पछिल्लो समय सशस्त्र गतिविधिमा समेत संलग्न रहँदै आएको भनिएका हाराहाङको आश्रय स्थलमा गरिएको कारवाहीमा प्रहरीले दुईथान हतियार बरामद गरेको दावी गरेको छ। ईखावु गाविस वार्ड नं ४ घर भएका उनले पछिल्लो समय समुह बनाई सशस्त्र गतिविधस गर्ने, जनजीवन आतंकित पार्ने कार्य गर्दै आएको प्रहरीले बताएको थियो।
सशस्त्र गतिविधिमा संलग्न भनिएका हाराहाङलाई पक्राउ गर्न प्रहरीले निरन्तर प्रयास गर्दै आएपनि सफल भएको छैन। जिल्ला प्रहरी कार्यालयका डिएसपी शान्तिराज कोईरालाले शसस्त्र समुहको सेल्टरमा प्रहरीले कारवाही चलाएपनि पूर्ण विवरण आउन नसकेको बताए। 'हामी बुझ्ने कोशिस गर्दैछौं, प्रहरीको संचार सेटले काम गरिरहेको छैन'डिएसपी कोईरालाले भने।
प्रहरीले पछिल्लो समय मोष्ट वान्टेड सुचिमा रहेका अभियुक्तलाई नियन्त्रणमा लिएर कानुनी कारवाही चलाउने अभियान तीव्र पारेको छ।
कर्तव्य ज्यान मुद्यामा ६ बर्षदेखि फरार रहेका र पक्राउको क्रममा प्रहरी टोलीमाथि नै आइलाग्ने साँवा गाविसका मण्डेला भनिने सागरकुमार साँवाले आत्मसर्मपण गरेका छन्। प्रहरी अप्रेशनका कारण मण्डेलाले प्रहरीमा आत्मसर्मण गरेका थिए।
प्रकाशित: २८ आश्विन २०७२ २०:३४ बिहीबार





