२४ श्रावण २०७७ शनिबार
विचार

विशिष्ट व्यक्तित्व

हेमराज ज्ञवाली, नेपाली पत्रकारिताको इतिहासमा ओजस्वी नाम हो। व्यक्ति शब्दमा ‘त्व’ प्रत्यय लागेर व्यक्तित्व शब्द बन्छ। यो शब्दले व्यक्तिमा निहित विशिष्ट भाव, प्रभाव र क्षमता बुुझाउँछ। कुुनै पनि व्यक्तिको व्यक्तित्व उसको जीवन–यात्रा, अध्ययन–साधना र कर्मका विविधतामा बनेको हुुन्छ। आफ्नो जीवनकाल (बाल्य, यौवन, वृद्ध)मा खेलेको भूूमिका, दिएको योगदान र पुु-याएको सहयोगका आधारमा व्यक्तित्व पहिचान हुुन्छ। यस अर्थमा हेमराज ज्ञवालीलाई शालीन व्यक्तित्वका रूपमा सहजै लिन सकिन्छ।

कुुनै पनि मानिसको जीवनको पहिचान बाह्य र आभ्यन्तर दुुई किसिमको हुुन्छ। ओजपूूर्ण, शालीनतायुुक्त, आँटिलो र अरूलाई वचनले नबिझाउने स्वभाव हेमराज ज्ञवालीको बाह्य व्यक्तित्व थियो भने गरेको कुुरा पुु-याउन चेष्टा गर्ने, अध्ययनशील, धार्मिक–सामाजिक क्षेत्रको झुुकाव, वेदान्त चिन्तन र संस्कृत प्रेम उहाँको आभ्यन्तर परिचय थियो। जन्मिएपछि एक दिन सबैले मर्नुुपर्छ। यो शाश्वत सत्यलाई कसैले पनि चुुनौती दिन सक्दैन। हेमराजले पनि दिन सक्नुुभएन। यस अर्थमा भौतिक रूपमा उहाँ बित्नुभयो। तर उहाँले गर्नुुभएका काम र आभ्यन्तर पहिचानले उहाँ अजर अमर हुुनुुहुुन्छ। उहाँको गुुण र क्षमताका कारण उहाँको शालीनता कहिल्यै मर्दैन। व्यक्तित्वका हिसाबले हेमराज ज्ञवाली पत्रकारिता प्रवद्र्धनका शीर्ष पुुरुष, वेदान्त चिन्तक, समालोचक, समीक्षक, अनुुवादक, प्रशासक आदि धेरैथरी हुुनुुहुुन्छ।

२०४५ सालसम्म पनि नेपालमा पत्रकारिताको व्यावसायिक विकास हुुन सकेको थिएन। त्यसबेलासम्म दैनिक गोरखापत्र, राइजिङ नेपालबाहेक साप्ताहिक पत्रिकाहरूमा समीक्षा, मातृभूूमि, राष्ट्रपुुकार, विमर्श, देशान्तर प्रमुुख थिए। निजी क्षेत्रमा दरिलो पत्रकारिताको खाँचो थियो। त्यो खाँचो पूरा गर्न हेमराज ज्ञवालीले धेरै पत्रकारहरूको सल्लाहमा छोरा विनोद ज्ञवाली र मित्र कैलाश सिरोहियाको सक्रियतामा कान्तिपुुर प्रकाशन गरेर पत्रकारिताको क्षेत्रमा ठूूलो फड्को मार्नुुभयो। अहिलेको कान्तिपुुरलाई यो उचाइमा ल्याउने श्रेय अवश्य पनि हेमराज ज्ञवालीलाई नै जान्छ। पछि उहाँले नै नेपाल रिपब्लिक मिडिया स्थापना गरेर नागरिक दैनिक, रिपब्लिका (अंग्रेजी दैनिक), शुुक्रबार साप्ताहिक, परिवार मासिक, नागरिक रेडियो, नागरिक न्युजडटकम आदि सञ्चालन गर्नुुभयो।

जन्मिएपछि एकदिन सबैले मर्नुुपर्छ। यो शाश्वत सत्यलाई कसैले चुुनौती दिन सक्दैन। हेमराजले पनि सक्नुुभएन। यसकारण भौतिक रूपमा उहाँको अन्त्य भयो। तर उहाँले गर्नुुभएका काम र आभ्यन्तर पहिचानले उहाँ अजर अमर हुुनुुहुुन्छ।

साहित्यिक क्षेत्रमा पनि उहाँको दक्खल र योगदान अविस्मरणीय छ। ‘पौरखी पुुर्खा र मेरो जीवनका पानाहरू’ पुुस्तकलगायत धेरै फुुटकर रचना उहाँका स्तरीय कृति हुुन्। आध्यात्मिक क्षेत्रमा अति गहन अनुुभव, उपनिषद्का अनुुवादलगायत संस्कृतका कवितालाई नेपालीमा रूपान्तरण गर्ने मात्र नभई संस्कृतमै पनि कविता (संस्कृत कविता संग्रह, जयतुु संस्कृतम्, २०५९ जेठ, पेज ७२) लखेको पाइनुुले पनि उहाँको संस्कृत प्रेम, संस्कृत लेखकीय शक्ति र विविधतामय जीवनको परिचय मिल्छ।

हेमराज ज्ञवाली धेरै क्षेत्रमा विशिष्ट व्यक्तित्व बनाउन पनि सफल हुुनुुहुुन्थ्यो। ती सबै विषय यो छोटो स्मृति–आलेखमा समेट्न सम्भव छैन। त्यसैले म उहाँको संस्कृत प्रेमको प्रसंग मात्र उठाउन चाहन्छुु।

आदरणीय हेमराज ज्ञवालीसँग धेरैजसो मेरो संगत जयतुु संस्कृतम् संस्थासँगको आबद्धताले बनाएको थियो। जयतुु संस्कृतम् आन्दोलन २००४ ले वि.सं. २०५४ मा संस्थाको रूप लिँदा श्रीभद्र शर्मा अध्यक्ष हुनुुहुुन्थ्यो भने हेमराज ज्ञवाली कोषाध्यक्ष हुुनुुहुुन्थ्यो। त्यसबेला म सदस्य थिएँ। जयतुु संस्कृतम्को विधानमा प्रत्येक ३ वर्षमा एक कार्यकाल पूरा हुुने व्यवस्था भएअनुुसार दुुई कार्यकाल श्रीभद्र शर्माले अध्यक्षता गर्नुुभएपछि हेमराज ज्ञवाली संस्थाको अध्यक्ष बन्नुुभयो। उहाँ अध्यक्ष भएपछि उहाँले समाल्दै आउनुुभएको कोषाध्यक्षको जिम्मेवारी मलाई दिइयो। तीन वर्षसम्म हेमराज अध्यक्ष हुुनुुभएपछि संस्थाको अध्यक्ष प्रा.विद्यानाथ उपाध्याय बन्नुुभयो।

जयतुु संस्कृतम् नेपालको इतिहासमा प्रजातन्त्र स्थापनाका लागि जनस्तरबाट राणाको विरोधमा शंखनाद गर्ने पहिलो र एक मात्र संस्था भएकाले यसको मूूल्य र महत्व विस्तार गर्नुपर्छ भन्ने सोच राख्नुुहुुने हेमराज ज्ञवालीको अध्यक्षीय कार्यकालमा काठमाडौंको मल्ल होटलमा संस्कृत सम्मेलन सम्पन्न हुुन सकेको थियो। सफलतासाथ सम्मेलन सम्पन्न भएकामा प्रशासनिक अनुुभव पनि भएका कारण संस्था चलाउने कला उहाँसँग भएको अनुुभूूति भएको थियो।

सदाचार र हिन्दुुधर्मप्रतिको उहाँको निष्ठा उहाँसँग कुुरा गर्दा जहिले प्रकट हुन्थे। स्वधर्ममा रहन नसक्दा बाह्य विकृतिहरू आउने, एड्सजस्ता भयानक रोगको सिकार हुुनुुपर्ने, दुराचार बढ्ने गर्छन्। त्यसैले ‘स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः’ धर्मोपदेशलाई अक्षरशः पालना गर्नुुपर्ने अभिव्यक्ति उहाँले संस्कृतमै लेखेर जयतुु संस्कृतम् स्वर्ण महोत्सव २०५४ मा प्रकाशन गर्नुभएको ‘हिन्दुुधर्म सदाचारस्य नियमः’ कवितामार्फत उजागर गर्नुुभएको छ। यस किसिमका बहुुक्षेत्रमा विशिष्ट व्यक्तित्व बनाउन सफल हेमराज ज्ञवाली नेपाली समाजकै लागि स्मरणीय, आदरणीय र वन्दनीय व्यक्तित्व हुुनुुहुुन्छ।
अध्यक्ष, जयतुु संस्कृतम्

प्रकाशित: १६ आश्विन २०७६ १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App