४ वैशाख २०८१ मंगलबार
विचार

कसले रोप्यो विष वृक्ष

पृथ्वी छाडेर पहिलो पल्ट अन्तरिÔमा पुग्दा युरी गागरिनले आफ्नै मतृभूमि सोभियत रुस ठम्याउन सकेनन्। एउटा गोलाकार पिण्ड पृथ्वीका सबै भौगोलिक र राजनीतिक सीमारेखाहरू मेटिएका देखे गागरिनले अन्तरिÔबाट। कुन रूस र कुन अमेरिका खुट्याउन सकेनन् उनले। पहिलो पल्ट चन्द्रमामा पाइला टेक्दा निल आर्मस्ट्रङले अमेरिकाको हडसन नदी देखेनन्, बरु चीनको ग्रेटवाल देखे। हामी जब आफू वरिपरि कुनै सीमारेखा कोर्छौँ, आफूलाई कुनै कुवाभित्र कैद भएको पाउछौँ। तर, जब त्यो सानो सीमारेखाबाट निस्केर व्यापकतामा चिहाउँछौँ, हाम्रो दृष्टि आकाशझैँ फराकिलो बन्न पुग्छ। गागरिन र आर्मस्ट्रङ तिनै साना सीमारेखाहरूबाट निस्किएर विहंगमतामा पुगेका थिए।

नेपाल एकीकरणको साढे दुई शताब्दीपछि अहिले हामी नराम्ररी जातजातिका नामका अनेकौँ कुवाहरूभित्र पस्न पुगेका छौँ। विभिन्न जात तथा सम्प्रदायको नाममा दिनहु" हुने बन्दले मुलुक बन्धक बनेको छ। शान्तिपूर्ण हुने भनिएको बन्द अराजकमात्रै बनेको छैन, एक जात वा सम्प्रदायले गरेको बन्दमा अर्का जात वा सम्प्रदाय तारोमा पर्दै गएका छन्। सर्वसाधारणमात्र नभएर सञ्चार जगत्समेत बन्दकर्ताहरूका निशानामा परेका छन्। आर्थिक Ôेत्र झनै तहसनहस छ। सबै जातजाति, धर्म र सम्प्र्रदाय मिलेर बस्दै आएको यस इन्द्रधनुषी मुलुकका रङहरू कसको आ"खा लागेर हो, फुंग उडेजस्ता देखिएका छन्।
आफ्नो जातीय पहिचान जोगाउनु सबै जातजातिको कर्तव्य र धर्म हो। यसलाई अन्यथा ठान्नुु हु"दैन। तर, आफ्नो जातीय पहिचान र अधिकार प्राप्तिको नाममा अर्का जातप्रति द्वेषराख्नु असहिष्णु बन्नु हो। नेपाल मूलत : अल्पसंख्यकहरूको मुलुक हो। यस देशका कुनै एक जात विशेष शोसक र अर्का कुनै जात विशेष शोषित होइनन्। कुनै एक जात पीडक र कुनै अर्को एक जात पीडित पनि होइनन्। सबै जातभित्र गरिब र धनी छन्। अवसर पाउने र अवसरवाट विमुखहरू पनि त्यसैगरी छन्। उदाहरणका लागि, नेपालमा दुई शताब्दीभन्दा बढी ठकुरी वर्गका शाह र राणाहरूले शासन गरे। नेपालको केन्द्रमा ठकुरीहरूले शासन गरे भन्दैमा दैलेख वा बाजुराका ठकुरीहरूलाई पनि शाह र राणाका कोटीमै समावेश गर्न मिल्ला र? अनि बाहुन क्षेत्री र खसहरूलाई उत्पीडक मान्नेहरूले खसहरूकै उद्गम थलो जुम्लाका सिँजा उपत्यकाका खसहरूका जीवनस्तर एक पल्ट नियालेर हेरे हुन्थ्यो नि!
नेपालको पहिचान र सुन्दरता नै यहा"को बहुजातीय, बहुसांस्कृतिक विविधता र त्यसलाई मजबुत पार्ने एकता हो। हामी सहअस्तित्व र भातृत्वको भावनाले युगौँदेखि परस्परमा बाँधिदै आएका छौँ। बहुलवादी समाज आफैँमा गतिशील र आदर्श समाज पनि हो। आज विश्वका कतिपय एकजातीय राष्ट्रहरू बहुजातीय तथा बहुलवादी राष्ट्र निर्माणको प्रक्रियामा छन्। संसारकै सबैभन्दा सम्पन्न र शक्तिशाली राष्ट्र्र अमेरिकाले विनाकारण 'डीभी' (डाइभर्सन भिसा) को नीति अँगालेको होइन। अमेरिकीहरूलाई थाहा छ, बहुसांस्कृतिक र बहुजातीय राष्ट्र्र नै आजको विश्वमा सबैभन्दा समुन्नत समाज हो। उनीहरू यस्तो समाज चाहन्छन्, जहा" बगैँचामा जस्तै रंगीचंगी फूलहरू फुलून्, तिनीहरू वरपर रङविरङका चरा र पुतलीहरू चिबिर्राऊन्, भुन्भुनाऊन्। त्यस्तो बगैँचा कस्तो होला जहा" एक थरीमात्र फूल फुलेका हुन्छन्? थरीथरी जात र सम्प्र्रदायका मानिसहरू, उनीहरूका अनेकौँ थरी संस्कृति, भाषा, परिधान र परिकारहरू। यी जीवन्त राष्ट्र्रका कलेवरहरू होइनन् र? जब ईश्वरले (वा भनौँ प्रकृतिले) हामीलाई यी सबै आभूषणहरूले सुसज्जित गरेको छ भने हामी आफँै यी रत्नहरू उखेल्न किन लागिपरेका छौँ?
पाठकहरूलाई मेरा माथिका हरफहरू पढ्दा परिकथाका वर्णनजस्ता 'युटोपिक' वा भावुक अभिव्यक्तिजस्तो लाग्न सक्ला। मैले शताब्दियौँदेखि नेपालकासीमान्तकृत केही वर्गले भोग्दै आएका समस्याहरू बेवास्ता गर्न खोजेको कदापि होइन। घामझैँ छर्लंग ती सत्यहरूबारे म अनभिज्ञ पनि छैन। विपन्न, भूमिहीन, पछाडि पारिएका, दलितजस्ता वर्गलाई राज्यले मूलधारमा ल्याउनुपर्छ। उनीहरूका सशक्तीकरणका निम्ति भूमि, खाद्य, रोजगारको व्यवस्था गर्नुपर्छ। आरÔणजस्ता सकारात्मक भेदभावका माध्यमद्वारा उनीहरूलाई मूलधारमा ल्याउनुपर्छ। अझ उनीहरूको सशक्तीकरणनिम्ति संविधानमै व्यवस्था गर्नुपर्छ। यसमा कुनै पनि विवेकी नेपालीको आपत्ति नरहला। आपत्ति एउटै कुराप्रति हो। जसरी अहिले आफ्नो जातीय पहिचान र उत्थानका नाममा अर्को जातिप्रति धावा बोल्ने काम भइरहेको छ, त्यसले हामीलाई विनाशतर्फ मात्र डोर्यााउँछ। आजको विश्व 'ग्लोबल भिलेज' हो। विश्वव्यापीकरण र सूचना प्रविधिमा भएको अभूतपूर्ण क्रान्तिका कारण संसार गोलाकार नभएर चाक्लो भएको दलिल पेस गरेका थिए अमेरिकी लेखक थोमस फ्रिडम्यानले चचिर्त पुस्तक 'ओर्ल्ड इज फ्ल्याट' मा।
अहिले हामी सीप र ज्ञानको विश्वव्यापी प्रतिस्पर्धामा छौँ। योग्य र प्रतिभाशाली मानिसहरूको खोजी विश्वका कुनै पनि कुनामा भइरहेको छ। ती आदिवासी हुन् वा आप्रवासी, योग्यहरूलाई कतैकहीँ जात वा धर्मको नाममा निषेध गरिँदैन। केन्याली बाबुका सन्तान बाराक ओबामा संसारकै सबैभन्दा शक्तिशाली देशका सर्वोच्च पद राष्ट्र्रपति छन्। हामै्रै छिमेकी मुलुक भारतमा समेत इटालियन मूलकी सोनिया गान्धीलाई प्रधानमन्त्रीको पद प्रस्ताव गरिएको थियो। तर, हाम्रोे विडम्बनाचाहि", पृथ्वीनारायणले नेपाल एकीकरण गर्नु अघिदेखि बसोवास गर्दै आएका केही जातजातिलाई आप्रवासी भनेर अहिले खेदो गरिँदैछ। उनीहरूलाई शोषक र उत्पीडकको दर्जामा राखेर शूली चढाउने दुष्प्रयास गरिँदैछ।
सहअस्तित्वपूर्वक बसोवास गर्दै आएका, रमाउँदै पर्व र मेलापातमा भाग लिँदै आएका, भाइचाराको भावले बाँधिएका नेपालीहरूलाई यसरी विखण्डन गर्ने प्रयास कसले गर्योै? जवाफ खोज्न टाढा जानु पर्दैन, मात्र छातीमा हात राखे पुग्छ। हिंसाको राजनीति गरेर सत्ता कब्जा गर्नेहरूले छोटो बाटोबाट सत्तामा पुग्ने सपना देखेर जसरी जातजातिलाई भड्काए अहिले ती समूहहरूकै जातीय राज्यको मागबाट ती 'क्रान्तिकारी' हरूको होसहवास उडेको छ। उनीहरूले रोपेको विषवृÔ नराम्ररी झ्याँगिएको मात्र होइन, तिनमा फल लाग्न पनि थालिसकेको छ। अनि त्यो फल खुवाउने मौका छोपेर बसेका छन् डलर, पाउन्ड र युरो बर्साउने कतिपय दातृ निकायहरू। त्यसलाई टिप्न तँछाडमछाड गर्दैछन् हाम्रै कतिपय 'बुद्धिजीवी' र 'अधिकारकर्मीहरू'। यस्तो संवेदनशील बेला परिवर्तनका संवाहक बन्नुपर्ने नेताहरू, नेता कम रमिते ज्यादा देखिएका छन्। कस्तो बिडम्वना!

 

 

 

प्रकाशित: ९ जेष्ठ २०६९ ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App