६ कार्तिक २०७८ शनिबार
विचार

एन्टिबायोटिक: दुरूपयोग, प्रभाव र न्यूनीकरण

सबैखाले प्रतिजैविक औषधिको लामो समय वा निर्धारित मात्राभन्दा बढी गरे/गराइयो भने मानिस होस् वा पशुपक्षी, सबैमा यसले फाइदा पुर्‍याउने भन्दा प्रतिकूल असर पुर्‍याउँछ। पशु पालनमा एन्टिबायोटिकको प्रयोग पशु रोगको उपचार तथा रोगको नियन्त्रण जस्ता कल्याणकारी कार्यका साथै अधिक उत्पादन गरी आर्थिक लाभ लिनका लागि पनि आवश्यक मानिन्छ। 

पशु पालन गरिने जुन मुलुकमा पशुको गोठको सरसफाइ तथा विभिन्नखाले संक्रामक रोग नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गरिएका हुँदैनन्। यस्ता ठाउँमा पालेका पशुपक्षीलाई रोग लागिसकेपछि उपचार गर्न प्रयोग गरिने मात्राभन्दा कममात्रामा एन्टिबायोटिक दिने हो भने पशुको उत्पादकत्व स्थिर राख्न तथा वृद्धि गर्न सहायक हुने मानिन्छ। जनस्वास्थ्यका दृष्किोणले पनि यसरी एन्टिबायोटिकको प्रयोगले पशुपक्षीबाट साल्मोनेला जस्ता विषाणु वातावरण प्रवाहित गर्न कम गराउने गरेको विज्ञको अनुमान छ। यसका साथै कुखुरामा अन्डा कुहिने रोग तथा बंगुरमा आउँमासी, झाडा/पखालाका रोग नियन्त्रण गर्ने गरेको पाइन्छ।

उपचारात्मक एन्टिबायोटिकको प्रयोग छुट्टाछुट्टै जनावर वा सानो समूहका जनावरलाई निश्चित तथा छोटो अवधिका लागि रोगअनुसार प्रयोग गरिन्छ। अर्कोतर्फ निरोधात्मकरूपमा प्रयोग गराइने एन्टिबायोटिक पशुपक्षीका ठूला बथानमा उपचार गर्दा प्रयोग गरिने मात्राभन्दा कम मात्रामा केही लामो समयसम्म प्रयोग गराइने गरिन्छ अर्कोतिर उत्पादकत्व शारीरिक तौलको द्रुत निकास पशुपक्षीमा होस् भन्नका लागि एन्टिबायोटिक टाइलोसिन भिरगिनियामाइसिन वा त्यस्ता तत्व जुन खासै एन्टिबायोटिक भनिने समूहमा पर्दैनन्, प्रयोग गराइन्छ। जसले आएनोफोर समूहका औषधिहरू धेरै न्यून मात्रामा केही लामो समय वा जनावर गोठ/खोरमा रहेसम्म प्रयोग गराइन्छ।

जनस्वास्थ्यको सुरक्षाका दृष्टिकोणले पशुजन्य उत्पादनमा एन्टिबायोटिकहरूको अवशेषको उपस्थितिले चुनौती सिर्जना गरेको छ। जनस्वास्थ्यकर्मीको टाउको दुखाइ यतिमात्र हो। आज पशुपक्षी पालनका क्रममा एन्टिबायोटिकको प्रयोग यति विस्तारित भएको छ कि पशुजन्य उत्पादनका लागि पालिएका पशुहरूमा तिनको समग्र उत्पादन दिने वा उत्पादन भित्र्याउने बेलासम्म ८०% पशुपक्षीमा धेर/थोर वा निरन्तर प्रयोग गरे/गराइएको तथ्य पाइन्छ। 

सबैखाले प्रतिजैविक औषधिको यति लामो समय वा निर्धारित मात्रा भन्दा बढी गरे/गराइयो भने मानिस होस् वा पशुपक्षी, सबैमा यसले फाइदा पुर्‍याउनेभन्दा प्रतिकूल असर तिनको स्वास्थ्यमा पुर्‍याउँछ। यस्ता पशुबाट उत्पादित मासु तथा पशुजन्य पदार्थ हाम्रो भान्सा घरमा पुगे भने प्रयोगकर्तामा पनि यसको लक्षण देखाउन केको आइतबार। 

न्यून मात्रामा जथाभावी यी एन्टिबायोटिकको मनोमानी दुरूपयोग गर्नाले पशुमा रोग लागिसकेपछि एन्टिबायोटिक प्रयोग गरी उपचार गर्दा औषधि त बिरामी निको पार्न निष्प्रभावी हुन्छ नै, बरु तस्ता पशुबाट उत्पादन हुने पशुजन्य उत्पादनमा सञ्चय भई अवशेषका रूपमा रही ती उत्पादनसहित मानिसको शरीरमा प्रवेश गर्नेछ।

एन्टिबायोटिकको निष्प्रभावकारिताको खतरा अनि चुनौती

एक्काइसौँ शताब्दीको प्रवेशसँगै चिकित्सा विज्ञानले जनस्वास्थ्य क्षेत्रमा बिरामी उपचार गर्दै बेहोर्नुपरेको चुुनौती बिरामीको उपचारमा प्रयोग गरिने चलनचल्ती तथा उत्तराधुनिक एन्टिबायोटिक उपचार निष्प्रभावी हुनु मानिन्छ। यसो हुनुको मुख्य कारण पशुपक्षीमा अनियन्त्रितरूपमा हुने गरेको एन्टिबायोटिकको प्रयोगले ती पशुबाट उत्पादित पशुजन्य उत्पादनमा हुन जाने तिनको अवशेपाको उपयोगको परिणतिका रूपमा लिइएको छ। 

अझ खाद्य शृंखलाका माध्यमबाट पशुमा नै एन्टिबायोटिक प्रतिरक्षात्मक विकाश भएमा जीवाणु मानिसको शरीरमा प्रवेश गर्न सक्ने खतरा उत्तिकै छ। पशुपक्षीमा उपचारका क्रममा चाहिने भन्दा बढी मात्रा तथा अनावश्यकरूपमा एन्टिबायोटिक प्रयोगले उत्पन्न समस्याले मानव स्वास्थ्यलाई त पिरोलेकै छ, यसका साथै पशुपक्षीमा पनि रोगको रोकथाम गर्न अनि एन्टिबायोटिक पहिलै खुवाएपछि हलक्क जीउ लाग्छ भनी एन्टिबायोटिक जथाभावी प्रयोग गर्दा पशुपक्षी साँच्चिकै बिरामी पर्दा ब्याक्टेरियाले गर्दा बिरामी भएको पशुलाई एन्टिबायोटिक दिइ उपचार गर्दा निष्प्रभावी हुने गरेको समस्याले कृषकमात्र होइन, मै हुँ भन्ने पशु चिकित्सकसमेत रनभुल्ल परेको कथा पनि छ।

कसरी हुन्छ एन्टिबायोटिक निष्प्रभावी ?

यसबारे भिन्नभिन्न सिद्धान्त प्रक्रिया हुने गरेका छन्। उदाहरणका लागि सालमोनेला टाइफिमुरियाम प्रजातिको ब्याक्टोरिया जुनसुकैखाले एन्टिबायोटिकको सम्पर्कमा आउँदा आफूलाई तुरुन्तै सुुरक्षित पार्छ भने साल्मोनेला डब्लिएन भने त्यहीखाले एन्टिबायोटिक लामो समयसम्म प्रयोग गर्दा पनि सम्वेदनशील रहन्छन् अर्थात नष्ट भएर जान्छन्। 

त्यसैगरी स्ट्रेप्टोकोकस ओरियसका लागि पेनिसिलियन समूहको एन्टिबायोटिक प्रयोग गर्दा छोटो समयमा निष्प्रभाविताको समस्या देखा पर्छ भने स्ट्रेप्टोकोकस निमोनिइ प्रजातिमा यो समस्या देखा पर्न २० वर्षको समय लाग्न सक्ने तथ्य भेटिन्छ। पशुपक्षी उपचारका लागि फलरोकुयिनोल समूहको औषधि प्रयोगमा ल्याउँदा कम्पाइलो ब्याक्टर प्रजातिका ब्याक्टोरिया तथा अप्रामाइसिन एन्टिबायोटिक प्रयोगमा ल्याउँदा इकोलाइ तथा सालमोनाला प्रजातिका ब्याक्टोरियाले छिटै निष्प्रभावी पारे भने एम्पिसिलिनलाई निष्प्रभावी पार्न भने लामै समया प्रयोग गराएको हुुनुपर्ने देखिन्छ। 

एकपटक प्रयोगपछि केही समय छाडी प्रयोग गर्दा ट्रासाइक्लिन समूहका एन्टिबायोटिकमा भने ब्याक्टोरियाम निष्प्रभावी गराउने क्षमता रहिरहने गर्छ। यस विपरीत एमोपारसिन जस्ता एन्टिबायोटिकको हकमा भने यसको ठीक विपरीत हुने गर्छ। त्यसै पनि बिरामीलाई बिरामी पार्ने पटकैपिच्छे एकैखाले एन्टिबायोटिकको प्रयोग गर्दा यस्तो समस्या बल्झिन सक्छ।

अध्ययनको स्थिति  

पशुपक्षीमा उपचार गरिँदा प्रयोग गरिने निष्प्रभाविताबारे साहै« कम अध्ययन, अनुगमन तथा सर्वेक्षण भएको पाइन्छ। केही प्राज्ञिक केन्द्रले इकोलाइ तथा सालमोनाला जस्ता ब्याक्टोरियाका बारेमा गरेको देखिन्छ। अझ जथाभावी एन्टिबायोटिक प्रयोग गराइ पालेका पशुपक्षीबाट प्रायः हुने पशुजन्य पदार्थ जसमा एन्टिबायोटिक अवस्थितिको स्थिति तथा त्यस्ता पशुजन्यबाट भएका उत्पादन मानिसले उपभोग गर्दा मानव स्वास्थ्यमा पर्ने स्वास्थ्यजन्य प्रभाव अनि जटिलताको अध्ययन त शून्यप्रायः छ हाम्रोे आफ्नो परिवेशमा। 

पशुपक्षी आफैँ बिरामी नहुँदा पनि रोग नियन्त्रण एवं तौल वृद्धिका लागि पशुपक्षीलाई प्रयोग गराइने एन्टिबायोटिकका कारण पशुपक्षीका लागि सहयोगी हुने आन्द्रामा पाइने इ कोलाइ प्रजातिका ब्याक्टेरिया एन्टिबायोटिक प्रभावमुक्त भई पशुपक्षीका तन्तुमा समाहित हुन जाँदा पनि त्यस्ता पशुबाट प्राप्त पशुजन्य पदार्थले मानिसमा एन्टिबायोटिक सहनशील ब्याक्टेरिया ओसार्न सक्छ। जसका कारण मानिस बिरामी पर्दा दिइने एन्टिबायोटिक निष्प्रभावी हुने समस्या देखिन सक्छ।

टेट्रासाइकिन सल्फोनामाइड अमाइनो ग्लाइकोसाइड जस्ता एन्टिबायोटिक प्रयोग गरी उपचार गरे÷गराइएका बथानमा यो समस्या सर्वव्यापी भएको तथ्य भेटिन्छ। तर एम्पिसिलिन तथा ओलाकबिनडोकस समूहमा भने केही कम देखिन्छ। 

एकैथरी ब्याक्टेरियाले धेरैखाले प्रचलनमा बजारमा उपलब्ध एन्टिबायोटिक निष्प्रभावी पार्नु जस्ता समस्या आज पशु चिकित्साकर्मी अनि मानव स्वास्थ्य उपचार क्षेत्रमा कार्यरत विज्ञका लागि टाउकोदुखाइ भएको छ। यसबाहेक हाम्रा पशुजन्यस्तरीय उत्पादन विदेशी बजारमा त निषेधित छन् नै, हाम्रा आफ्ना तारे होटलमा अन्यत्रका पशुजन्य पदार्थ १७ अरबको वार्षिक आयात हुन्छ।

न्टिबायोटिक निष्प्रभाविताले सिर्जेको समस्या

पशुपक्षी पालन गर्दा ती पशुपक्षी बिरामी नपर्दै तथा बिरामी भएपछि पनि जथाभावी किसिमका मात्रा र समयसीमासम्म आवश्यक/अनावश्यक एन्टिबायोटिक प्रभाव राख्न सक्ने जीवाणु मानिसको शरीरमा प्रवेश गरी बासस्थान बनाउन सक्छ। त्यसो नभए पशुजन्य उत्पादनमा अवस्थित एन्टिबायोटिकको अवशेष पशुजन्य हुँदै जाँदा मानिसको शरीरलाई प्रतिकूल असर पार्ने ब्याक्टेरियाले आफूमा एन्टिबायोटिक सहनशीलताको क्षमता विकास गर्न सक्छ। 

जसका कारण मानिस कुनै कारणले बिरामी हुन पुगे तिनलाई उपचार गर्न दिइने एन्टिबायोटिक निष्प्रभावी हुन जाने सम्भावना नै आजका हाम्रा नाम चलेका नर्सिङ होमका विज्ञ चिकित्साकर्मीको टाउकोदुखाइ हो।  

(सल्लाहकार– अस्ट्रिच नेपाल प्रा.लि., रूपन्देही)

प्रकाशित: १८ आश्विन २०७८ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App