१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
विचार

भर्नाको सिजन

मेरो नाति उभिन थालेको मात्र के थियो, होल्डर एलिजाबेथ पियर गार्डेन बोर्डिङका प्रिन्सिपलै घरैमा आएर भन्नु भया े- 'लौ है हजुर, नानी चैं अन्त दिन पाइन्न नि!" मैले कुरा बुझिहालेँ। अनि भने- नानी तपाईंहरूलाई नै दिउँला। अहिले बरु अलिक पर्खनुहोस्। बोली नफुटी पढेको काम लाग्दैन होला। बोली फुट्नसम्म दिनुहोस् न है। पहिलो टोली कहिले बाहिर निस्केला र देउसी खेलौंँला भनेर ढोकाबाहिरै कुरेर बसेका देउसेझैँ घरबाहिर अरू बोर्डिङबाट पनि नातिका लागि बुकिङ गर्नेको ओइरो लाग्यो। सबैलाई मानमनिताका साथ बिदा गरेँ। सबैलाई नाति तपाईंकैमा भर्ना गर्छु भनेर ढाटंेँ। मानौं मेरो नातिको भाउ अहिले चर्काे छ। अनि घटाघटको भाउमा भर्ना लिनेका लागि टेन्डरै खोलौं कि भन्ने पनि मनमा आयो।
वास्तवमा हामीलाई अरू मुलुकका मान्छेले धेरै कुरामा उछिनेका छन् तर देखासेखी गर्नमा भने हामीलाई कसैले पनि उछिन्न सत्तै्कन। अरू विषय छाडेर सहकारी खोल्ने, बोर्डिङ विद्यालय वा नर्सिङहोमजस्ता उद्योगधन्दा खोल्ने कुरामात्र गरौं। यस काममा अहिले हमीलाई कसैले उछिन्न सकोइन। अझै गणतन्त्र आएपछि त एफएम रेडियो स्टेसन खोल्नमा पनि कसैले भ्याउँदैन। सहरका अग्ला घरका तल्ला तलादेखि माथिल्ला तलासम्म कोठैपिच्छे सहकारीका साइनबोर्ड टाँसिएका छन्। भकारीका बोर्ड झुन्डिएका छन्। कम ठूलो आर्थिक क्रान्ति भएको छ त? टोलटोलै पिच्छे बोर्डिङ खुलेका छन्। त्यसै गरी कलेज, प्लस टुको पनि खुल्ने धुम छ। कुनै बेला एउटा बबुरो रेडियो नेपाल थियो। आज घरघरमा रेडियो स्टेसन खुलेका छन्। तैपनि धेरै खुल्नेमा सहकारी र बोर्डिङै पर्छन् भने नर्सिङहोम पनि अघि नै छन्। यीमध्ये कति संस्थालाई दसँैको सिजन वर्षैभर आउँछ भने कसैको बेलाबेला मात्र आउँछ।
विद्यालयहरूले वर्ष दिन पर्खेपछि बल्ल दसैं आएको छ। उता नर्सिङहोमका लागि चाहिँ बाह्रै महिना, रातबिहान बहार छ। उनीहरूका लागि सधैँ दसैँ सधैं तिहार! अब उनीहरूले नेपाली 'बिरामी परिजाऊन् र हाम्रोेमा भर्ना हुन आइहालुन्' भनेर घन्ट (एफएमबाट विज्ञापन) बजाएर धुपबत्ती नगरे पनि हुने भएको छ। किनभने शुद्ध वस्तु केही पनि खान नपाउने नेपालीको खान्की नै रोगको पोको हो। यस्ता खान्कीबाट नेपालीलाई रोगको पोको खनिएपछि केको धुपबात्ती गरिरहुन् उनीहरू! त्यसो हुँदा आज जति बेला पनि नेपाली मरणासन्न हुनसक्ने अवसर छ। रोज्जा रोज्जा बिरामीको उपचारमात्र गरे पनि हुने भएको छ उनीहरूलाई। उनीहरूलाई सधै बहार। सधैँ दसैं, सधै तिहार! रिसर्च सेन्टरको नाम राख्यो, रिसर्च भनेको कसले गरिरहोस्, भटाभटी दाम असुल गर्‍यो। बस! मूल रोगबाहेक सिजनल रोगमध्ये कहिले बर्डफ्ल्यु, कहिले हेपाटाइटिस, कहिले कोलेरा, कहिले मेनेन्जाइटिस, कहिले इन्सेफलाइटिस आदिआदिको प्रकोप परिरहने हुँदा उनीहरूले धुपबात्ती नगरे पनि हुन्छ अर्थात् विज्ञापन नगरे हुन्छ। सधैं धुम सधैं चट्। खचाखच पाउँछन् उनीहरूले ग्राहक। रोज्जा रोज्जा लिएर बाँकीलाई अन्यत्रै जाऊ भन्दा भइहाल्छ। अभर पर्न आँट्यो भने अन्यत्र रेफर गरिदियो टन्टै साफ!
केही काँधिएका विद्यालयले खाइलाग्दो, दाम तिर्न सक्ने, परीक्षामा परिणाम राम्रो दिलाउन सक्ने थान थानका विद्यार्थीलाई रोजीरोजी छानेर भर्ना गरेर अरूलाई छाडेजस्तो नर्सिङ होमले पनि अब कुन बिरामी अलिक ग्याँठ तिर्नमा सक्षम होलाजस्तो छ, कुनलाई उपचार गर्न सकिन्छ र क्रेडिट लिन सकिन्छ त्यस्तालाई मात्र छानेर वा रोज्जा बिरामीलाई मात्र राखेर उपचार (आयचार) गरिदियो, अरुलाई ठाउँ छैन भन्यो, हामी रिसर्च गर्दैछौँ भन्यो र बिदा गरिहाल्यो। यसो गर्दा अब हुने भएको छ। यसैले नर्सिङ होमका लागि भने चौबिसै घन्टा दसैं चौबीसै घन्टा तिहार! विद्यालय भने जनघनत्वका आधारमा खोलिएका देखिन्छन् तर नर्सिङ होमलाई ता पायक पर्ने ठाउँ हेरेर खोल्नु पनि पो पर्दैन त। कति फाइदा कति फाइदा! यी होम सदाबहार हुन्। यिनको जय होस्!
बर्ख दिन पर्खिएर बल्ल बोर्डिङ र प्लस टुको सिजन आएको छ दार्जिलिङमा पर्यटकको सिजन आएको जस्तो। भरसक उनीहरूको लागे त नालै नकाटेका नानीलाई पनि आफ्नै विद्यालयमा भर्ना गर्न बुकिङ गर्लान् जस्तो गरेको देखेको छु। विद्यालयमा भर्नाका लागि देउसी खेल्ने पनि मनग्गे छन्। देउसी खेलेर भर्नाको काम गरिरहेका छन्।
देखासेखी गर्नमा हामीलाई कसले भ्याउँछ र? लौ प्रतिस्पर्धाको यो युगमा भर्नाका लागि प्रतिस्पर्धा गरौं। नानीलाई ललीपप देखाएर लोभ्याउँ्क। अभिभावकको ढाड बंग्याऊँ। नर्सिंङ होम र बोर्डिङको विज्ञापनको घन्ट एफएममा बजाउँ्क।

प्रकाशित: १२ वैशाख २०६९ २३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %