३१ श्रावण २०७७ शनिबार
विचार

कोभिड–१९: नियन्त्रणका प्रयास

चीनको वुहान सहरमा डिसेम्बर २०१९ मा पहिलोपटक देखापरेको नोबेल कोरोनाभाइरस चीन हुँदै समग्र युरोप, अमेरिका, एसिया र अफ्रिकी मुलुकहरूमा आफ्नोप्रभाव देखाउन पुग्यो। हाल यसले समग्र विश्वलाई नै आफ्नो चपेटामा लिइसकेको अवस्था छ भने कोरोना भाइरसका कारण देखापरेको कोभिड–१९ महामारीले लाखांँ मानिसको मृत्युसमेत भइसकेको छ।  कोभिड–१९ को प्रभाव मत्थर हुनुभन्दा दिन÷प्रतिदिन बढ्दो क्रममा रहेको पाइन्छ।  नेपालसमेत यस विश्व महामारीबाट जोगिन सकेन र यसको संक्रमण तीव्ररूपले भइरहेको दिनानुदिन बढ्दो संक्रमितहरूको संख्याले पुष्टि गर्छ।  प्रारम्भिक चरणमा चीनको वुहान सहरमा सीमित यस महामारीलाई नियन्त्रणमा ल्याउने भरमग्दुर प्रयास भए तर सम्भव भएन र विश्वव्यापीरूपमा देखा पर्दै गयो।  

यसको फैलनेक्रम तीव्र भएसँगै विश्व स्वास्थ्य संगठनले यसलाई विश्व महामारी घोषणा ग-योर सबै देश रोगप्रति सजग एवं सतर्क हँुदै संक्रमण फैलिन नदिन आआफ्नो तरिकाले प्रयत्नरत् रहे जुन यद्यपि जारी छ।  यो रोग विषाणु (भाइरस) सँग सम्बन्धित भएको र कोरोना भाइरसको संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले केही सावधानीसहितका विधि सुझाएपश्चात सम्बद्घ सबै राष्ट्रले आफूअनुकूल थप कार्यविधि र रणनीतिहरू तयार गरी रोगसँग लड्दै आइरहेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस,भाइरस प्रजातिभित्र नयाँ भएकाले यसका विरुद्घ खोप अथवा तत्सम्बन्धी औषधिको विकास भइनसकेको सन्दर्भमा रोगको संक्रमणबाट जोगिने र संक्रमण भएको अवस्थामा लक्षणका आधारमा उपचारका विधि अपनाउनेबाहेकका विकल्प नभएकाले उल्लेख भएअनुसारका कार्यलाई नै मूल आधार मानी रोगविरुद्घ रक्षात्मक हुन आह्वान गरेअनुसार सुरक्षाका उपायहरू अपनाइएका छन्। यद्यपि, विश्वका अनुसन्धानशालाहरूमा कोभिड–१९ को खोप विकास गर्नेबारे अनुसन्धान नगरिएका होइनन्।  यसका लागि वैज्ञानिकहरूको टिम दिनरात नभनी जुटेको छ। विज्ञानलाईनै चुनौती दिइरहेकोे यस भाइरसविरुद्घ अहिले चीन, अमेरिका, जापानलगायत देशका अनुसन्धानशालाहरूमा द्रुत गतिले अनुसन्धान कार्य भइरहेको छ।  वैज्ञानिकअनुसन्धान निरन्तर चलिरहने एक जटिल प्रक्रिया हो।अनुसन्धानको निरन्तरताका लागि पर्याप्त लगानी, दक्ष जनशक्ति, वैज्ञानिक र अनुसन्धानात्मक कार्यको उचित व्यवस्थापनका साथै गन्तव्यकोपहिचान आदिकोआवश्यकता पर्छ। यति हँुदाहँुदै पनि अन्तमा लक्ष्यअनुसार आशातीत उपलब्धिको ग्यारेन्टी भने नहुन पनि सक्छ।  

हाल सम्पन्नताको शिखर चुम्न सफल राष्ट्रहरूले एकैपटक रातारात सम्पन्नता हासिल गरेका होइनन्। यसका लागि उनीहरूले विज्ञान र वैज्ञानिकप्रति गरेको विश्वासका साथै सोहीअनुसारको त्याग र लगानीको प्रतिफल हो।

विश्वका विभिन्न अनुसन्धान सस्थामा कोभिड–१९ नियन्त्रण एवं उपचारका लागि औषधि विकास गर्न र तत्सम्बन्धी अनुसन्धानमा वैज्ञानिकहरू जुटिरहेका बेला हाम्रो देश नेपालमा यतातर्फ किन ध्यान दिन सकिएन ? देश भूगोलको हिसाबले ठूलो–सानो हुन सक्छ अनि आर्थिक सम्पन्नता र विपन्नता पनि आफ्नो ठाउँमा होला तर बौद्धिक क्षमतालाई न्यूनमूल्याङ्कन गर्न भने सकिँदैन र हँुदैन पनि।  कोभिड–१९ विरुद्घ उपचार पद्घतिको विकास अहिले सुरु गरेर २–४ दिन अथवा केही महिना र वर्षभित्रै भइहाल्छ र गर्न प्रतिबद्घता गर्ने भन्ने होइन होला तर त्यतातर्फ सकारात्मक सुरुवात गरियो वा गरिएन भन्ने विषय अहं हो। कोभिड–१९ सम्बन्धी औषधिको विकास गर्न नेपालमा अनुसन्धान गर्नेभन्दा धेरैलाई ठट्टा पनि लाग्नसक्छ। तर के नेपालमा अनुसन्धानरत् वैज्ञानिकहरूअनुसन्धान गर्नका लागि योग्य नै छैनन्? अथवा अनुसन्धानका लागि भौतिक पूर्वाधारको अपर्याप्तता छ। हो, उपलब्ध स्रोत÷साधनको सीमिततालाई नकार्न सकिँदैन तर त्यसको पनि विकल्प खोज्न नसकिने भन्ने होइन। जुनसुकै अनुसन्धान पनि कुनै एउटा संस्थाले मात्र एक्लै गर्न कठिन हुन्छ, त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानशालाहरूसँग सहकार्य गर्न सकिन्छ।नेपालमा वैज्ञानिक अनुसन्धान गर्न÷गराउन राज्यको प्रत्यक्ष लगानीमा स्थापना भएका थुप्रै संस्था छन्। साथै, अर्धसरकारी र निजी क्षेत्रद्वारा स्थापित यस प्रकारका संस्था पनि  नभएका होइनन् तर पनि कोरोना भाइरसको विश्वव्यापी महामारीले समग्र मानव सभ्यतालाई नै चुनौती दिएका बेला किन यसको नियन्त्रणका लागि यी संस्थाले अग्रसरता लिन सकेनन् ? यस प्रश्नको खोजीनीति हुनु आज समयसापेक्ष छ।  

आज कोभिड–१९ ले त्रास सिर्जना गरेको छ, भोलि अन्य जीवाणु अथवा विषाणुको प्रकोप नहोला भनेर कसरी भन्न सकिन्छ ?कोभिड–१९ बाहेक नेपालमा अनुसन्धानको पर्खाइमा रहेका क्षेत्रहरूसमेत थुप्रै छन् र विज्ञ जनशक्ति पनि उपलब्ध छ तर पनि वैज्ञानिक अनुसन्धानले किन गति लिन सक्दैन ?यस सम्बन्धमा आवश्यक खोजीनीति गरी समस्या पहिचान गर्न र निराकरणका उपायहरू पहिल्याउन अब ढिलो भइसक्यो। यस लेखमार्फत कोभिड–१९ महामारीविरुद्घ सम्बन्धित निकायहरूले अध्ययन/अनुसन्धानका लागि अग्रसरता लिन नसक्नुका कारण रसमग्रमा वैज्ञानिक अनुसन्धानले गति लिन नसक्नुका कारणकेलाउने र तिनीहरूबारे समीक्षात्मक टिप्पणी गर्ने प्रयास गरिएको छ।

राज्यले विज्ञानप्रविधिको महत्वलाई आत्मसात गर्ननसक्नु
२१औं शताब्दी विज्ञान प्रविधिको युग हो भन्ने भनाइसँग विमति राख्ने शायद कुनै व्यक्ति होला। तर यस भनाइलाई व्यवहारमा रूपान्तरण गर्न बोलेर अथवा कितावीय ज्ञानमात्रले सम्भव हुँदैन। विज्ञान शिक्षाको अध्ययनले तबमात्र सार्थकता पाउँछ जब सैद्घान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने गरिन्छ वा गर्ने प्रयासहरू हुन्छन्। हाम्रो देशमा विज्ञान विषयप्रति रुचि राख्नेहरूले सैद्घान्तिक ज्ञान प्राप्त गर्ने अवसर त पाए तर प्राप्त ज्ञान व्यवहारमा रूपान्तरण हुन भने सकेन। देशभित्र विज्ञान प्रविधिका विविध विधामा उच्च शिक्षा हासिल गरेको जनशक्तिको पर्याप्तता छ तर तिनीहरूको विज्ञताको उपयोग हुनसकिरहेको पाइँदैन।  

विश्वका सुविधासम्पन्न शैक्षिक सस्थाहरूबाट उच्चशिक्षा अध्ययनपश्चात सिकेको ज्ञानको सदुपयोग स्वदेशमै गर्ने दृढ अठोटकासाथस्वदेश फर्केर कुनै सस्थासँग आबद्घ रहेका वैज्ञानिक÷प्राविधिज्ञहरूसमेत किमकर्तव्यविमुढको अवस्थामा पाइन्छन्। यस्तो अवस्था हुनु भनेको सम्बन्धितका लागि दुर्भाग्य त हो नै, राष्ट्रका लागिसमेत शुभसंकेत होइन। यसले राष्ट्रले विज्ञानप्रविधिको अनुसन्धानलाई कत्तिको महत्व दिएको छ भन्ने स्पष्टपार्छ। यतिमात्रै होइन, विज्ञान प्रविधिको अध्ययन/अनुसन्धानका लागि स्थापित सस्थाहरू विश्वविद्यालय, प्रतिष्ठान र सरकारी निकायसमेत चौबाटोमा उभिएर कुन बाटो जाने र के गर्ने भन्ने दुविधाग्रस्त मनस्थितिमा रहेको स्पष्ट देख्न र अनुभव गर्न सकिन्छ। साथै, संलग्न जनशक्ति जागिरे जीवन बिताउन बाध्य छन्। यस्तो अवस्था आउनुका पछाडि राज्यले वैज्ञानिक अनुसन्धानको महत्वलाई आत्मसात गर्न नसक्नु नै हो भन्दा अन्यथा नहोला। राज्यको दायित्व अनुसन्धानकार्यलाई प्राथमिकताका आधारमा आवश्यक व्यवस्थापनलगायत स्रोत÷साधनको उपलब्धता र संलग्न जनशक्तिलाई प्रोत्साहन दिनुपर्ने हो तर यस कार्यमा राज्य चुकेको आभास हुन्छ।

स्रोत/साधनको अपर्याप्तता
कुनै पनि कार्य सम्पादन गर्नका लागि स्रोत/साधनको उपलब्धता महत्वपूर्ण हुन्छ। अझ वैज्ञानिक अनुसन्धान आफैँमा खर्चिलो क्षेत्र हो। यसका लागि पर्याप्त लगानी आवश्यकपर्छ। अनुसन्धानमा प्रयोग हुने वैज्ञानिक उपकरण, रसायन र अन्य सामग्री निकै महँगा हुन्छन् र तिनीहरूको अभावमा सकारात्मक परिणामको अपेक्षा गर्न सकिँदैन। यही कारणले गर्दा विकासशील मुलुकहरूले वैज्ञानिक अनुसन्धानका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न सकेको पाइँदैन। विश्वमा आर्थिकरूपले सम्पन्न मुलुकहरूले अनुसन्धानका लागि पर्याप्त लगानी गरेका पाइन्छ र सोही अनुपातमा प्रतिफलसमेत प्राप्त हुने गरेको स्पष्टरूपले देख्न सकिन्छ।  

हाल सम्पन्नताको शिखर चुम्न सफल राष्ट्रहरूले एकैपटक रातारात सम्पन्नता हासिल गरेका होइनन्। यसका लागि उनीहरूले विज्ञान र वैज्ञानिकप्रतिगरेको विश्वासकासाथै सोहीअनुसारको त्याग र लगानीको प्रतिफल हो।नेपालको सन्दर्भमा, यस क्षेत्रमा राज्यको तर्फबाट हुने लगानी ज्यादै न्युन रहँदै आएकोछ र प्रतिफल यथाशक्य शीघ्र प्राप्तहुनुपर्ने अपेक्षा रहेको हुन्छ।  
(वरिष्ठ वैज्ञानिक, नास्ट)

प्रकाशित: २६ असार २०७७ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App