८ वैशाख २०८१ शनिबार
अन्य

दुई महिनापछि खुल्यो कर्णाली राजमार्ग

जुम्ला–अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएर अवरुद्ध कर्णाली राजमार्ग दुई महिलापछि खुलेको छ। जुम्ला कोलकोट खण्डको जुविथा– ९ खल्लागाड र राचुली गाविसको खण्डमा पहिरो जादा सडक अवरुद्ध भएको थियो। खल्लागाडको खोला बढेको र राचुलीमा पहिरो जाँदा रोकिएको सडक शुक्रबार साँझदेखि खुलेको हो।

सडक खुलेसँगै राजमार्गकाबीचमा सवारी साधन सदरमुकाम खलंगा पुगेका छन् भने खलंगादेखि सुर्खेत नेपालगंज छुट्ने बस छुट्न थालेका छन्।
राजमार्ग अवरुद्ध हुँदा खल्लागाडसम्म लिएर अर्को बसमा यात्रुलाई चढाएर यात्रुलाई पठाउनु परेको कर्णाली यातायात व्यवसायी संघ जुम्लाका अध्यक्ष मिनबहादुर थापाले जानकारी दिए।

उनका अनुसार कालिकोट खण्डको खल्लागाड खण्ड सवै भन्दा कठिन थियो। सडक डिभिजन कार्यालयले वर्षा भइरहुन्जेल सम्मकालागि एक स्काईभेटर खटाएर अवरुद्ध हुने वित्तिकै खुलाउने प्रवन्ध गरेपछि अहिले नियमित रुपमा सवारी सञ्चालनमा आएका हुन्।

यसअघि जुम्लाबाट पूर्व सांसद देविलाल थापाको नेतृत्वमा खल्लागाड खण्डको अनुगमन गरी सडक डिभिजन कार्यालयलाई नियमित सवारी सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएपछि अहिले यात्रुलाई सहज भएको हो।

अनुगमन टोलीले जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद, प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी सहितको सरोकारवालालाईसमेत ध्यानाकर्षण गराएको थियो। कर्णाली राजमार्गमा निर्माण हुने आधा दर्जन बढी पुल नवन्दा यो सडकमा चल्ने सवारी र यात्रुले निकै समस्य झेल्नु परेको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले अव सामान्य पहिरो आउने वित्तकै सडक अवरुद्ध नहुने बताए। निरन्तर रुपमा सडक डिभिजन कार्यालय कर्णाली संग समन्वय गरेर राजमार्ग सञ्चालनबारे जानकारी लिइरहेको भन्दै अवरुद्ध हुने वित्तिकै खुलाउने गरि निर्देशन गरिएको उनको भनाइ छ।

उनका अनुसार कर्णाली राजमार्ग खुलाउने विषयमा भौतिक पुर्वाधार तथा निर्माण मन्त्रालय, सडक विभाग, क्षेत्रीय सडक निर्देशनालय, जुम्ला सुर्खेत सडक निर्माण आयोजनादेखि सडकसँग सरोकार राख्ने सवै निकायसँग समन्वय भइरहेको छ।

 

प्रकाशित: ४ भाद्र २०७३ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App