१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

गर्मीमा एलर्जी भए के गर्ने ?

मनिता तामाङ, ब्युटिसियन
रूपकला ब्युटिपार्लर, इटहरी, सुनसरी

गर्मी मौसममा तैलीय छाला हुनेलाई चिलाउने, एलर्जीलगायत विभिन्न समस्या देखापर्छन् । गर्मीमा तैलीय छाला तातेर रोमछिद्रहरू खुला हुन्छन् । तिनै छिद्रबाट रसायनयुक्त सौन्दर्य प्रसाधन प्रवेश गर्दा एलर्जीको समस्या देखिन सक्छ । धुलोमैलोले पनि एलर्जी निम्त्याउन सक्छ । बढी नै चिलाउने गरी एलर्जी भएमा चिकित्सकको सल्लाहमा औषधि प्रयोग गर्नु उचित हुन्छ । सामान्य एलर्जी भएमा यसो गर्न सकिन्छः

–एक चम्चा बेसनमा तीन÷चार थोपा कागतीको रस, पाँच थोपा हलेदो ( काँचो बेसार) को रस, एक चिम्टी बेसार र तीन÷चार वटा तुलसीको पात मिसाउने । मिसाइएका सामग्रीलाई गोलभेँडाको रसमा घोल्ने । मज्जाले घोलिएपछि त्यो लेप अनुहारमा लगाउने र १० मिनेटसम्म राख्ने । त्यसपछि हल्का मसाज गर्ने र अनुहार राम्ररी धुने ।
–अनुहार धोएपछि अनिवार्य रूपमा टोनर लगाउने । टोनरमाथि हल्का सनब्लक क्रिम लगाउने । घाममा हिँड्दा अनुहारमा छाया पर्ने गरी सल ओढ्ने अथवा छाता ओढ्ने ।

–घामले तपाईंको छालाको रङ फिक्का या कालो बनाएको छ भने गोलभेँडालाई महीसँग मिसाएर अनुहार र छालामा लगाउनुहोस् । त्वचाले शीतलता पाउनेछ र कालोपन पनि पनि हट्नेछ ।
–नुहाउनुअघि शरीरका खुला भागमा दही लगाउनुहोस् र १० मिनेटसम्म राख्नुहोस् । त्यसपछि नुहाउनुहोस् । यसो गर्दा घामले डढेर कालो भएको छालामा छमक आउन थाल्नेछ ।
–पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि छालालाई फाइदा गर्छ ।
–काँक्राको रस, डिस्टिल्ड बिच हेजल तथा गुलाबजल मिलाएर फ्रिजमा राख्नुहोस् । यस मिश्रणलाई घामले डढेको त्वचामा लगाउनाले निकै लाभ हुनेछ ।
–एक सानो चम्चा काँक्राको रस,  आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको त्वचामा लगाउनाले त्वचा नरम र गोरो हुन्छ ।
–टमाटर र दही बराबर मिलाएर राम्ररी फिट्नुहोस् र यो मिश्रणलाई त्वचामा लगाएर १० मिनेटसम्म राखिसकेपछि चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो ।
–आलसको तेल र कागतीको रस बराबर मात्रामा मिलाएर घामले डढेको त्वचामा लगाउनाले निकै फाइदा हुन्छ ।
–सनबर्नमा साबुन नलगाउनुहोस् । काँचो दूध लगाउनुहोस् । यसले त्वचालाई अतिरिक्त नोक्सानबाट जोगाउनेछ ।
–चन्दनको धुलो, बेसन, गुलाबजल र कागती मिलाएर फेसप्याक बनाउनुहोस् । यसले सनबर्नबाट त्वचालाई बचाउनेछ ।
–कागती र मही मिलाएर लगाउनाले घामको कारणले कालो भएको अनुहारमा निखार आउँछ ।

 

प्रकाशित: १४ असार २०७४ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App