाट पूर्व एआइजी श्रेष्ठको वि्रफकेससमेत बरामद गरेको स्रोतले जनाएको छ। गाडी परिसरमै राखे पनि वि्रफकेसलगायत सहित चालकलाई छाडिदिएको छ। स्रोतका अनुसार गाडी पक्राउ परेको जानकारी पाएपछि पूर्व एआइजी श्रेष्ठले काठमाडौं परिसरका प्रमुख रमेश खरेललाई फोन गरी 'गाडी मेरो हो छोडिदेऊ' भनेका थिए।

एसपी खरेलले गाडी 'हजुरसँग गाडीको कागजपत्र छ भने ल्याउनुस्, त्यसपछि मात्र छोड्न मिल्छ' भनेपछि उनले फोन राखेका थिए। स्रोतका अनुसार पूर्व एआइजी श्रेष्ठले गाडी छोड्न २ पटक एसपी खरेललाई फोन गरेका थिए।

पूर्व एआइजी श्रेष्ठले नागरिकसँग भने गाडी शंकास्पद रहेकाले आफैंले अनुसन्धानका लागि प्रहरीकहाँ पठाएको दाबी गरे। 'मैले कहिलेकाहीं उक्त गाडी प्रयोग गर्ने गरेको हुँ,' उनले भने, 'गाडी चोरीको हो भन्ने लागेपनि अनुसन्धानका लागि प्रहरीकहाँ पठाएको हु"।' श्रेष्ठ महानगरीय प्रहरी आयुक्त कार्यालयको प्रमुखको रूपमा कार्यरत रहेका बेला उमेर हदका कारण २०६६ असोज १ गते सेवानिवृत्त भएका थिए।

परिसरका एसपी खरेलले गाडीधनी नखुलेको दाबी गरे। गाडी बेवारिसे अवस्थामा फेला परेको र हालसम्म कसैले दाबी गर्न नआएको उनले बताए।

प्रकाशित: २८ वैशाख २०६७ २२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App