४ वैशाख २०८१ मंगलबार
विचार

वार्षिक बिदाको विषय

नेपालमा बिदा व्यवस्था

सरकारले जेठ १, २०७९ देखि कार्यालय समय ९.३० र ५.३० सहित हप्ताको शनिबार र आइतबार बिदा दिने चलन फेरि सुरु गर्नु राम्रो पक्ष हो। यो चलन दिगो रूपमा किन रहिरहनुपर्छ भन्नेबारे तल उल्लेख गर्न चाहन्छु।

तराईका बासिन्दालाई ल्होसार के हो? कसरी मनाइन्छ भन्ने जसरी थाहा छैन् त्यसैगरी सगरमाथा फेदीका बासिन्दालाई छठ पर्व के हो र कसरी मनाइन्छ भन्ने थाहा हुँदैन। यसैगरी राजधानी उपत्यकामा मनाइने घोडे जात्रा, इन्द्र जात्रा, गाई जात्रा र मच्छिन्द्र रथ जात्राबारे पहाड, तराई र हिमालमा बसेका नेपालीलाई कमै थाहा छ। यस अर्थमा दिइने बिदाहरूका अर्थ र उपादेयताबारे गहन भएर सोच्ने बेला भएको छ।

आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनका लागि युरोप र अमेरिकामा मजदूरले गर्दै आएको संघर्षस्वरूप एसियाका देशमा पनि हप्ताको ४० घन्टे तालिकामा चल्दै आएको छ। युरोपको एक देशमा त दैनिक १० घन्टाका दरले हप्ताको ४ दिन काम गरी ३ दिन बिदा दिने चलन छ। संसारका सबैजसो देशमा हप्ताको ५ दिन काम र २ दिन बिदा दिने चलन छ। यसैअनुरूप आफ्नो देशमा बिदा समायोजन गर्दै आएको छ।

नेपालमा २०७९ सालमा ९५ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय थियो। सरकारले २०७९ सालमा शनिबारबाहेक अर्थात ५२ दिन र विभिन्न पर्व, दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसरी वर्षको जम्मा ९५ दिन बिदा हुने भनिएको छ। नेपाल सरकारले वार्षिक रूपमा निर्णय गर्दै आएको अनुभवअनुसार संवत् २०७९ वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षको सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि निर्णयबमोजिम सार्वजनिक, पर्व, सट्टा बिदा र कार्यालय बिदा समय निर्धारण गरेको छ।

श्रम कानुन र अरू नियमअनुसार श्रमिक र कर्मचारीले निजी कम्पनीहरूमा दैनिक ८ घन्टा काम गरी हप्ताको ४८ घन्टा तोकेकाले सोहीअनुरूप निजी क्षेत्रका श्रमिक र कर्मचारीले हप्ताको ४८ घन्टा कार्य गर्न परिरहेको अवस्था छ। यो पंक्तिकार पनि केही महिना निजी कम्पनी संस्था प्रशारण तथा प्रकाशन कम्पनीमा काम गर्दा पनि यही अनुभव गर्नुपरेको थियो।

तर अन्तर्राष्ट्रिय मान्यताअनुरूप हप्ताको ४० घन्टा मात्र काम लगाउन पाइन्छ। त्यसैअनुरूप सरकारले सरकारी कार्यालयमा हप्ताको ४० घन्टाको मापदण्ड राखेको छ। नेपालका निजी क्षेत्रमा हप्ताको ४८ घन्टा कार्य गर्ने समय सरकारको कार्य समयसँग बाझिएको छ। नेपालका निजी कम्पनीमा दिइने कार्य घन्टा अन्तर्राष्ट्रिय मान्यताअनुरूप मिलेको देखिँदैन। भनाइको मतलब नेपालका निजी कम्पनीमा पनि हालको सरकारी कार्य घन्टा जस्तै हप्तामा ४० घन्टा कायम गर्नु उपयुक्त देखिन्छ।

विश्व परिवेश

संसारका ८८ प्रतिशत देशमा सातामा २ दिन सार्वजनिक बिदा दिइने प्रचलन छ। जसको आधार बाह्य अभ्यास, सन्धि/सम्झौता र नीतिनियमलाई समेत मानिएको छ। हप्तामा ४ दिन काम, ३ दिन छुटी दिई विश्वका धेरै देशमा शनिबार र आइतबारका दिन घर जाने प्रचलन रहिआएको देखिन्छ। सन् २०२२ को सुरुवातदेखि युएइले पनि शनिबार र आइतबार बिदासँगै शुक्रबार आधा दिन बिदा दिन थालेको छ। यसलाई सबभन्दा लामो अवसरको चलनका रूपमा हेरिएको थियो।

नेपालले अब के गर्ने?

नेपालमा बाह्य अभ्यास तथा बिदाले देशको कुल गार्हस्थ्य उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी सार्वजनिक बिदा थप गर्न सरकारलाई विभिन्न पक्षले सिफारिस गरिआएको छ। प्रचलनमा नेपालमा हप्तामा एक दिन अर्थात शनिबार मात्र बिदा दिने गरिएकामा अब आइतबार पनि बिदा थपिने र त्यसको आन्तरिक पर्यटन प्रबद्र्धन, सार्वजनिक खर्चमा कटौती, इन्धनमा कटौती, उत्पादकत्वमा वृद्धि गर्दै देशको अर्थतन्त्रमा टेवा पुग्ने धेरैको ठहर छ।

हाम्रा कार्यालय समयमा पनि कार्यालयबाहिरका काम लिई जाने कर्मचारी अधिकांश हुन्छन्। तसर्थ नेपालमा हप्ताको एकैदिन बिदा दिने चलन ठीकै ठानिएको थियो। तापनि पुरानो राणाकालीन चलनका अवशेष शनिबार बिदाको सटा आइतबार बिदा दिइ बाह्य मापदण्ड कायम गर्दा शनिबार कार्यालय खोली हालको हप्ताको ४० घण्टा नघट्ने गरी दैनिक एक घण्टा गर्न सकिन्छ। छिमेकी देशमा जस्तै एक बजेदेखि दुई बजेसम्म सम्पूर्ण कार्यालय खाजाको लागि बन्द गरी कार्यालय समय नौं पाँच गरी हप्ताको एक दिन बिदा दिने चलन परम्परागत रूपमा आएको चलनलाई उही हप्ताको ४० घण्टा हुने गरी सुदृढीकरण पनि गर्न आवश्यक छ।

नेपाली कुनै धार्मिक चाडमा सार्वजनिक बिदा दिनुको मतलव राष्ट्रिय मान्यता दिनु हो र यसको महत्व बढाउनु हो। वास्तवमा सबै धर्म सबै चाडलाई उत्तिकै मान्यता र महत्व दिन त वार्षिक रूपमा स्वेच्छिक २०–२४ दिन ल्याप्स भएर जाने र पाकेमा पैसा नपाइने गरी वार्षिक चाडपर्व एकमुष्ट बिदा दिइ जुन धर्मका चाडमा आफूखुसी स्वेच्छिक चाडपर्व बिदा दिने/लिने चलन गर्नुपर्छ। र, हप्ताको २ दिन बिदा कायम गरी दैेनिक आठ घण्टा कार्यालय समय राखी हप्ताको ४० घण्टा बनाइनुपर्दछ।

हालको घर बिदा र हालको ६ दिन भैपरी कायम राखिनुपर्छ। तर हालको ६ दिनको पर्व बिदा हटाउनु पर्छ। बिदा समायोजन गर्दा राष्ट्रिय बिदा, पर्व, दिवस र वैदिक पौराणिक बिदा १२ देखि १६ दिन जति, प्रस्तावित स्वेच्छिक ल्याप्स भएर जाने पर्व बिदा २४ दिन जति दिइनुपर्छ। १२ देखि १६ दिने राष्ट्रिय बिदाहरूमा घटस्थापना एक दिन, दशैं एक दिन, तिहार एक दिन, जनैपूर्णिमा एक दिन, रामनवमी एक दिन, शिवरात्रि एक दिन, युएन डे एक दिन, श्रम दिवस एक दिन, गणतन्त्र दिवस एक दिन, सहिद दिवस एक दिन, महिला दिवस एक दिन गरी १२ देखि १६ दिने राष्ट्रिय बिदा प्रस्तावित गर्न सकिन्छ। यी दिनभन्दा बढी दिन बिदा चाहिएमा स्वेच्छिक बचत नहुने २४ दिनमध्येबाट आफूखुसी विदा लिने प्रस्तावित गर्न सकिन्छ।

राष्ट्रिय बिदा १२ देखि १६ दिन, स्वेच्छिक २४ दिने जम्मा नहुने बिदा र हालको भैपरी छ दिनसहित घर बिदा बिरामी बिदा कायम राखी कायम राखी हप्ताको २ दिन छुट्टी गरी कार्यालय दिन पाँच गरी कार्यालय समय दैनिक ८ घण्टा गरेमा बिदा व्यवस्थापन तथा समायोजन हुन गई उत्पादकत्व बढी हुन जान्छ कि ? यसो गरेमा हाल दिइआएको शनिबार ५२ र अरू थप ४० देखि ४५ दिनको बिदा गरी ९५ दिन र थप शनिबार ५२ दिन बिदा समायोजन गर्न पंक्तिकारले प्रस्तावित गर्दै आएको छ। 

प्रकाशित: २३ वैशाख २०७९ ०१:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App