१६ चैत्र २०८० शुक्रबार
विचार

दलीय दलदलमा देश

साथीभाइ, इष्टमित्र, कर्मचारीवर्ग र सञ्चार क्षेत्रका मानिस भेट हुँदा देशमा अब के हुन्छ ? देश कता जाला? भनी जिज्ञासा राख्छन्। कैयन् सार्वजनिक जीवनमा पहिचान बनाएका मित्रहरू त ठोकुवाका साथ यो संविधान र व्यवस्था नेपालमा टिक्दैन भन्छन्। राजनीतिक घटना, परिघटना र अस्थिरताबाट लामो समय गुज्रेको नेपालमा यस्ता ठोकुवालाई भविष्यवाणी भन्दा पनि आग्रहपूर्ण सोच भनी म वास्ता गर्दिन।

दुई वर्षअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा झण्डै दुईतिहाइको कम्युनिस्टसरकार बन्यो नेपालमा।  प्रारम्भिक दिनहरूमा सर्वत्र हर्ष र उत्साह थियो। नेपाल ‘चेन्ज’ (परिवर्तन) हुन्छ, ओली ‘गेमचेन्जर’ हुन्छन्भनी। अब नेपालमा समृद्धि र राजनीतिक स्थिरता हुन्छ भनेर। यस्ता विश्वास र भरोसा राख्नेहरूमा म पनि एउटा थिएँ। कम्तीमा ओली सरकारले केही नगरे पनि आफ्नो घोषणापत्रको आधा मात्र काम गरी पाँचवर्ष टिकोस् भन्ने कामना मेरो थियो। त्यसमा पनि रोगलाई जितेका ऊर्जावान प्रधानमन्त्रीको जोश र जाँगरले मलाई यो देश  पाँच वर्षमा कायापलट त हुँदैन, देश विकासका आधारभूत ‘जग निर्माण काल’ हुनेछ भनी लाग्थ्यो।

ओलीको पुग÷नपुग आधा कार्यकालपछि म देश घुम्न निस्केँ। देशमा के/कस्तो तरंग चलिरहेको छ आममानिसमा भनी म उपनिर्वाचनको समय र अहिले पनि पूर्व–पश्चिम साथीभाइहरू भेटघाट गरी हिँडिरहेको छु। मलाई यो भनिरहँदा तीतो लागिरहेको छ कि देशलाई रूपान्तरण गर्ने ऐतिहासिक अवसरबाट नेपालको कम्युनिस्ट आन्दोलन धेरै पर गएको बुझिन्छ। यस्तो भन्नेमा वैचारिकरूपले ओलीसँग सामीप्यता राख्ने वर्गको ठूलो हिस्सा छ। ओलीले जतिसुकै तुक्का र उखान हाले पनि आमनेपालीले उनीबाट गरेको समृद्ध नेपाल र स्थिरराजनीतिमा शंका उठाउन थालेका छन्, निराश भएका छन्।

कांग्रेस फुट्न सक्तैन, यो सत्य हो। कांग्रेस जुट्न पनि सक्तैन यो पनि तीतो सत्य हो। कांग्रेसमा जुट्न र फुट्न नसक्ने अवस्था १४औँ महाधिवेशनपछि पनि रहन्छ, यो सबैभन्दा ठूलो सत्य हो।

देशमा यतिखेर मूलतः दुई दलीय तन्त्र छ। एउटा कम्युनिस्ट पार्टी छ,अर्को कांग्रेस पार्टी। कांग्रेसबाट खासै अपेक्षा गर्नुपर्ने कारण देश विकासमा यतिखेर केही छैन। किनकि यो दल केन्द्रीय सत्तामा छैन र सातै प्रदेशमा पनि विपक्षमा छ। कांग्रेस संसद्मा प्रतिपक्षका रूपमा सशक्त बनोस्। सत्तारुढ कम्युनिस्ट पार्टीको निरंकुशता, अपारदर्शिता र गैरजवाफदेहितालाई संसद्मा उठाएर भविष्यमा कम्युनिस्टको विकल्प बनोस् भन्ने कामना यसका समर्थक र शुभेच्छुकहरूमा भेटिन्छ। कांग्रेसको वर्तमान नेतृत्व क्षमता र यसको सांगठनिक ढाँचा सत्तारुढ कम्युनिस्ट पार्टीबाट आजित आमनेपालीलाई राहत दिन सक्ने अवस्थामा नभएकाले ती खिन्न छन्। कांग्रेस पार्टी आफ्नो आन्तरिक जीवनको गुटगत राजनीति र भागबन्डामा यसरी फसेको छ कि राष्ट्रिय राजनीतिबाट यसका नेताहरू क्रमशः विस्मृतिमा पुग्दैछन्।
राजधानीका पत्रपत्रिका र टिभी सोहरूमा कांग्रेसको जस्तो उपस्थिति देखिन्छ, देश घुम्दा त्यो पाइन्न। कांग्रेसलाई जानकारीमा नलिनु कांग्रेसको मात्र चिन्ताको विषय होइन, यो संविधान र व्यवस्थाका लागि पनि खतराको संकेत हो।

कांग्रेसको वर्तमान अवस्थाबाट चिन्तित एउटा प्रसंग यहाँ सान्दर्भिक होला भनी राख्छु। आइतबार बिहान सुनसरीको सदरमुकाम इनरुवाबाट मित्र प्रकाश नेपालीले फोन गरेर ‘के कांग्रेस फुट्छ?’ भनेर मलाई सोधे? यो कांग्रेसभित्रको आन्तरिक जीवनमा चलिरहेको हलचल, गुटबन्दी र भागबन्डाको कारण उत्पन्न शंका हो। यो शंका यतिखेर देशभर छ।
प्रकाश नेपालीका बुबा भेषबहादुर कांग्रेसका त्यागी र निष्ठावान कार्यकर्ता भनी पूर्वतिर चिनिन्थे। भेषबहादुर नेपालीले कांग्रेसमा लागेर तन, मन, धन गुमाएका हुन् भनी पूर्वतिर कांग्रेसवृत्तमा खुबै चर्चा थियो प्रतिबन्धित अवस्थामा। तिनै भेषबहादुर २०४६ सालको परिवर्तनपछि क्रमशः कांग्रेसबाटै पाखा लागे।२०४६ सालको परिवर्तनपछि निष्ठावान कांग्रेसलाई पाखा लगाएर नेताको काखमा नयाँ अनुहार पुग्ने अभियान नौलो मानिन्न। बिपी कोइरालाले यसको संकेत दशकौँअगाडि कांग्रेससामु राख्नुभएको हो। दुर्भाग्यले यो सत्य भएको छ।

सुनसरीको कांग्रेस संगठन देशभरिका कांग्रेसीका लागि उदाहरण थियो भने त्यसको पछाडि गिरिजाप्रसाद कोइरालाका सहयोगीहरूमा भेषप्रसाद नेपाली ‘अब्बल’ ठानिन्थे। कांग्रेस राजनीतिमा वंशवादको वटवृक्ष विस्तारित भइरहेका बेला मैले उनै भेषबहादुर नेपालीका पुत्र प्रकाश नेपालीलाई सोधेँ– ‘के तिमी कांग्रेसको १४औँ महाधिवेशनमा प्रतिनिधि भएर आउने तयारीमा छौ?’अब त कांग्रेस सभापति देउवाले बहुमतको आधारमै भए पनि कांग्रेसको १४औँ महाधिवेशनको तिथिमिति तोके भनेँ। प्रकाश नेपालीले प्रस्टै शब्दमा भने–मलाई हराइदिन्छन्।

भर्खरै कुनै रेक्टरको नियुक्तिलाई लिएर त्रिविभित्र नेपाल विद्यार्थी संघको नाममा भएको अराजक व्यवहारले प्रस्टै पार्छ, रेक्टरको नियुक्ति लेनदेनका लागि नेविसंघ अनुकूल भएन भनेर। नेविसंघका विद्यार्थीको बजार मूल्य घट्यो र ती हिंशक भए।

कांग्रेसको १४औँ महाधिवेशन प्रक्रियामा सहभागी नहुने उनको अभिव्यक्तिले मलाई कांग्रेस ‘कोबाट कसरी?’ उभो लाग्ला भनी चिन्ता लाग्यो। हामी २०४२ सालको सत्याग्रहको बन्दी जीवनपछि नख्खु जेलबाट रिहा भएर गिरिजाप्रसाद कोइरालालाई भेट्न उनको निवास गएका थियौँ। हामी दुईले गिरिजा दाजुसँग लामो राजनीति कुराकानी ग-यौँ। कांग्रेस र देशमा प्रजातन्त्र ल्याउन हामीले अब कसरी योगदान दिनुपर्ला भनी गिरिजा दाजुसँग निर्देशन माग्यौँ। प्रकाश नेपाली भर्खरत्रिविबाट राजनीतिशास्त्रमा प्रथमश्रेणीमा उत्तीर्ण भएका थिए।  उनी गिरिजादाजुको अनुरोधमा आफ्नै गाउँ इनरुवा जान राजी भए। शिक्षणपेशा र कांग्रेस संगठन दुवै गर्ने गिरिजाप्रसादको आदेशलाई शिरोधार्य गर्न उनीतयार भए।

माथि मैलै भेषबहादुर नेपाली र उनका छोरा प्रकाशको चर्चा राजनीतिको वर्तमान सन्दर्भ र परिभाषा नै फेरिएकाले गर्नुपरेका हो। पार्टीसत्ता र राज्यसत्ताबाट सबै अवसर प्राप्त कांग्रेस नेतृत्वपंक्ति नै आफ्नो व्यक्तिगत स्वार्थ र महŒवाकांक्षाबाट प्रेरित भएर कांग्रेसभित्र भागबन्डा गरी गिरोहतन्त्र चलाउन उद्यम देखिएकाले माथिका दुई विम्बलाई स्मरण गर्नुपर्ने बाध्यता आइप¥यो। कसरी कांग्रेस भएर बस्लान् कुनै अवसर पनि नपाएका ती कांग्रेसजन जसले आजसम्म पनि गाउँ, नगर र जिल्लामा कांग्रेसको मूल्यपद्धतिलाई जीवनदर्शन बनाएका छन्। कसरी र कुन प्रेरणाले कम्युनिस्टको निरंकुशताविरुद्ध भिड्न सक्लान् कांग्रेसका समर्थक र शुभेच्छुकहरू जब केन्द्रमा सबै अवसर पाएर बसेकाहरू नै पार्टीलाई गिरोहतन्त्रअनुरूप कब्जा गर्न उद्यत छन् भने ?

कांग्रेसभित्रको भाँडभैलो र नेतृत्वको असहिष्णु प्रवृत्तिले प्रकारान्तमा नेपालमा कम्युनिस्टतन्त्रको निरंकुशता थप मौलाउने र विस्तारित हुने वातावरणयी भागबन्डाधारी कांग्रेस किन गर्दैछन् ? बुझिनसक्नु छ। दोष केलाई दिने ? विश्वको राजनीतिक चिन्तनमा कब्जा जमाएका एकथरी यो सबै समस्यको जड ‘नाफा’ हो भन्छन्। अर्कोथरी सबै असमानता, अन्याय र द्वन्द्वको जड सरकारी नीति हो भन्छन्। सरकारी नीतिको असफलताले नै केही अरबपतिको मुठीमा सबै धन थुप्रन पुगेको हो भनी अमेरिकी युवाहरू सामाजिक सञ्जालमार्फत आन्दोलनमै उत्रिएका छन्यतिखेर। नाफाको उद्देश्यवाट जब सबै कर्म गरिन्छ अनिराजनीति, पेशा र व्यापार बन्छ भन्नेराजनीतिक पण्डितहरूको तर्क छ। नेपालमा करिव करिव यो तर्क ठीक बस्छ।

नेपालमा पार्टीका नेता र कार्यकर्तामात्र राजनीति गर्दैनन् हिजोआज।  नेता, कार्यकर्ता, व्यापारी, कर्मचारी,सुरक्षाकर्मी, वकिल, डाक्टर, समाजसेवी सबैका लागि आवश्यक छ राजनीति र यीसबै यो पेशामा छन्।नाफाका लागि ‘अभिजातवर्ग’ लेकब्जा गरेको यो पेशाबाट कोही लाभान्वित छैन भने त्यो हो नेपालको किसान र मजदूर वर्ग। अर्थात नेपालको झण्डै असी प्रतिशत जनता।किसानको प्रारम्भिक पहुँच पनि बजारमा छैन भने मजदूरले बजारलाई प्रभाव पार्ने कुनै राजनीतिक हैसियत नै नेपालमा बनाएको छैन। हो, मजदूरको नाममा केही टाठाबाठाका लागि राजनीति फलिफाप भएको छ।

बजारले अभिजातवर्गको मोल निर्धारण गरेको छ नेपालमा। सबैले अहिले बजारमा आफूलाई ‘वस्तु’ झैँराख्न चाहन्छन् नाफा कमाउने उद्देश्यले। बजार अर्थात सबैकुरा नाफाका लागि ‘मोलतोल र लेनदेन’ बाट निर्धारण हुने विषय भयो। कांग्रेस र कम्युनिस्ट सबैनेता÷कार्यकर्ताको मोलतोल निर्धारण छ बजारमा। यस्तो बजार हल्ला छ। बजारमा कुन नेताको कति हैसियत र कति मूल्य भनी विचौलिया र व्यापारी मात्र भन्दैनन्, हिजोआज कर्मचारी पनि ठोकुवा गर्न थालेका छन्।
भर्खरै कुनै रेक्टरको नियुक्तिलाई लिएर त्रिभुवन विश्वविद्यालयभित्र नेपाल विद्यार्थी संघको नाममा भएको अराजक व्यवहारले प्रस्टै पार्छ, रेक्टरको नियुक्ति लेनदेनका लागि ऊ अनुकूल भएन भनेर। नेविसंघका विद्यार्थीको बजार मूल्य घट्यो र ती हिंशक भए। सोलुखुम्बुको टिम्बुरबोटेमा यही पुसको १ गते नेविसंघका होनाहार जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मणलगायत कैयन्लाई तत्कालीन निरंकुश राजतन्त्रले बर्बरतापूर्वक हत्या गरेको थियो।  यही पुसमा नेविसंघको नाममा त्रिविमा जे भयो त्यो कलम र मशालप्रति घोर अन्याय भयो। बजार बोल्दैन, नेता नाफा÷घाटा हेर्छन्।

कांग्रेस फुट्न सक्तैन, यो सत्य हो। कांग्रेस जुट्न पनि सक्तैन यो पनि तीतो सत्य हो। कांग्रेसमा जुट्न र फुट्न नसक्ने अवस्था १४औँ महाधिवेशनपछि पनि रहन्छ, यो सबैभन्दा ठूलो सत्य हो। किन यो अवस्था छ भनेर भनिरहनु पर्दैन, माथि नै भनियो सबै कुरा बजार मूल्यबाट निर्धारण हुने गर्छ। बजारमा जहिले जुन नेताको आवश्यकता छ त्यसैको चल्ती राजनीतिमा पनि हुन्छ।

पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकलेनेता चयन गर्ने दिन अब रहेन। पार्टी नेता अब बजार मूल्यबाट निर्धारण हुन्छ, कांग्रेसमा पनि कम्युनिस्टमा पनि। त्यसैले त विचौलियाको रजगज पार्टीभित्र छ, नेताको सयनकक्षसम्म छ। नेपाल कम्युनिस्ट पार्टीले दुईतिहाइको सरकार बनाएर देशलाई समाजवाद उन्मुख गर्लान् भन्ने आमनेपालीले भरोसा र विश्वास गरे। कम्युनिस्ट पार्टीलाई विश्वास गरेका आमनेपाली ठगिएको अनुभव गर्दैछन् यतिखेर। किनकिप्रधानमन्त्री स्वयम् निजी मेडिकल कलेजदेखि गोकर्ण रिसोर्टसम्म बिचौलियालाई प्रश्रय र संरक्षण गर्न सक्रिय देखिन्छन्। किन यस्तो गर्नुपर्ने बाध्यता हुन्छ भनी बुझ्न ठूलो सिद्धान्तको ठेली चाहिँदैन। पार्टी कब्जा गर्न र पार्टीमार्फत देशको स्रोत र साधनमाथि भागबन्डा र कब्जा गर्न बिचौलियाहरूको शरणमा नपरी नेताहरूलाई सुखै छेैन।

ओली र उनको टिमको संघर्ष, त्याग र राजनीतिक समर्पण विगतमा आममानिसको जनजिव्रोमा थियो। अझ उनको राष्ट्रवादी अडान त केही वर्षअगाडिको मात्र हो। तर प्रम ओलीको ती सबै व्यक्तित्वलाई पानी खन्याउने कामगोकर्णमा चर्चा कमाएका बिचौलियाको संगतबाट भयो। जबकि देशमा सबैलाई थाहा छ बिचौलिया कम्युनिस्ट वा समाजवादी होइनन्। यी कांग्रेस पनि होइनन् तर यी सबै नेताका भित्रिया भने हुन्। मेरा एकजना बहालवाला सचिव मित्रले मलाई बडो सजीवरूपमा देश ‘सातजना’ बिचौलियाको रजगजमा फसेको छ भनेर बेलिविस्तार लगाइरहन्छन्। एकपटक त ती सचिवले खिन्नतामा यी सातजना बिचौलियालाई समातेर जेल हाल्न पाए सबै नेताले आरामका साथ देश बनाउनेमात्र काममा लाग्थे भनी उनी ठोकुवा गर्थे। प्रधानमन्त्री ओलीबाट सबै प्रकारको‘सिन्डिकेट’ अन्त होला भन्ने प्रारम्भिक लक्षण नदेखिएको होइन तर प्रमभन्दा बिचौलिया बलशाली भए।

एकातिर कम्युनिस्ट पार्टीमा सभामुखको नियुक्तिमा विवाद छ। अर्कोतिर ओलीको राज्य सञ्चालन क्षमताबाट जनता निराश छन्। वर्तमान सत्ताबाट निराश जनतालाई भरोसा र विश्वास दिन प्रतिपक्ष पनि आशालाग्दो देखिएन। के त्यसो भए सार्वजनिक पहिचान बनाएका केही पण्डितले भन्ने गरेजस्तो अब यो संविधान र व्यवस्था भिरमा पुगेको हो ? यहाँनेर इतिहासकार बाबुराम आचार्यको पुस्तक ‘फेरि कहिले त्यस्तो नहोस्’ को स्मरण आउँछ। अब पनि लोकतन्त्रलाई धरापमा पार्ने खलनायक प्रधानमन्त्री ओली र प्रतिपक्षी नेता देउवा जिम्मेवार भए देश कहाँ पुग्ला ? कसले चलाउला ? जनता जागरुक छन् र सुदूर पूर्व, पश्चिम र मोफसलमा सत्तामाथि कब्जा जमाउन कुनै रुचि नभएका अभिजातहरूको पनि अन्त भएको छैन। आशा तिनै र त्यस्तैबाट गरौँ।  

प्रकाशित: १५ पुस २०७६ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App