१० आश्विन २०७७ शनिबार
विचार

भूगोलले तय गरेको गन्तव्य

विश्व भूराजनीतिका विज्ञ रोबर्ट डि काप्लान अहिले विश्वमा भूगोल पुनः फर्किएको बताउँछन्। यही प्रसङ्गमा ३ करोड जनसंख्या भएको विविध धर्म र संस्कृतिको देश नेपालमा पनि भूगोल नयाँ ढङ्गले फर्किएको छ।

नेपाल कहिलेपनि उदाएन र अस्ताएन पनि। यो बाँची नै रह्यो। बाँच्नका लागि राष्ट्रका रूपमा यसले रणनीतिहरू तय गर्दै आयो। यो बाँच्नुको रणनीति उत्तरतिरको विशाल कन्फुसियाली राष्ट्र चीन र दक्षिणतिरको विशाल हिन्दु सभ्यताको भारतबीच तय गर्दै आयो। यो अवस्थिति भूगोलले तय गरिदिएको थियो। यही भूगोलको बाध्यताले हामीलाई बाँच्न सिकायो। भूराजनीतिको हिसावले आसाधारण रहेको नेपालका बारेमा अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक तथा जेनेभास्थित संयुक्त राष्ट्र संघ र स्विजरल्यान्डका पूर्वराजदूत शम्भुराम सिम्खडाले आफ्ना पत्रपत्रिका र सेमिनारका कार्यपत्र संकलन गरेर हालै किताब ल्याएका छन्– ‘नेपाल इन्डिया चाइना, रिलेसन्स इन द टवान्टी फस्र्ट सेन्चुरी।’

विश्व भूराजनीतिका विज्ञ रोबर्ट डि काप्लान अहिले विश्वमा भूगोल पुनः फर्किएको बताउँछन्। यही प्रसङ्गमा ३ करोड जनसंख्या भएको विविध धर्म र संस्कृतिको देश नेपालमा पनि भूगोल नयाँ ढङ्गले फर्किएको छ। यो भूगोल दुई विशाल छिमेकी राष्ट्र चीन र भारतको सम्बन्धमा फर्किएको छ। यी दुवैको नीतिलाई आफ्नो राष्ट्रिय स्वार्थमा फाइदा हुनेगरी प्रयोग गर्नुपर्नै निचोड लेखकको छ। आधुनिक नेपालको बाह्य सम्बन्ध २००७ सालपछि सुरु हुन्छ। यही सम्बन्धको विकासस्वरूप अहिले करिब डेढ सय राष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध गाँसिएको छ। तर पनि हामी भूगोलको बाध्यतामा कूटनीति सञ्चालन गरिरहेका छौँ।

नेपाली कूटनीतिका शीर्ष पुरुष यदुनाथ खनालले भनेबमोजिम जब नेपालका कारण दुई छिमेकी राष्ट्रको स्वार्थमा धक्का पुग्छ हाम्रो कूटनीतिक धर्मराउछ। एक्काइसौँ शताब्दीको मध्यतिर विश्व राजनीतिको नेतृत्व लिन अग्रसर चीन र विश्व शक्ति हुने लक्ष्यसहित हिँडेको भारतबीच नेपालका चुनौती र सम्भावना दुवै रहेको उनी बताउँछन्। बेल्ट एन्ड रोड अभियानअन्तर्गत विश्व व्यवस्थानै परिवर्तन गर्न हिँडेको चीनको घनत्व बढ्दैछ। उदार प्रजातान्त्रिक भारतपनि आफ्नो विशाल बजार र जनसंख्याको हिसावले विश्वको शक्ति बन्ने लक्ष्यमा छ।यस्तो अवस्थामा नेपालका उपाय के छन् त ? के हामी यी दुई छिमेकीबीचको सन्तुलन मिलाउन सक्छौँ त ? यस्तै प्रश्नहरूको उत्तर कूटनीतिज्ञ सिम्खडाले खोजेका छन्।

नेपालको विदेश नीतिका आफ्नै समस्या छन्। राष्ट्रिय सहमति नहुनु प्रमुख समस्या हो। विज्ञान र प्रविधिको अद्भूत चमत्कारको यस युगमा हामीले सन्तुलित र एकरूपताको नीति तय गर्नु आवश्यक छ। नेपालको आन्तरिक राजनीतिले जहिले पनि हाम्रो विदेश नीतिलाई असर गरेको छ। तदर्थवादमा आधारित विदेश नीति लागु गर्दा नेपालले दीर्घकालीन फाइदा लिन नसकेको साँचो हो। सन् ५० को सन्धिबाट निर्धारित नेपाल–भारत सम्बन्धमा परिमार्जन आवश्यक छ भनी प्रबुद्ध व्यक्तिहरू सम्मिलित आयोगको प्रतिवेदनले भर्खरै भनेको छ।

विशेष गरेर शीतयुद्धको समाप्तिपछि अन्तर्राष्ट्रिय राजनीतिमा व्यापक परिवर्तन आयो। त्यस परिवर्तनले अमेरिका एकमात्र विश्व शक्ति केन्द्र बन्यो। एक घ्रुवीय विश्वबाट अब क्रमशः बहुध्रुवीय विश्व बन्दै गएको सन्दर्भमा नेपालले विश्व शक्ति केन्द्रहरूसँगको व्यवहारमा सजगता अपनाउन जरुरी छ। हाम्रा मित्रहरू समुद्रपार पनि छन्। हालै अमेरिकाले नेतृत्व गरेको इन्डो प्यासिफिक गठबन्धनमा नेपालको संग्लनताका बारेमा विवाद उत्पन्न भएको छ। मानिस यो रणनीति अमेरिकाले उदाउँदो चीनलाई रोक्नका लागि ल्याएको हो भन्छन्। काप्लानले ठीकै भनेका हुन् कि आजको विश्व सम्बन्ध शीतयुद्धमा जस्तो वैचारिक छैन।

भूमण्डलीकरणको प्रक्रियासँग सबै राष्ट्र राज्यको स्वार्थमा नै फर्किएका छन्। भूगोल फेरि केन्द्रमा फर्किएको छ। यस्तै प्रश्न र विमर्शहरूले भरिएको चार खण्डको यो पुस्तक नेपाली कूटनीतिज्ञद्वारा लेखिएकाले पनि नीति निर्माताहरूका लागि महŒवपूर्ण छ। भारतसँगको परनिर्भरता घटाउन अब उत्तरी छिमेकबाट सम्भव देखिएको छ। चीनको कूटनीति उसको विश्व दृष्टिकोणबाट सञ्चालित छ। यसर्थ बोल्ट एन्ड रोड अभियानमा संलग्न भएपनि अमेरिकासँगको मूल्यमा हुनुहुँदैन। किनभने अमेरिका सन् २०५० सम्म विश्वको नेतृत्व गरिरहन सक्ने क्षमता राख्छ। ऊ अझै सैनिक, विज्ञान प्रविधि, संस्कृति, भाषा र मनोरञ्जनका माध्यमबाट हेर्दा सफल र हार्ड पावरका हिसाबले नम्बर एक नै हो। र, नेपालको पुरानो दाता र सहयोगी राष्ट्र पनि हो।

मुख्यरूपमा यी तीन शक्तिबीचको सन्तुलनमा नै नेपालको सही मार्ग हुन्छ भनेर लेखकले भनेका छन्। राष्ट्रिय स्वार्थ स्थायी हुन्छ तर यो राष्ट्रिय स्वार्थ पूरागर्न लागेका नेपालका विदेश मामलाका अभ्यासकर्ताहरूले ठोस परिणामजनताबीच देखाउन नसकेको हो– विपत्, कूटनीति, संयुक्त राष्ट्र संघबारे। नेपाल स्विजरल्यान्ड सम्बन्ध, नेपालबाट वैदेशिक रोजगारमा जाने कामदारहरू र कूटनीतिका सिद्धान्तहरूका बारेमा पनि चर्चा गरिएका लेखयो पुस्तकमा समावेश छन्।
नेपालले आफ्नो सफ्टपावर सगरमाथा, बुद्ध, जानकी मन्दिर र प्राकृतिक सौन्दर्य जस्ता कुरालाई पनि आफ्नो अन्तर्राष्ट्रिय पहिचानका रूपमा अघि सार्नुपर्ने धारणा लेखककोछ। तर उनी नेपालमा रहेका तिब्बती र भूटानी शरणार्थीका विषयमा, भारतसँगको सीमा विवाद र नाकाबन्दी आदि जस्ता समस्यामाथि भनेखासै खुलेर बोलेका छैनन्। जे भए पनि नेपालको पछिल्लो चरणको विदेश नीति र लेखकका यससम्बन्धी धारणा बुझन सघाउ पु¥याउने हिसावले पुस्तक उपयोगी लाग्छ।

प्रकाशित: ८ जेष्ठ २०७६ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App