सन् २००७ मा टोम र्या थले स्ट्रेन्थ फाइन्डर (क्षमता जाँच) भन्ने पुस्तक प्रकाशित गरे। सफलताकालागि क्षमताअनुसारको पेसा छान्नुपर्ने विषयमा अनुसन्धानकर्ता र्या थले लेखेका पुस्तक विभिन्न सोह्र भाषामा अनुवाद गरिएको छ र यो पुस्तक एक करोड प्रतिभन्दा बढी विक्री भएको छ। रुचिअनुसारको काम रोज्ने भन्ने विषयमा सबैको सहमति भए पनि व्यक्तिको लगाव केमा छ र उसले के पेसा गरे सफल हुन्छ भन्ने मापन विधि स्थापित भएको थिएन। टोम र्याकथले त्यो खाँचो पूरा गरे।
र्याअथकाअनुसार मानिसमा जम्मा ३४ वटा लक्षण (पूर्वीय संस्कृतिमा ३२ लक्षण भनिन्छ। ) हुन्छन्। सबैले आफ्नो सर्वोत्कृष्ट लक्षण समयमै पत्ता लगाएर त्यसैअनुसारको काममा लाग्न सकुन् भनेर टोम र्याेथले स्ट्रेन्थफाइन्डर २ भन्ने सशुल्क ‘अनलाइन प्रोग्राम' पनि बनाए। त्यस प्रोग्रामको प्रयोग गरेर ‘आफ्नो क्षमता समयमै पहचान गरी मैले सफलता हासिल गरेँ' भन्ने थुप्रै पेसाकर्मी फेला परेकाले उनको अनुसन्धानात्मक पुस्तक निकै लोकप्रिय भयो। लामो समयसम्म टोम र्यारथको यो किताब न्युयोर्क टाइम्स, वालस्ट्रिट जर्नललगायतका धेरै प्रकाशनको सर्वाधिक विक्री हुने पुस्ततको सूचीमा रह्यो। स्टे्रन्थफाइन्डर विभिन्न व्यावसायिक क्षेत्रका झन्डै ७० लाख व्यक्तिसँगको अन्तर्वार्ता र ४० वर्षको अनुसन्धानको निष्कर्षहो भन्छन् लेखक। कुनै मानिसमा अनुसन्धानात्मक क्षमता हुनु, कसैमा राजनीतिक चाख हुनु, कोही समाजसेवाप्रति आकर्षित हुनु अनि कसैमा पत्रकारिताप्रति लगाव हुनु तिनको जन्मजात गुण हो भन्ने अनुसन्धानको निष्कर्ष हो। साधारण परिवारमा जन्मिएर पनि राजनेता बनेका बीपी कोइरालाका सन्तान राजनीतिक संस्कारमा हुर्किएर पनि उत्कृष्ट नेता बन्न नसक्नुले मानिसमा जन्मजात गुण हुन्छ भन्ने मान्यता नै पुष्टि हुन्छ। मानिसको नैसर्गिक गुण र मेहनतलाई बराबर अंक दिएर उनले आफ्नो सिद्धान्तलाई गणितीय आधारमा पनि पुष्टि गर्ने कोसिस गरेकाछन्। उदाहरणका लागि नैसर्गिक राजनीतिक गुण भएको व्यक्ति कडा मेहनत गरे सफल राजनीतिज्ञ बन्न सक्छ तर जन्मजात अनुसन्धानात्मक क्षमता भएको व्यक्ति कडा परिश्रम गरे नेता बन्न सक्ला तर राजनेता बन्न सक्दैन भन्ने टोम र्या थको अनुसन्धानात्मक निष्कर्षहो।
एप्पल कम्प्युटरका स्टिभ जब्स, माइक्रोसफ्ट कम्पनीका बिल गेट्स र सामाजिक संजाल फेसबुकका मार्क जुर्कबर्ग आर्थिक लगानी बिना नै बुद्धिका भरमा संसारकै धनीमा दर्ता भए। गेट्स र जुर्कबर्ग हार्वर्ड विश्वविद्यालयका विद्यार्थी थिए तर स्नातक तहसम्मको पढाइ पनि पूरा नगर्दै दुवैले कलेज छोडे। हार्वर्ड संसारकै सबैभन्दा स्तरीय विश्वविद्यालय मानिन्छ। त्यहाँ भर्ना पाउन स्कुलका सबै परीक्षामा शतप्रतिशत अंक ल्याउनुका अतिरिक्त समाजसेवामा पनि पर्याप्त समय खर्चिएको हुनुपर्छ। साथै कलेजमा भर्ना हुनका लागि लिइने ‘स्याट' परीक्षामा समेत उत्कृष्टता प्रदर्शन गरेपछि मात्र हार्वर्ड भर्ना पाइन्छ। उदाहरणका लागि जुकेरबर्ग र गेटस दुवैले स्याट परीक्षामा पूर्णाड्क १६०० मा १५९० अंक ल्याएका थिए। स्कुलमा अति चलाख र स्याट टेस्टमा उच्च अंकका साथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल स्तरको भएको पुष्टि गरेरमात्र हार्वर्डमा पढ्न पुगिन्छ। हार्वर्डको प्रमाणपत्रले भन्दा आफ्नो आन्तरिक प्रतिभाअनुसारको काम तुरुन्तै थालेमा अझ बढी सफल हाइने ठहर गरेर तिनले कलेज छाडे। अनि बिल गेट्सले माइक्रोसफ्ट कम्पनी खोले र जुकरबर्गले फेसबुकको उत्थानमा समय लगाए।
प्रश्न उठछ, गेट्स र जुकरबर्गले हार्वर्डबाट स्नातक उत्तीर्ण गरेका भए के गर्थे होलान्? अन्य स्नातकले जस्तै कुनै कम्पनीमा काम गर्थे होलान्। हदै भए त्यस्तो संस्थाको प्रमुख कार्यकारी हुनसक्थे। सायद, उनीहरू समाजकै गति परिवर्तन गर्ने व्यक्ति भने बन्न सक्ने थिएनन्। आफूमा अन्तरनिहित क्षमताको पहचान गरी समयमै तदनुरुपको पेसा छनोट गरेकै कारण उनीहरू सफलताको शिखरमा पुग्न सकेका हुन्।
हालै प्रकाशित एउटा अनुसन्धानअनुसार स्कुले उमेरमै मानव दिमागको करिब ९० प्रतिशत वृद्धि हुन्छ। तसर्थ, स्कुले शिक्षा ज्ञानको विकासका लागि सबैभन्दा उपयोगी हुन्छ। साथै, युनिभर्सिटी अफ क्यालिफोर्निया, लसएन्जलसमा हालै गरिएको एउटा अनुसन्धानअनुसार स्कुले उमेरमै व्यक्तिको विश्लेषण गर्ने, जोखिम लिन सक्ने तथा भावी योजना बनाउन सक्नेसम्मको बौद्धिक क्षमताको विकास हुन्छ। कलिलो उमेरमै मस्तिष्कले अधिकांश समाजिक गुणहरू प्रशोधन गर्ने क्षमता राख्ने भएकाले स्कुले शिक्षालाई स्तरीय बनाउन सके समाज र देश दुवै परिष्कृत हुन सक्छ। अर्थात्, विद्यालय स्तरको शिक्षा स्तरीय भएन भने समाज र देश दुवैको उन्नति हुनसत्तै्कन। विशिष्ठ स्कुले शिक्षा नपाएका भए न बिल गेट्स र जुकरबर्ग हार्वर्ड पुग्थे न त तिनले आफूमा अन्तरनिहित गुण पहिचान गरी कलेज छोडेर प्रतिभाअनुसारको पेसा गर्ने जोखिमै उठाउन सक्थे। उनीहरूको प्रतिभालाई स्तरीय स्कुले शिक्षाले नै स्थापित गरेको हो भन्नु अन्यथा हुनेछैन। स्कुले शिक्षा स्तरीय हुन सबैभन्दा महत्वपूर्ण सक्षम शिक्षकको व्यवस्था नै हो। संपूर्ण पूर्वाधार उत्तम भए पनि पढाउने शिक्षक राम्रा हुन नसके शिक्षा प्रभावकारी हुनै सत्तै्कन। सक्षम तथा स्तरीय व्यक्तिलाई स्कुलले शिक्षकका रूपमा आकर्षित गर्न नसके देशको भविष्य राम्रो हुन सत्तै्कन।
गत वर्षको एसएलसी परीक्षामा अधिकांश विद्यार्थी विज्ञान, गणित र अंगेजीमा असफल भएको देखियो। देश विकास गर्न ‘स्टेम' (साइन्स (विज्ञान), टेक्नोलोजी (प्रविधि), इन्जिनियरिङ र म्याथ (गणित)) शिक्षा अपरिहार्य रहेको देख्यो अमेरिकाले। त्यस्तै स्टेमको स्तरीय शिक्षाविना मुलुकले चमत्कारी विकास गर्न सत्तै्कन भन्ने संसारैले ठहर गरेको विषय हो। तसर्थ, स्तरीय प्राविधिक जनशक्ति निर्माण गर्न नेपालले पनि विज्ञान तथा गणित शिक्षालाई स्तरीय बनाउनै पर्छ। त्यस्तै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफल हुन अंग्रेजी भाषाको दक्षता आवश्यक हुन पुग्यो। त्यसैले विद्यालय स्तरको शिक्षालाई स्तरीय बनाउन स्कुलमा अंगे्रजी, हिसाब र बिज्ञान पढाउने दक्ष शिक्षक कार्यरत हुनु अपरिहार्य हुन्छ।
विगतमा शिक्षक छनोट गर्दा नेपालका राजनीतिक दलहरूले ‘समझदारी'मा नाममा आआफ्ना कृपापात्रलाई शिक्षकमा भर्ना गराएर विद्यालय शिक्षाको स्तर तहसनहस गरे। करिब ३० वर्षसम्म सेवा गर्ने शिक्षक अयोग्य परेमा लामो समयसम्म शैक्षिक उत्पादनमा नकारात्मक प्रभाव पार्ने वस्तविकता बु‰नु जरुरी हुन्छ। विगतको परम्परा तोड्दै शिक्षक सेवा आयोगबाट योग्य शिक्षकको छनोट होला भन्ने अपेक्षा थियो। तर, दलगत प्रतिनिधिको रूपमा सेवा आयोग पुगेका पदाधिकारीले पारदर्शीरूपमा शिक्षक छनोट गरेनन्। बरु उल्टै दलका कार्यकर्तालाई शिक्षकका रूपमा भर्ना गरेर नेताका चाहना पूरा गरे। त्यसमाथि आरक्षण र समानुपातिकको प्रावधानले सर्वोत्कृष्ट व्यक्ति शिक्षक बन्ने सम्भावना झनै कम भयो।
नेपालमा विद्यालय तहको शिक्षाको गुणस्तर उकास्ने हो भने दलगत गन्ध पनि नआउने गरी स्थापित शिक्षक तथा शिक्षा प्रेमीमध्येबाट शिक्षक सेवा आयोगको गठन गर्नुका साथै शिक्षकजस्तो देशकै भविष्य निर्धारण गर्ने सम्मानित पेसामा आरक्षणको प्रबन्ध तुरुन्त खारेज गर्नुपर्छ। विद्यालय तहको शिक्षालाई स्तरीय बनाउन सके नेपालले पनि स्टिभ जब्स, बिल गेट्सजस्ता व्यक्ति उत्पादन गर्न नसक्नुपर्ने कुनै कारण छैन।
रिसर्च फेलो, सिटी अफ होप, ग्रेटर लसएन्जल्स, अमेरिका
प्रकाशित: २९ मंसिर २०७१ २१:२२ सोमबार

