८ पुस २०८१ सोमबार
image/svg+xml
अन्य

लेख्ने डाक्टर

क्याथे सुफ्रो


‘जब तपाईं खाली पानाको माथि बस्नुहुन्छ, तपाईंले त्यसको सुरुवात गर्नुहुन्छ,’ चिकित्सासम्बन्धी १३ वटा निबन्ध र छोटो कथा लेखेका शल्यचिकित्सक तथा लेखक रिचर्ड ए. सेल्जरले भने, ‘यसलाई चाहे रगत भन्नुहोस् वा मसी, यो मेरो जीवनको कथा हो ।’ सन् १९७० को सुरुवाती दिनमा साहित्य लेखन आरम्भ गरेका यी शल्यचिकित्सकका साथीहरू उनको लेखनलाई रहस्यमय मान्छन् । उनीहरू सोध्छन्, ‘के तिमीलाई शल्यक्रिया गरेर मात्र पुगेन?’ अन्ततः उनी साथीहरूमाझ एक्लिए पनि । 

सन् १९५० को दशकमा कोरियाको सेनामा मेडिकल अफिसरका रूपमा काम गर्दा सेल्जरले लेखन दैनिकीबाट सुरु गरे । ‘यसलाई निरन्तरता दिन मैले हरेक दिनको अन्त्यमा दिनभर के भयो भनेर लेख्न थालेँ,’ उनी भन्छन् । आवासीय रूपमै नयाँ ठाउँमा काम गर्न थालेपछि भने उनले यो दैनिकी लेख्न बिर्से । उनी डाक्टर हुनमै व्यस्त रहे र लेख्ने कुनै योजना पनि बनेन । 

सन् १९७० को मध्यतिर याल फ्याकल्टीको २५ वर्षे करियरको मध्यतिर आइपुग्दा सेल्जरले फेरि लेख्नुपर्छ भन्ने महसुुस गरे । ‘एक दिन मेरो छोडिएको कल्पनाको ढोका खुल्यो,’ उनी भन्छन्, ‘यसले मलाई ब्युँझायो । म मेरो जीवनलाई साहित्यिक शब्दहरूमा देख्न थालेँ । मैले आक्रामक रूपमा लेख्न थालेँ ।’ सन् १९७६ देखि १९८२ को बीचमा उनले उनका तीन वटा निकै चिनिएका पुस्तकः मोर्टल लेसन्सः नोट्न अन दि आर्ट अफ सर्जरी, कन्फेसन्स अफ अ नाइफ र लेटर्स टु अ योङ डाक्टर लेखे । ‘मेरो लेखन यत्तिकै पोखिन्छ । यो बेहोसी छ,’ उनी आफ्नो लेखनबारे भन्छन् । जब उनलाई छुने कुनै आख्यान वा कविताको हरफ देख्छन्, उनी तत्काल त्यसलाई लेख्छन् अनि पढ्न थाल्छन् । 

सेल्जर आफ्ना कथाहरूलाई आफ्नै अनुभवका आधारमा सिर्जना गर्छन् । उनी भन्छन्, ‘मलाई संसारले कुराहरू बनाउन सक्ने सबै खालको स्वतन्त्रता दिएको छु । तर, हरेक कथामा सत्यताको अंश हुन्छ । म तथ्यमा त्यति धेरै रूचि राख्दिनँ । म सत्यमा भर पर्छु जुन वास्तविकताभन्दा तल रहन्छ । यो त्यस्तो वास्तविक वास्तविकता हो जुन वास्तविकताको तल रहन्छ ।’

सेल्जर लेखनलाई आफू जन्मिएको कारणको रूपमा लिन्छन् । उनले यालको बेन्क पुस्तकालयलाई कार्यालयको रूपमा प्रयोग गर्दै लेख्न निरन्तरता दिन्छन् । उनको पछिल्लो पुस्तक डायरीलाई याल युनिभर्सिटी प्रेसले गत स्प्रिङमा प्रकाशित गरेको छ । 

सेर्विन नुल्यान्ड एक शल्यचिकित्सक हुन् । उनका लागि काम निकै रमाइलो कुरा हो र त्यसैले गर्दा उनी शल्यचिकित्सक बने । तर, जब उनले दुई दशकभन्दा लामो समयसम्म ऐतिहासिक रूपमा महŒवपूर्ण चिकित्सकको बायोग्राफीहरू लेख्न बसे, उनलाई अर्को ज्ञान भयो । उनी अहिले अन्तर्राष्ट्रिय रूपमै लेखक र विद्वान्का रूपमा चिनिन्छन् । सन् १९८८ मा प्रकाशित डक्टर्सः दि बायोग्राफी अफ मेडिसिन नामको आत्मवृत्तान्त उनको पहिलो पुस्तक भयो । उनको निकै चर्चित पुस्तक, हाउ वि डाईः रिफ्लेक्सन्स अन लाइफ्ज फाइनल च्याप्टर ले सन् १९९४ मा नेसनल बुक अवार्ड पायो भने आठ महिनासम्म दि न्युयोर्क टाइम्सको बेस्ट सेलर पुस्तकको रूपमा रहिरह्यो । न्युल्यान्डको अन्य लेखनमा लियोनार्दो दा भिन्चीको र १२ औँ शताब्दीका फिजिसियन फिलोसफर मोसेज मेमोनाइड्सको छोटो आत्मवृत्तान्त पर्छ । उनले एउटा संस्मरण लस्ट इन अमेरिकाः अ जर्नी विद माई फादर लेखेका छन् जसलाई उनी आफ्नो उत्कृष्ट कामको रूपमा लिन्छन्। 
शल्यचिकित्सकको समयतालिकाले न्युल्यान्डलाई लेख्नका लागि प्रशस्त अवसर दियो । शल्यक्रिया गर्ने काममा ढिलाइ हुँदा बीचमा निस्कने समयलाई सदुपयोग गर्दै उनी पुस्तकालयमा बसेर लेख्ने गर्थे । ‘दि मेडिकल हिस्टोरिकल लाइब्रेरी शल्यक्रिया कक्षभन्दा टाढा दुई वटा फुटबल मैदान हो,’ उनी भन्छन्, ‘मैले कहिल्यै पनि मेरो समय खेर फालिनँ ।’ केही चिकित्सकसँग मात्र यो बीचमा यस्तो खाली समय हुने उनी बताउँछन् । आफू बालरोग विशेषज्ञ वा आन्तरिक चिकित्सामा भएको भए आफूले यस्तो गर्न नसक्ने पनि उनी उनको भनाइ छ । 

उनी लेखनले आफ्नो जीवनलाई शल्यचिकित्सकको रूपमा सूचित गराएको बताउँछन् । पूर्णकालीन रूपमा काम सुरु गर्नुभन्दा छ वा सात वर्षअघि लेखन थालेका उनलाई त्यो लेखनबारेमा कुनै प्रश्न छैन । शल्यचिकित्सकको रूपमा काम गर्दा बिरामी र तिनको परिवारको बारेमा बुझ्न तथा मेडिकल ज्ञान, क्लिनिकल निर्णय क्षमता हासिल गर्न सहयोग गरेको उनी बताउँछन् । 

शल्यचिकित्सक र लेखकहरूले निर्णय गर्दा उनीहरूको जीवनमा त्यो समयमा भएको कुरा खिच्ने न्युल्यान्ड बताउँछन् । तर ,जब शल्यचिकित्सकले यी दुईमा छनोट गर्नुपर्दा उनी भन्छन्, ‘लेखनमा तपाईंले निर्णय गर्नुहुन्छ भन्ने कुराबारे खास जानकार हुनु हुन्न । तपाईंले तपाईंको अचेत मस्तिष्कलाई स्वतन्त्र रूपमा तैरिन दिइरहनु हुन्छ ।’

अहिले ८० वर्ष पुगेका न्युल्यान्डले ६१ वर्षको उमेरमा शल्यचिकित्साको काम छाडेका थिए । त्यसपछि अहिलेसम्म पनि उनले अध्ययन र लेखनलाई निरन्तरता दिँदै आएका छन् । फुर्सदको समयमा उनी आफ्ना नातिनातिनालाई भेट्न जान्छन् । उनले लेखेका हरेक अनुच्छेदलाई ठूलो स्वरमा पढ्छन् जसले गर्दा उनले हरेक शब्दलाई आत्मसात गर्ने प्रयास गर्छन् । 

न्युल्यान्डलाई तथ्यहरूबारे सावधान पनि हुनुपर्छ । ‘मेडिकल चिकित्सकहरूका लागि एउटा खतरा भनेको साहित्यिक प्रभावका लागि तथ्यहरू तोडमोड गर्नु हो,’ उनी भन्छन् । समयक्रममा, लेखकहरूले त्यो तोडमोडको पहिचान गर्ने र त्यसलाई मन नपराउने उनलाई लाग्छ । 

उनी पाठकलाई आफूभन्दा फरक अनुभव भएको, तर आफूजस्तै मानिसको रूपमा लिन्छन् । उनको आफ्नो अनुभवको आधारमा, न्युल्यान्डले शल्यचिकित्सकको रूपमा बिताएका ३५ वर्षलाई निकै महत्त्व दिन्छन् । यो कर्मबाट लगभग २० वर्षसम्म टाढा भए पनि उनलाई बिरामी मानिसलाई निको पार्न पाउनु जीवनको सबैभन्दा ठूलो सन्तुष्टि लाग्छ । ‘कुनै बिरामीलाई उसको रोगको भारीबाट मुक्त गराउनु भनेको त्यो मुक्त गराउने मानिसका लागि ठूलो कोसेली हो,’ उनी भन्छन्। 

 

प्रकाशित: ३० वैशाख २०७४ ०७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App