२ पुस २०८१ मंगलबार
image/svg+xml
अन्य

फेसनमा नहराउने फर्निचर

गैरीधारास्थित करुणा इन्टेरिअरमा नेपाली फर्निचरबाट तयार पारिएका बेड रुम, लिभिङरुम, डाइनिङ तथा अफिस प्रयोजनका लागि उपयुक्त हुने फर्निचरहरु पाइन्छन् ।
यहाँका फर्निचर सिसौको काठबाट तयार पारिएको करुणा इन्टेरिअरका अध्यक्ष देवराज मिश्र बताउँछन् । बेड, दराज, सोफा सेट, ड्रेसिङ टेबल, टेम्पल, फाइल क्याबिनेट, डाइनिङ टेबल यी सबै खालका फर्निचर यहाँ उपलब्ध छन् । कहिल्यै फेसन आउट नहुने डिजाइनका फर्निचर यहाँ उपलब्ध हुने मिश्रको भनाइ छ । भन्छन्, ‘एक पटक किनिसकेपछि ढुक्कका साथ लामो समयसम्म फर्निचर किन्नै पर्दैन । यी फर्निचर बलियो र टिकाउ छन् ।’
यहाँ पाइने फर्निचरको डिजाइन ‘युनिक’ किसिमका छन् । आफ्नो कोठाका लागि कस्ता खालका फर्निचर चाहिन्छ, त्यसका लागि इन्टेरिअर डिजाइनको समेत सुविधा दिने गरिएको मिश्रको भनाइ छ । ३० वर्षदेखि सञ्चालनमा रहेको करुणा इन्टेरिअरमा हेर्दा सामान्य डिजाइनको देखिए पनि यसको डिजाइन कहिल्यै पुरानो नहुने उनी बताउँछन् । तडकभडकभन्दा पनि यहाँ साधारण डिजाइनका फर्निचर पाइन्छन् । किरा, धमिरा लाग्ने डर हुँदैन । विदेशीले समेत आएर लैजाने उनी बताउँछन् । वालनट गाढा खालको रङमा फर्निचर सुलभ मूल्यमा उपलब्ध छन् र ती गुणास्तरीय पनि रहेको उनको दाबी छ । आल्मुनियम झ्यालढोकाका अतिरिक्त तिनलाई पार्टिसनसमेत यहाँ गरिन्छ । मोडुलर किचन डिजाइनको सुविधासमेत रहेको यहाँ एल सेप, कर्नर, राउन्ड ह्यान्ड, बेन्ड ह्यान्ड सोफा सेट, किन र कुुइन साइजको बेड पाइन्छन् । स्लोप र राउन्ड मिरर सोफा ड्रेसिङ टेबल पनि यहाँ पाइन्छ ।
काठमा ध्यान दिनुपर्ने कुरा:

काठ बिगार्ने भनेको चिसोले हो । सकेसम्म चिसो र ओसिने ठाउँमा काठका सामग्री नराख्दा राम्रो हुन्छ ।
सिधै घाम लाग्ने ठाउँमा पनि यस्ता फर्निचरलाई नराख्दा नै राम्रो हुन्छ । फर्निचर झ्यालको छेउमा छ भने घामबाट बचाउन पर्दाको प्रयोग गर्नुपर्छ ।
यस्ता फर्निचर सफा गर्न सफा कपडा प्रयोग गर्नुपर्छ । सफा गर्दा पानीको प्रयोग नगर्दा नै बेस हुन्छ किनभने पानीले बाहिरको साइनिङ मिटिने डर हुन्छ ।
साइनिङ दिइराख्नका लागि ‘वाक्स’को प्रयोग गर्न सकिन्छ । दुई–तीन महिनामा एकपटक वाक्सले पोलिस गर्दा बेस यस्ता फर्निचर टलक्क टल्किन्छन् ।

प्रकाशित: ८ श्रावण २०७४ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App