२८ आश्विन २०८१ सोमबार
image/svg+xml
विचार

त्रिदेशीय हैन त्रिदलीय

खास प्रयोजन नखुलाइएको चीन भ्रमणबाट फर्कनासाथ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको समस्या समाधान गर्न भारत, चीन र नेपालबीच त्रिदेशीय रणनीतिक साझेदारी हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्।


त्यसका लागि 'आगामी साता भारत भ्रमणमा जाने चिनिया" कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डललाई कुराकानी गर्न' आफूले सुझाव दिएको पनि उनले सगर्व बताएका छन्। अरू पार्टीका त कुरै छोडौ", माओवादीकै बाबुराम भट्टराईले पनि यस्तो अभिव्यक्ति दिएको भए अहिले उनको पार्टीले 'विदेशी हस्तक्षेपलाई आमन्त्रण गरेको' निष्कर्ष निकाल्दै त्यस्तो वक्तालाई 'राष्ट्रघाती' सावित गर्न कुनै कसर बा"की राख्ने थिएन। दाहालले भने विदेशी मुलुकलाई नेपालमा हस्तक्षेप गर्न खुला आमन्त्रण गर्दा पनि त्यो 'राष्ट्रवादी' कदम नै हुने गरेको छ।
सत्ताबाट बाहिरिनुको परेको पीडाबाट रन्थनिएका दाहालले नै सबभन्दा बढी विदेशी शक्तिकेन्द्र धाएको दृश्य कसैबाट छिपेको छैन। कुनै मुलुक विशेषले सत्तामा जान दिएन भन्ने निहु"मा कथित राष्ट्रिय स्वाधीनताको आन्दोलन गर्नेदेखि राजदूतमाथि दुर्व्यवहार गर्नेसम्मका काममा माओवादी पछि परेको छैन। दाहालका यस्ता अभिव्यक्ति नेपालको राष्ट्रिय हित, असंलग्न विदेश नीति र पञ्चशीलका घोषित सिद्धान्तविपरीत छन्। उनको अभिव्यक्तिमा मुलुकको राजनीतिको सा"चो विदेशीको हातमा सुम्पिने खतरनाक अनिष्ट निहित छ।
समस्या नेपालमा छ भने समाधान पनि यही" खोज्नुपर्छ बेइजिङ वा दिल्लीमा होइन। चीन र भारतलाई हाम्रो राजनीतिप्रति चासो होला। यहा" हुने गतिविधिबाट उनीहरुको राष्ट्रिय सुरक्षा पनि प्रभावित हुनसक्छ। काठमाडौंलाई आधार बनाएर तिब्बतको मुद्दा चर्काइने चिन्ता चीनलाई भएजस्तै सिमानाको फाइदा उठाएर आफ्नो मुलुकविरुद्ध गतिविधि हुने चिन्ता भारतलाई पनि छ। यस्तो चिन्ता उनीहरूले स्पष्टसित राख्ने गरेका छन्।
यस्तो अवस्थामा हामीले पनि भन्न सक्नुपर्छ - तपाईंहरू छिमेकीको थान्कामा बस्नुस्, तपाईंको संवेदनशीलताप्रति हामी सचेत छौँ र हाम्रो संवदेनशीलताप्रति तपाईं सचेत हुनुस्। तर, नेपालका राजनीतिक नेता भने विदेशीलाई एकअर्काका कुरा लगाउन व्यस्त छन्। 'भारतीय विस्तारवाद'विरुद्ध आन्दोलन गर्ने माओवादी अन्ततः नेपालमा विदेशी हस्तक्षेपलाई निम्तो दिने दल बन्न पुगेको छ।
सर्पका खुट्टा सर्पले देख्छ भनेझै" सबभन्दा धेरै विदेशी हस्तक्षेप माओवादीले देखिरहेको छ। अझ माओवादी नेता रहस्यमय विदेश भ्रमणबाट फकिनेबित्तिकै मुलुकमा विदेशी हस्तक्षेप बढेको चर्को स्वरमा भन्ने गर्छन्। नेपालजस्तो कमजोर राज्यमा विदेशी मुलुकका स्वार्थ हुन्छन्। सरोकारै नभए न अमेरिकाले नै यति धेरै ध्यान दिने थियो न युरोपेली देश राजदूत हुलै बा"धेर सक्रिय हन्थे। राजनीतिक नेताको काम यस्ता चलखेललाई सन्तुलनमा राख्नु र आफ्नो राष्ट्रिय स्वार्थको रक्षा गर्नु हो। तर, नेपालका नेताको व्यवहार अपवादमा पर्छ।
संकट पर्नेबित्तिकै फुत्त नायकको अवतरण त सिनेमामा मात्र हुन्छ। राजनीतिमा जसले संकट व्यवस्थापन गर्दछ उही योग्य नायक हुन्छ। इतिहासमा त्यस्ता अवसर कमै राजनीतिकर्मीले पाउ"छन्। त्यो अवसर प्राप्त भएर पनि भूमिका पूरा गर्न नसकेको अनुभव दाहाललाई अहिले भएको हुनुपर्छ। दुई तिहाईको सुविधायुक्त बहुमत, बलियो जनाधार, पार्टीभित्रको एकल वर्चस्व र बाध्यकारी अन्तर्राष्ट्रिय समर्थन हुँदा पनि दाहालले अयोग्यता प्रदर्शन गर्दा मुलुकले त्यसको मूल्य चुकाइरहेको छ। तीन महिनापछि स्वाभाविक अवकाश लिन लागेको सेनापतिस"ग सि"गौरी खेल्दा उनले पराजयमात्र भोग्नुपरेन, अन्ततः राजनीतिकरूपमा अयोग्य नेता पनि साबित हुनुपर्‍यो। सरकार चलाउन त सकेनन् नै, दाहालले विपक्षी नेताका हैसियतमा पनि आफूलाई सन्तुलितरूपमा प्रस्तुत गर्न सकेनन्। त्यही कारण संविधान लेखन, शान्ति प्रक्रियाजस्ता महत्वपूर्ण विषय धरापमा परेका छन्। उनकै कारणले संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन।
आन्तरिक अन्तरविरोधको समाधान गर्न नसक्नेले विदेशीलाई दोष दिन नाच्ने नजान्नेले आ"गनलाई टेढो भनेजस्तै हास्यापद हुन्छ। नेपाली समाजमा 'थैलीको मुख बलियोसँग बा"ध्नु, अरूलाई दोष नदिनु' त्यसै भनिएको होइन। आफूलाई चाहियो भने सातपटक दूतावास धाउने तर मन परेन भने अरूलाई विदेशीका कठपुतली भन्ने असन्तुलित दृष्टिकोणका कारण माओवादीले अहिले प्रत्येक मोर्चामा असफलता भोगिरहनुपरेको हो।
नेपालको समस्या समाधानका लागि भारत वा चीनको मुख ताक्नु अन्ततः भुटानीकरणको बाटोमा जानु हो। दुवै देशलाई सन्तुलनमा राख्नु एउटा पक्ष हो तर आन्तरिक समस्या समाधानका लागि 'तीन देशबीच रणनीतिक साझेदारी' को प्रस्ताव गरिनु नेपाललाई कहिल्यै पनि छिमेकीको पन्जाबाट बाहिर ननिस्किने गरी फसाउनु हो। अहिलेको समस्या समाधानका लागि भारत, चीन र नेपालबीच होइन, सबभन्दा पहिला माओवादी, नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति हुनुपर्छ। राजनीतिक निकासका लागि यी तीन दलबीच सहमति हुने हो भने दुनिया"को कुनै पनि शक्तिले त्यसलाई रोक्न वा भा"ड्न सक्नेछैन। तर, एमाले-कांग्रेसलाई भिडाउने, बरु शाहीकालीन मन्त्रीहरूलाई पार्टीमा प्रवेश गराउँदै पूर्वराजास"ग सम्बन्ध सुमधुर बनाउने अभियानमा माओवादी लाग्दा वातावरण झन् असहज बन्छ। समस्या जहा" छ, समाधान त्यही" खोज्नुपर्छ। जानीजानी विदेशीलाई भूमिका दिनुपर्छ भन्नु पराधीन मानसिकताको प्रतिध्वनि हो।

प्रकाशित: १६ कार्तिक २०६७ ०१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App