१९ पुस २०८२ शनिबार
image/svg+xml
विचार

मानसिक रोग र मनोचिकित्सा

मानिसको मनमस्तिष्कले नै उसको व्यक्तित्व निर्माण गर्छ। त्यसैले त मानिसको प्रवृत्ति, सुखदुःख, उसले गर्ने कार्य तथा भविष्यको योजनाजस्ता कुरा मस्तिष्कमा विद्यमान एक खर्बभन्दा बढी मस्तिष्ककोशको क्रियाकलापमा निर्भर रहन्छ। एउटा सानो उदाहरणः आफ्नो प्रिय व्यक्तिलाई चुम्बन गर्दा जुन उत्तेजना तथा सुखद अनुभूति उत्पन्न हुन्छ, यसमा पनि मस्तिष्कका विशेष स्नायुकोशहरूको महत्वपूर्ण भक्ष‘मिका रहन्छ। तर मस्तिष्क मानिसको मालिक भने होइन, शरीरको हाकिम (बोस) हो। मानिसको मालिक त मन हो। त्यसैले त मनमा मस्तिष्क परिवर्तन गर्ने शक्ति हुन्छ। उचित र तार्किक विचारमा मस्तिष्क पुनर्संरचना गर्ने सामर्थ्य हुन्छ। अंगुलीमाल एउटा विचारले हत्यारा भएको थियो, बुद्धको अर्को विचारले ऊ एकैछिनमा भिक्षु भयो। साइकोथेरापीको एक विधि, संज्ञानात्मक मनोचिकित्सा (कग्निटिभ थेरापी)ले गर्ने पनि यही हो।कग्निटिभ थेरापीको प्रतिपादन सन् १९६० तिर प्रसिद्ध मनोचिकित्सक प्रा.डा. आरुन बेकले गरेका हुन्। यो मनोचिकित्सा पद्धति विशेष गरेर अवसाद (डिप्रेसन)का रोगीको उपचारका लागि विकसित गरिएको भए पनि धेरै किसिमका मानसिक रोगमा यो प्रभावकारी देखिएको छ। यो मनोचिकित्सा पद्धति मानसिक विकारहरू (मेन्टल डिस्अर्डर) तथा व्यथा (डिस्टे्रस)को मूल कारण प्रतिकक्ष‘ल वा नकारात्मक भावना हो भन्ने मान्यतामा आधारित छ। 
अर्को शब्दमा भन्दा, मानिसको सोच, संज्ञान (कग्निसन) तथा चिन्तनले नै मानसिक रोग पैदा गर्छ। त्यसैले मानसिक रोग ठीक गर्नका लागि रोगीको मनमा रहेका प्रतिकक्ष‘ल तथा नकारात्मक भावना परिवर्तन आवश्यक पर्छ। संज्ञानात्मक व्यवहार चिकित्सा (कग्निटिभ बिहेभियर थेरापी) मा विभिन्न संज्ञानात्मक प्रविधि (कग्निटिभ टेक्निक)को सहायताबाट रोगीको संज्ञानात्मक पुनर्संरचना गरिन्छ, जसले गर्दा रोगीको मनमा गडेर बसेका गलत चिन्तन तथा विश्वास हटेर शुभ चिन्तन तथा विश्वास विकसित भई व्यवहार समायोजित हुनपुग्छ। 
कग्निटिभ बिहेभियर थेरापी (सीबीटी) औषधिहीन उपचार पद्धति हो। डिप्रेसन तथा आत्तिने रोगका लागि त यो सर्वोत्कृष्ट उपचार पद्धति हो। रियाक्टिभ तथा हल्का खालको डिप्रेसनका लागि सीबीटी कुनै पनि अवसादविरोधी औषधि (एन्टीडिप्रेसेन्ट) भन्दा निकै प्रभावकारी हुन्छ। अर्को उल्लेखनीय कुरा के भने, सीबीटीले मानसिक रोग जरैसम्म उखेल्न सहयोग गर्छ। केमिकल थेरापी (औषधि) ले केवल रोगको नियन्त्रणमात्र गर्छ। त्यसैले सीबीटीको लोकप्रियता निकै बढेको छ। 
हिजो जसरी साइकोथेरापी भन्नाले फ्रायडको मनोविश्लेषणलाई बुझिन्थ्यो, तर आज मनोविश्लेषण भन्नाले कग्निटिभ थेरापीलाई बुझिन्छ। आरुन बेक टिमले डिप्रेसनको उपचारका लागि कग्निटिभ थेरापीको विकास गरेका हुन्। सीबीटीद्वारा डिप्रेसन तथा दुश्चिन्ताजस्ता मानसिक रोगको उपचार गर्दा विभिन्न कग्निटिभ टेक्निक उपनाउने गरिन्छ। यससम्बन्धमा भारतका एकजना न्युरोसाइकियाटि्रस्ट प्रा.डा. अनिता स्वामीसँग एउटा अनौठो अनुभव छ। केही महिनापहिला उनीकहाँ एकजना ज्यादै ‘डिप्रेस्ड' युवक आए। कुराकानी गर्दै जाँदा थाहा भयो, सँगै बाँच्ने, सँगै मर्ने बाचा गरेकी प्रेमिकाले छोडेर अर्कैसँग विवाह गरेपछि उनलाई भुल्न नसकेर ज्यादै डिप्रेस्ड भएका रहेछन्। अनि उनले ती युवकसँगै बसेर विद्युविनोद चोपडाको एउटा हिन्दी सिनेमा, ‘मुन्ना भाइ एम्.बी.बी.एस्.' हेरिछन्। 
उक्त सिनेमाको एक दृश्य र गीतले एकाएक ती युवकको सोच परिवर्तन भएछ, डिप्रेसन पनि गायब भएछ। डिप्रेसन सोचकै कारण पैदा हुन्छ। सोच ठीक भयो भने डिप्रेसन पनि ठीक हुन्छ। त्यसैले डिप्रेसनको सर्वोत्तम उपचार विधि भनेको नै साइकोथेरापी हो। साइकोथेरापीले काम गरेन भनेमात्र साइकियाटि्रक औषधि पनि साथै सेवन गर्नु राम्रो हुन्छ। 
बेकको कग्निटिभ मोडलअनुसार डिप्रेसनको प्रमुख कारण मानिसको सोच हो। नकारात्मक र अतार्किक सोचले नै डिप्रेसनलगायतका मानसिक रोग पैदा गर्छ। मानिसको सोचले कसरी कार्य गर्छ भन्ने बुझ्नका लागि एउटा उदाहरण लिउँः तराईको ठाउँ, गर्मी मौसम, टन्टलापुर घाममा एकजना मानिस असिनापसिना भएर सडकमा हिँडिरहेको थियो। त्यसैबेला उसको नजर एउटा पालकीमा पर्योा। चार जनाले पालकीमा एक मानिस बोकेर हिँडिरहेका थिए। चारै जना पसिनाले निथ्रुक्क थिए। स्वाँस्वाँ र फ्वाँफुवाँ गर्दै पाइला चालिरहेका थिए। पालकीको मानिसचाहिँ आनन्दसँग सुतिरहेको थियो। त्यो मानिसलाई देखेर पैदलयात्री टक्क अडियो। र, सोचमग्न भयोः त्यो पालकीमा सुतेको मानिस कति सौभाग्यशाली रहेछ। म भने कति अभागी रहेछु, यस्तो घाममा पनि पैदल हिँड्नुपरेको छ! त्यसैबेला उसको नजर पालकी बोक्नेहरूमाथि पर्योस। अचानक उसको मनस्थितिको धारा बदलियोः ‘यस्तो घाममा पनि विचराहरू पालकी बोकेर हिँडिरहेका छन्। म त निकै सुखी र भाग्यशाली रहेछु, टन्टलापुर घाममा पालकी बोकेर त हिँड्नु परेको छैन। एकाएक ऊ उत्प्रेरित भयो, ऊर्जाशील भयो अनि फटाफट आफ्नो बाटो नाप्यो।
सीबीटी डिप्रेसनका लागि मात्र प्रभावकारी नभएर थुप्रै किसिमका मानसिक रोगका लागि पनि वरदान सावित भएको छ। डिप्रेसनका साथै, आत्तिने तथा चिन्ता गर्ने, फोबिया, रोगभ्रम, सिजोफ्रेनिया, व्यक्तित्व विकार, लागु पदार्थ व्यसन, अनिद्रा, यौन समस्यालगायतका समस्या निराकरणका लागि पनि यो लाभदायी हुन्छ। यो थेरापी अहिले मूलधारको चिकित्साका रूपमा स्थापित भएको छ। मानसिक रोगको यस चिकित्सा पद्धति विश्वभरि निकै लोकप्रिय भए तापनि यसका अधिकांश गुरु अमेरिकामा नै छन्। अमेरिकास्थित पेन्सिल्वानिया विश्वविद्यालयको स्कुल अफ मेडिसिन कग्निटिभ थेरापीको विकासमा ज्यादै क्रियाशील छ।

प्रकाशित: १९ माघ २०७१ २२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App