२७ श्रावण २०७७ मंगलबार
विचार

कांग्रेस महाधिवेशन रडाको

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनलाई लिएर पार्टीका नेताबीच यतिखेर रडाको मच्चिरहँदा मलाई कांग्रेसको नवौँ महाधिवेशनपूर्वको स्मरण आइरहेको छ। पार्टीका तत्कालीन नेता गिरिजाप्रसाद कोइराला पार्टी सभापतिमा उठ्ने सोचमा थिए।उनी पार्टीलाई व्यवस्थित, संगठित र प्रभावशाली बनाउन सभापतिमा उठ्न चाहन्थे। त्यतिमात्र होइन, कार्यकर्ताको उचित मूल्यांकन गरी पार्टीलाई पुरानै अवस्थामा फर्काउने दृढ इच्छाशक्तिबाट सभापतिमा उठ्ने निश्चयमा कोइराला पुगे।

गिरिजाप्रसाद खेमाका केही उत्साही युवाहरू कोइरालालाई सभापति बनाउने तयारीमा जुटे।  तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराई पार्टीको नवौँ महाधिवेशन गराउलान् र?यस्तो शंका व्यक्त गर्नेको कमी थिएन कोइराला क्याम्पमा। कोइराला खेमामा भट्टराईप्रति गहिरो अविश्वास थियो। ‘भट्टराईले पार्टी डुबाउँछन्’– गिरिजादाजुले सभापतिपद लिनुप¥यो। यही थेगो तिनताका अपवादबाहेक कोइराला खेमाका सबैको ओठमा झुण्डिएको थियो।

भट्टराईको अगाडि कोइराला बोल्न नसक्ने र वादविवाद गर्न नसक्ने भनी यो झुण्ड कोइरालालाई आरोप लगाउँथे। तसर्थ जे गर्ने हो भट्टराईको परामर्शबिना नै निर्णय गर्नुपर्छ भन्ने दवाव गिरिजाप्रसादमाथि भयो र अन्ततः त्यही भयो। गिरिजाप्रसादलाई सभापति बनाएर पार्टीमाथि कब्जा गर्न सजिलो हुन्छ भन्ने सोच तिनताका भट्टराई विरोधी खेमामा प्रवल थियो। कांग्रेसलाई नयाँ सोच र दृष्टिकोणबाट अगाडि बढाउन कोइरालालाई सभापति बनाउनुपर्छ भन्ने अति आत्मविश्वास पनि त्यो झुण्डका केही उत्साही युवामा नभएको होइन।

गिरिजाप्रसाद कोइरालामा पनि कम आत्मविश्वास थिएन। उनी ‘एक टर्म’ मै पार्टीलाई व्यवस्थित र उचाइमा पु¥याउन सकिन्छ भनी प्रस्तुत भए। सभापतिमा एक टर्मभन्दा बढी राख्न नहुने सोचमा कोइराला थिए। सभापतिको पद ‘दुई टर्म’ कोराख्नुपर्छ भनी कोइरालाद्वारा प्रस्तुत ‘विचार र कार्यक्रम’ मा राख्न उनलाई कन्भिन्स नै गराउनुपरेको थियो। तर नियतिले गिरिजाप्रसादको सभापतिकाल तीन टर्मको भयो।

आज चारपल्ट प्रम भएका देउवा र अहिले कांग्रेस सभापतिमा म्याद थपेर टिक्न खोजिरहेका देउवालाई हिजोको पुस्ताले उनको कुन कर्मका लागि सम्झने ? छ कुनै ?

व्यक्तिमा हुने तीनगुणमा गिरिजाप्रसाद कोइराला सधैँ‘इमोसन’बाट सोच्थे। पार्टी सभापतिमा एक टर्ममात्रको व्यवस्था गर्नुपर्छ भन्ने गिरिजाप्रसाद कोइरालाको भावुकतापूर्ण अभिव्यक्ति थियो।‘रिजन’ बाट उनी विरलै सोच्थे। यद्यपि उनलाई नचिन्नेहरू ‘ग्रिड’ बाट उनी अगाडि बढ्थे भन्ने आरोप लगाउने गर्छन्। जुन पूर्णतः असत्य हो।

गिरिजाप्रसादलाई सभापति बनाएर कांग्रेसलाई प्रभावकारी बनाउने सोच भएकाहरू बिस्तारै गिरिजाप्रसाद सभापति भएपछि लाखापाखा लागे। पार्टी राजनीति निर्दयी हुन्छ र नेताको कृपा सधैँ एउटै व्यक्ति र झुण्डलाई हुँदैन भन्ने ज्ञान गिरिजाप्रसादका आसपास मडारिने युवामा थिएन। पात्रको निरन्तर परिवर्तन नेताको बाध्यता हो कि आवश्यकता ?यसको मनोवैज्ञानिक विश्लेषण दक्षिण एसियामा शायद भएको छैन। त्यस्तै भयो कोइराला क्याम्पमा पनि।

कोइराला क्याम्पमा नयाँ भक्तगणहरू छिरे। कार्यकर्ताको उचित मूल्यांकन गर्ने सोच  हावादारी भयो। कम्युनिस्ट प्रभाव देशभित्र कम गर्न गिरिजाप्रसादमार्फत अभियान चलाउने दृष्टिकोण पनि सुरु नै भएन। गिरिजाप्रसाद नवौँ महाधिवेशनबाट सभापति भएपछि उनको तीनकार्यकाल कम्युनिस्ट र राजतन्त्रलाई व्यवस्थापन गर्नमै व्यतीत भयो। गिरिजाप्रसाद नवौँ महाधिवेशनबाट दशौँ महाधिवेशनमा आइपुग्दा पूरै फरक गिरिजाप्रसाद भइसकेका थिए। एघारौँ महाधिवेशनको त कुरै नगराैं।

पार्टीको आर्थिक कारोबारलाई पारदर्शी र संस्थागत गर्ने कुरा नवौँ महाधिवेशनपछि छलफलको विषय नै कहिले भएन। नवौँ महाधिवेशनपछि दशाँै र एघारौँ महाधिवेशनमा कांग्रेससामु देशका अजेन्डाहरू नयाँ अगाडि आए। गिरिजाप्रसाद पार्टीभन्दा राष्ट्रिय राजनीतिको अजेन्डामा सक्रिय हुनुप-यो।

बाह्रौँ महाधिवेशनबाट संस्थागत र पारदर्शी राजनीतिज्ञको पहिचान बनाएका कांग्रेस विम्ब सुशील कोइराला सभापति भए। उनको कार्यकालमा नेपालको वर्तमान संविधान जारी भयो। कोइराला संविधान जारी गर्ने ‘नायक’ थिए कि‘निमित्त नायक’ मात्र थिए यो गम्भीर  विश्लेषणको विषय छ। उनको कार्यकालमा कांग्रेस कति संस्थागत भयो? हाँस्यास्पद छ।
चार कार्यकाल कांग्रेसलेनिरन्तर कोइरालाबाट नेतृत्व पायो। यो बेला कांग्रेस दुई धु्रवीय थियो। एउटा कोइराला गुट र अर्को कोइराला विरोधी गुट। तर अवसर र निजी फाइदाका लागि यी दुवै गुटका भक्तगण गुट परिवर्तनगर्न निर्लज्ज हुन्थे। कोइराला विरोधी गुटको निर्माण नै गिरिजाप्रसाद र सुशील कोइरालाबाट पार्टीमा न्याय भएन भनी निर्माण भएको थियो। विभिन्न मोड र घटनाबाट यसको नेता वर्तमान सभापति देउवा भए। त्यही देउवा गुट आज कांग्रेसमा संस्थापन गुट भएको छ। आज उनै देउवा कांग्रेसभित्र असहमत पक्षलाई पेल्ने र बहुमतको दम्भबाट पार्टी हाँक्ने आरोप बेहोर्दैछन्।

देउवाको नेतृत्वमा कांग्रेसले तीनै तहको निर्वाचनमा नराम्रो पराजय बेहोरेको थियो। देउवाकै सक्रियतामा लोकतान्त्रिक मर्यादाअनुरूप कांग्रेसको ‘विशेष अधिवेशन’ गर्न सकिन्थ्यो। देउवाको यस्तो सक्रियताबाट नेपालको राजनीतिमा, नेपाली कांग्रेसको राजनीतिमा एउटा नयाँ मान्यता स्थापित हुन्थ्यो। देउवा स्वयम्को इतिहास र व्यक्तित्व पनि नयाँ रूपमा अगाडि आउँथ्यो र प्रेरणादायी हुने थियो।

तेह्रौँ महाधिवेशनसम्म आइपुग्दा कांग्रेसमा बहुगुटको निर्माण भयो केन्ददेखि जिल्लासम्म। बाह्रौँ महाधिवेशनसम्म कोइराला र देउवा गुटमा बाँडिएको कांग्रेसतेह्रौ महाधिवेशनमा आइपुग्दा कोइराला गुट नै छिन्नभिन्न भयो। कांग्रेस आफ्नो जन्मकालदेखि साँढे छ दशकसम्म कोइरालाको सेरोफेरोमा चल्यो। तेह्रौँ महाधिवेशन अपवाद भयो। यद्यपि यही महाधिवेशनबाट बिपी पुत्र डा. शशांक कोइराला पार्टीको महामन्त्रीमा निर्वाचित भए।

बिपी पुत्र उठेको क्याम्पलाई नै कोइराला क्याम्प पनि भनियो तर त्यस क्याम्पबाट पार्टी सभापतिमा उठेका रामचन्द्र पौडेल निर्वाचन हारे देउवासँग। कांग्रेस पार्टीको आन्तरिक जीवनमा कोइराला क्याम्प कमजोर हुने र रामचन्द्र पौडेल देउवा विरोधी क्याम्पको नेता हुने घटना एकै समय भयो। तर रामचन्द्र पौडेल सही अर्थमा कोइरालाधारलाई प्रतिनिधित्व गर्ने सही व्यक्ति हुन् कितेह्रौँ महाधिवेशनमा निमित्तमात्र थिए? चौधौँकांग्रेस महाधिवेशनबाट यसको खुलासा होला। चौधौँ महाधिवेशन सामान्य अवस्थामा दुई महिना पछि हुनुपर्ने हो तर पार्टी सभापति देउवाले के असाधारण परिस्थिति देशमा देखे, बुझे र कांग्रेसको महाधिवेशन सार्ने निर्णय गरे, अहिलेसम्म त्यसको प्रस्टीकरण आएको छैन। कांग्रेस सभापति देउवा देशमा असाधारण परिस्थिति छ भनेर कसरी पुस्टि गर्लान्, भगवान जानून्।

असाधारण परिस्थितिको नाममा एकवर्ष कांग्रेसको चौधौँमहाधिवेशन सार्ने कुरामा कांग्रेसजनमा सहमति नै देखियो। यद्यपि बहुमत जिल्ला सभापतिले समयमानै कांग्रेसको महाधिवेशन गर्नुपर्ने अडान धेरै अगाडिदेखि राख्दै आएका हुन्। कांग्रेसलाई किन समयमा महाधिवेशनको खाँचो छ यो विषयलाई देश, विदेश र भूराजनीतिको परिस्थितिबाट कहिल्यै विश्लेषण गरिएन।

सभापति देउवा खेमाले समयमा चौधौँ महाधिवेशन गर्नुपर्ने विषयलाई आफ्नो पदच्युतको अवस्था ठाने रपदको म्याद विस्तार गर्न जायज÷नाजायज तर्क अगाडि सारे÷सार्दैछन्। देउवा विरोधी खेमाले पनि चौधौँ महाधेवशन देश, नेपाली जनता र कांग्रेस मूल्य पद्धतिको रक्षार्थभन्दा पनि देउवालाई ‘किक’ गरेर आफू त्यो सिंहासनमा विराजमान हुने ढंगले प्रस्तुत गरे। यी दुवै अतिवादी सोचले कांग्रेस अहिले गुटहरूको अतिवादी द्वन्द्वबाट ग्रसित छ। माथि गिरिजाप्रसादले कृष्णप्रसादसँग पार्टी सभापति पद लिँदा अपनाएको शालीनता र रणनीतिक चातुर्यता पुरानो पुस्ताबाट दीक्षित र शिक्षित वर्तमान पुस्ताले सम्झन योग्य ठानेनन्।

सही अर्थमा भन्ने हो भने कांग्रेसको चौधौँ महाधिवेशन आमनिर्वाचनमा दुई वर्षअगाडि पराजय बेहोरेपछि त्यसको ६ महिनाभित्र नै गर्नुपर्ने थियो। देउवाको नेतृत्वमा कांग्रेसले तीनै तहको निर्वाचनमा नराम्रो पराजय बेहोरेको थियो। देउवाकै सक्रियतामा लोकतान्त्रिक मर्यादाअनुरूप कांग्रेसको ‘विशेष अधिवेशन’गर्न सकिन्थ्यो। देउवाको यस्तो सक्रियताबाट नेपालको राजनीतिमा, नेपाली कांग्रेसको राजनीतिमा एउटा नयाँ मान्यता स्थापित हुन्थ्यो। देउवा स्वयम्को इतिहास र व्यक्तित्व पनि नयाँ रूपमा अगाडि आउँथ्यो र प्रेरणादायी हुने थियो। ‘जुँगाको रेखी बसेदेखिको’ लोकतान्त्रिक आन्दोलनमा उत्सर्ग गरेको उनको व्यक्तित्वले इतिहासको नयाँ उचाइ पाउँथ्यो।

आज चारपल्ट प्रम भएका देउवा र अहिले कांग्रेस सभापतिमा म्याद थपेर टिक्न खोजिरहेका देउवालाई हिजोको पुस्ताले उनको कुन कर्मका लागि सम्झने ? छ कुनै ? वर्तमान पुस्ताले उनलाई कसरी के कामका लागिउचित मूल्यांकन गर्ने? र, भावी पुस्ताप्रति उनले कहाँनेर न्याय गरे भनी भन्ने ठाउँ छ ? राजनीतिको यत्रो लामो जीवनमा पार्टीका आफ्ना भक्तगणहरू भन्दा माथि उठेर देखाउने राजनीतिक चरित्रमा शेरबहादुर देउवा पूर्णतः चुकेका छन्। 

संभवतः कांग्रेस सभापति देउवा मानसिकरूपमा आफ्नो जीत सभापतिमा पुनःसुनिश्चित नगरी चौधौँ महाधिवेशनका लागि तयार नहोलान्। आफ्नो चारवर्षको कार्यकालमा कुनै विभाग गठन नगरी लापर्बाह बने देउवा। पार्टीका अन्य भातृसंगठन चलायमान गराउने देउवाको प्राथमिकतामा कहिले रहेन। तर यतिखेर उनी नयाँ विभाग गठन गरेर आफ्ना भक्तहरूलाई आगामी महाधिवेशनको प्रतिनिधि हुने बाटो सहज गर्ने तानाबाना बुन्दैछन्देउवा। यस्तै आरोप रामचन्द्र पौडेल उनीमाथि लगाउँदैछन्।

भर्खरै सम्पन्न उपनिर्वाचन परिणामले कांग्रेस कोमाबाट तंग्रिन थालेको थियो। कांग्रेस नेताहरूलाई यो कुरा पचेन। कांग्रेसमा विद्यमान पुरानो रोग फेरि बल्झियो। भन्छन् नि‘सक्सेसलाई सस्टेन गर्न’ पनि कला र ज्ञान चाहिन्छ भनेर। त्यस्तै भयो उपनिर्वाचनपछि कांग्रेसमा। कांग्रेस नेता अज्ञानी भए।

धरानको अभेद्य कम्युनिस्टकिल्ला कांग्रेसले आफ्नो पराक्रमबाट नभत्काए पनि त्यहाँको जीतले ठूलो राजनीतिक सन्देश प्रवाह गरेको थियो राजनीतिमा। धरान कम्युनिस्ट उत्पादनको कारखाना थियो लामो समयदेखि। कांग्रेसले पहिलोपल्ट जितेको थियो धरानमा । यो चानचुने विजय थिएन। तर कुकुरलाई घीउ नपचेझैँ कांग्रेसलाई पनि जनमत कहिले पचेन।‘सक्सेस ह्यान्डलिङ’ गर्ने ज्ञान कांग्रेस नेतामा देखिएन।

गिरिजाप्रसाद कोइराला नवौँ महाधिवेशनबाट सभापतिमा उठ्ने निर्णय गर्दा उनका सहयोगीले पुस्तकाकारमा ‘विचार र कार्यक्रम’ तयार पारेका थिए। गिरिजाप्रसादका लागि त्यो विचार र कार्यक्रमको कति महत्व थियो भन्न सकिन्न। माथि नै भनेँ ती सबै हावा खाए भनेर।  तर कोइराला कांग्रेसलाई ‘पुरानो अवस्था’ मा पु-याउन दृढ संकल्पित थिए।

पुरानो अवस्था भनेको गिरिजाप्रसाद आफैँले गरेको २०५१को मध्यावधि निर्वाचनको गल्ती उनी सच्याउन चाहन्थे। अर्थात कांग्रेसलाई कोइराला बहुमतको सरकार निर्माण गरेरमात्र विश्राम लिने भीष्मप्रतिज्ञामा थिए। कोइरालाले त्यो प्रतिज्ञा पूरा गर्न अनेकन् प्रयोग गरे र अन्ततः उनी सफल भए। यो बेग्लै कुरा हो कि उनले भीष्म प्रतिज्ञा पूरा गरेर पनि राजनीतिक विश्राम भने लिएनन्।

अहिले कांग्रेस २०५१को मध्यावधिमा बेहोरेको पराजयभन्दा धेरै तलको अवस्थामा छ राष्ट्रिय राजनीतिमा। तर पनि कांग्रेसलाई पुरानो अवस्थामा पु¥याएर विश्राम लिन्छु भन्ने ‘नेता’ छैन। जनता र कार्यकर्ताको नेता नभएर पार्टी गुटको मात्र ‘प्राविधिक नेता’ कांग्रेसमा भएकाले यो ‘सेक्सपेरियन टे«जेडी’ कोनियति कांग्रेस भोग्दैछ। देउवा, पौडेल, सिटौला, गगनलगायत कसैले पनि सम्पूर्ण कांग्रेसलाई संबोधन गरी जनताको आशा र भरोसाको नेता हुनेतर्फ सोच्लान्? सोचे कांग्रेसको नवजीवन यही हो।

प्रकाशित: १ पुस २०७६ १०:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App