६ पुस २०८१ शनिबार
image/svg+xml
विचार

कोरोना डेमोग्राफी र नेपालमा असर

संसारभरका तथ्याङ्कीय गतिविधि अद्यावधिकगर्ने संस्था वल्डो मिटरका अनुसार हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट १९लाख भन्दाबढी व्यक्ति प्रभावित भएका छन् । यिनमध्ये १ लाख१५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने ४ लाखभन्दा केहीमाथि मात्र निको भएका छन् जो सङ्क्रमित तथ्याङ्कको तुलनामा अत्यन्त न्यून हो । 

कोरोना जस्तै अन्य मौसमी भाइरल इन्फ्लुएन्जाबाट सामान्यतया १ प्रतिशतभन्दाकम व्यक्तिको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको अनुमान रहेको भएतापनि कोरोना भाइरसबाट देखिएको मृत्युदर ४ प्रतिशतसम्म पुगेको देखिन्छ । विश्व स्वास्थ्य संगठनले यही महिनाको सुरुमा कोरोनाभाइरसका कारण मृत्युदर ३.४ प्रतिशत देखाएको थियो भने सुरुमा यो दर २ प्रतिशतको हाराहारीमा रहेको जनाएको थियो । यो उच्च मृत्युदरले युरोपियन युनियनका अधिकांश मुलुक प्रताडित छन् ।

कोरोना जीवाणुका कारण सुरुमा यसको उद्गमस्थल चीनको वुहानमा मृत्यु दर ४.९ प्रतिशतसम्म पुगेको देखिन्छ । सुरुमा चीनको हुवे प्रान्त आक्रान्त थियो । विस्तारै यसको फैलावट युरोपमा पुग्यो र त्यहाँ इटलीलाई केन्द्रविन्दु बनायो जो आजसम्म पनि जारी छ । युरोपका स्पेन, जर्मनी, फ्रान्स, बेलायत, स्विजरल्यान्ड, नेदरल्यान्डजस्ताशक्ति सम्पन्न देशहरूमा कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढेको छ र सोही अनुपातमामृत्यु दर पनिदिन÷प्रतिदिन बढ्दो छ । 

विदेशमा रहेका नेपालीमध्ये ६६५ जना संक्रमित छन् भने १४ जनाको मृत्यु भइसकेको छ । संक्रमितहुनेमा सबैभन्दा बढी अमेरिकामा५०० पुगेका देखिन्छ भने मृत्यु हुनेमा बेलायतमाबसोबास गर्ने ८ जना छन्जहाँ १०० जनाभन्दा बढी नेपालीमाकोरोना पुष्टि भइसकेको छ ।   

चीन र इटलीपछि ह्वात्तै फैलिएको भनिएको मध्यपूर्वी मुलुक इरानमापनि कोरोना भाइरसको सङ्क्रमण बढ्दो छ । उता अपत्यारिलो किसिमबाट अमेरिकामा बढेको कोरोना सङ्क्रमणले विश्वका अन्यसबै देशलाई उछिनेको छ ।  

को हुन्छन् सबैभन्दाप्रभावित र कस्ताव्यक्तिको हुन्छ मृत्यु ?
उमेर र लिङ्गका आधारमा मृत्यु विश्लेषण आमजनसङ्ख्याशास्त्री तथा अनुसन्धानकर्ताहरूको चासोको विषय हो । सामान्य अवस्थामा उमेरका आधारमा सानो उमेरमा बढी, उमेर बढ्दै जाँदा क्रमश घट्दो र बुढ्योैलीमा बढ्दो मृत्यदर हुन्छ । विश्वव्यापी यस मान्यतालाई जनसाङ्ख्यिकीय भाषामा मृत्युको ‘यु सेप ग्राफ’भन्ने गरिन्छ । त्यस्तै कामकालागि विदेशिनेहरूमा सामान्यतया १६ वर्षमाथि र ५९वर्षमुनिका मानिस पर्ने भएकाले विदेशमा हुने उनीहरूको मृत्युको ग्राफ जे सेपमा देख्न सकिन्छ । जैविक मान्यताअनुसार प्रति १०० महिला जन्मँदा पुरुष १०५ जन्मने गर्थे जो हालविकृतिका रूपमा रहेको पितृसत्तात्मक सोचका कारण र नेपाललगायत विश्वका अधिकतम देशमा कानुनी मान्यतापाएको गर्भपतनमा देखिएको बढ्दो दुरूपयोगल गायतका तत्वले जन्मँदा पुरुष र महिलाको अनुपात बढेर १०७पुगेको छ । यसलाई जनसाङ्ख्यिकीय भाषामा‘सेक्स रेसियो एटवर्थ’भन्ने गरिन्छ । नेपालमा पनि‘सेक्स रेसियो एटवर्थ’ १०७ नै रहेको छ । 

यसरी जन्मँदा पुरुष बढी देखिएपनि मर्ने क्रममा महिलाबालिकाभन्दा पुरुष बालक नै बढी हुने गर्छन् जसलाई महिला बालिकाको बढ्दो जैविक शक्तिकारूपमा विश्लेषण गर्ने गरिन्छ । उता बुढ्यौली उमेरमापनि पुरुषको तुलनामा महिलाको नै जैविक शक्ति बढी भएको पाइन्छ । यहीकारणले जन्मँदा पुरुष बढी भएपनि मृत्यु दरमा पुरुषनै बढी पर्ने भएकाले गन्दाभने महिलाको सङ्ख्या धेरै देखिने गरेकोहो । 

अब कुरा रह्यो सङ्क्रमण फैलिएको चारमहिनाभित्र कोरोनाभाइरस काकारण पुरुष वा महिलाको बढी मरिरहेका छन्, यिनमा कुन उमेरका र किनभन्ने प्रश्नको । वल्डोमिटरकै विश्लेषणअनुसार कोरोनाभाइरसका कारणबाट भएको मृत्युदर हेर्दा यसले बालबालिका र बुढ्यौली उमेरमा हुने बढी मृत्युको तथ्याङ्कीय र जैविकमान्यतालाई चुनौतीदिएको देखिन्छ । उमेरगत विश्लेषणअनुसार कोरोनाभाइरसका कारण हुने मृत्यु दर ८० वर्षमाथिको जनसङ्ख्यामा सबैभन्दा बढी अर्थात १५ प्रतिशत देखिन्छ भने जन्मेदेखि ९ वर्ष उमेर समूहमा यो दर प्रायःशुन्य देखिन्छ । यस्तै लिंगका आधारमा हेर्दा महिलाको तुलानामा पुरुषको बढी अर्थात २.८ प्रतिशत देखिएको छ जो महिलाको १.७प्रतिशतको तुलनामानिकै बढी हो । 

उमेरगतविश्लेषणअनुसार कोरोनाभाइरसकाकारण हुने मृत्यु दर ८० वर्षमाथिको जनसङ्ख्यामा सबैभन्दा बढी अर्थात १५ प्रतिशत देखिन्छ भने जन्मेदेखि ९ वर्ष उमेर समूहमा यो दर प्रायःशुन्य देखिन्छ । यस्तै लिंगकाआधारमा हेर्दा महिलाको तुलानामा पुरुषको बढी अर्थात २.८ प्रतिशत देखिएको छ जो महिलाको १.७प्रतिशतको तुलनामानिकै बढी हो ।

रोचक प्रसंग त के छ भने कोरोना भाइरसबाट मृत्यु हुने अधिकांश व्यक्ति पहिला नै मुटु सम्बन्धी, मुधुमेय, श्वास÷प्रश्वाससम्बन्धी, उच्च रक्तचाप तथा क्यान्सर जस्ता घातक रोग भएकामा बढी देखिएको छ । यो सङ्क्रमणका कारण सङ्क्रमण हुनुपूर्व यस्ताकुनै रोग नभएका व्यक्तिमा हुने मृत्युदर नगन्य अर्थात ०.९ प्रतिशत देखिएको छ । 

तथापि कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वका अधिकांश मुलुक प्रभावित हुँदै जाँदा बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिक सबैमा सङ्क्रमण तीव्र बन्दै गएको हालको बढ्दो प्रवृत्ति पाइएपछि पछिल्लो समयमा आएर विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको सङ्क्रमण खास उमेर तथा लिङ्गमामात्र पर्छ भन्ने मान्यतालाई पनि खारेज गरिसकेको छ । बालबालिकामा कोरोना भाइरसको असर कमहुने देखिएपनि उनीहरू मार्फत भाइरसका कीटाणु अन्य समूहका व्यक्तिमा सर्न तथा फैलन सक्ने सम्भवाना देखिन्छ । यस्तै सानै उमेरमापनि कुनै घातक रोग लागेका बालबालिकामा कोरोना भाइरसले आक्रमण गरे ज्यानै जान सक्ने उत्तिकै प्रवल सम्भावना रहेको विभिन्न अध्ययनका विश्लेषणले देखाएका छन् । समग्रमा कोरोना भाइरसको असरबारे थप रहस्य, तथ्य खुल्नै बाँकी छ भन्न सकिन्छ । 

नेपालमा कोरोना भाइरसको असर 
नेपालमापनि कोरोना भाइरसको असर तीव्ररूपमा पर्ने सम्भावना बढ्दै गएको हालैका घटनाले पुष्टि गरिरहेका छन् । यही तथ्यलाई मध्यनजर गरी नेपाल विगत एक महिनायता लकडाउनको स्थितिमा गएको छ । हालसम्म भेटिएका १६ जना सङ्क्रमितमा पुरुष नै बढी देखिन्छन् । उमेरका आधारमा सबैभन्दा बढी महिलाकोे ८०वर्ष देखिएको छ भने दुई महिला १९ वर्षका छन् । सङ्क्रमितमा १२ जनाविदेशबाट नेपालफर्केका, ३ जना भारतीयनागरिक र एक स्थानीय महिला रहेका तथ्यले नेपालका स्थानीय समुदायसम्म पनिकोरोना भाइरसको सङ्क्रमण रहेको भन्न सकिन्छ । र,सम्भावनापनि प्रवल रहेको पुष्टि हुन्छ ।   

यस्तै विदेशमा रहेका नेपालीमध्ये हालसम्म ६६५ जना संक्रमित भइसकेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ । संक्रमित हुनेमा सबै भन्दा बढी अमेरिकामा नै ५०० पुगेको देखिन्छ भने मृत्यु हुनेमा बेलायतमा बसोबास गर्ने ८ जना रहेका देखिन्छ जहाँ हालसम्म १०० जनाभन्दा बढी नेपालीमा कोरोना पुष्टि भइसकेको छ ।   

कोरोनाभाइरसको संक्रमण फैलने ४ चरणमध्ये नेपाल दोस्रो चरणमा प्रवेश गरिसकेकाले अबका दिनमा यो झन जटिल बन्दै जाने निश्चित छ । चौथो चरण भएर गुज्रिएका अमेरिका, चीन र इटलीको अवस्था वर्णन नै गर्न नसकिने खालको अर्थात भयाबहभएपछि हामी नेपालीलाई कारोनाको दोस्रो र तेस्रो चरणसँग नै भिड्न धेरै गाह्रो हुनेछ भने चौथो चरण त महामारीकै अवस्थाहो । त्यसैले हामीले कोरानाभाइरसलाई हालकैै अवस्थामा राखिछाड्नुसबैभन्दा ठूलो बुद्धिमानी हुनेछ । यो सोचेभन्दा सजिलो पनि छ । 

यसकालागि सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालनागर्ने र प्रचारप्रसारलाई व्यापक बनाउन आवश्यक देखिन्छ । व्यक्तिलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कँदै ननिस्कने वातावरण तयार गर्न जरुरी छ । अत्यावश्यककाम परेमा पनि घरबाट अधिकतम दूरीमा परेको समस्या समाधान गर्न सकिने प्रावधान सरकारले लागु गर्न सक्नुपर्छ । 

सर्वसाधारणसम्म सरसफाइमा विशेष ध्यान जान उत्तिकै जरुरी छ । यसकालागि साबुन दलीदली छ चरणको प्रयोग गरी हात बारम्बार धोइरहने बानी विकास गर्न सक्नुपर्छ । पहिलो,औँलाहरू एकअर्कामा खप्टिएर दुवैतिर मिचिमिची धुने, दोस्रो दुवै हत्केला मिच्ने, तेस्रो हत्केला माथिनङहरू पर्ने गरी पालैपालो औँलाहरू राखीमिच्ने, चौथोदुवै बूढीऔँला पालैपाले मिच्ने, पाँचौँ दुवैहातका नारीहरू मिच्ने र छैटौँ दुवैहात एकापसमा माडीमाडी धुने र सबैतिर राम्रोसँग पखाल्ने ।
यसो गर्न कम्तीमाबीस सेकेण्ड समय लगाउनविश्व स्वास्थ्य संगठनको सुझाव छ । यसकाअतिरिक्त आवश्यकता र उपलब्धताका आधारमा स्यानिटाइजरको प्रयोग खानुअघि तथाअन्य समयमापनि गर्ने, घर बाहिर निस्कनैपर्ने भएमास्कप्रयोग गर्ने, सही सूचनालिने र दिने तथा भिड÷हुलबाट टाढा रहने र खोक्दा, हाच्छिउँ गर्दा मुख छोप्ने बानीविकास गर्न सकिएमाकोरोनाको असर कमहुनेमाशंका छैन । 
(जनसङ्ख्या विषयका सहप्राध्यापक, त्रिभुवनविश्वविद्यालय) 

प्रकाशित: ४ वैशाख २०७७ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App