२७ श्रावण २०७७ मंगलबार
विचार

भारतको निर्वाचन कथा

प्रधानमन्त्री जवाहरलाल नेहरूका बेला भारतका लागि अमेरिकी राजदूत एवं हार्वडका प्राध्यापक जोन केनेथ गालब्रेथले भारतको शासन प्रणाीलाई ‘फक्सनिङ एनार्की’ अर्थात् क्रियाशील अराजकता भनेका थिए। स्वतन्त्रतापछिको ७०औँ वर्ष पार गरिसक्दा पनि गालब्रेथको सो परिभाषाबाट भारत मुक्त हुनसकेको छैन। अहिले भारतमा लोकसभाका लागि छैटौँ चरणको निर्वाचन भइरहेको छ। मे १९ सम्म चल्ने यो निर्वाचनपछि गठित लोकसभाले प्रधानमन्त्री चुन्छ। यसर्थ यस निर्वाचनलाई विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रको निर्वाचन मानेर महTवसाथ हेरिन्छ।

अमेरिकाका इन्भेस्टमेन्ट नेता रुचिर शर्माको ‘डेमोक्रेसी अन द रोड’ २५ वर्षदेखिको भारतीय निर्वाचनहरूको स्थलगत भ्रमण, नेताहरूसँगको अन्तर्वार्ता र मतदातासँगको कुराकानीले भरिएको पुस्तक हो। सन् १९९८ बाट सञ्चार माध्यमका साथीहरू सम्मिलित समूह तयार गरी निर्वाचन अवलोकन गर्दै शर्माले लेखेको भारतको लोकसभा र विभिन्न राज्यका २७ वटा निर्वाचनका कथा यसमा छन्। भारतीय निर्वाचनको सन् ९० देखिको विकास विवरण दिँदै शर्माले यसमा विशेष गरेर आर्थिक उदारीकरणपछिको भारतको प्रजातान्त्रिक उत्सवको स्थलगत अवलोकन प्रस्तुत गरेका छन्।   

सन् १९९० पछि प्रधानमन्त्री पि.बि. नरसिंह रावले तत्कालीन अर्थमन्त्री मनमोहन सिंहमार्फत भारतलाई खुला बजारतर्पm लगेका थिए। पहिले मुम्बईमा इन्भेस्टमेन्ट सल्लाहकार रहेका रुचिर पछि न्युयोर्कमा स्थापित हुन्छन्। उनलाई ‘फोरेन पोलेसी’ पत्रिकाले संसारका १ सय बुद्धिजीवीमध्ये एक भनेर घोषणा गरेको छ। कंग्रेस आईको नेतृत्वमा रहेको युनाइटेड फ्रन्टको पराजयपछि अटलबिहारी बाजपेयीको सरकार बन्छ। सन् २००४ मा भारत चम्किएको नारामा असफल भएपछि मनमोहन सिंहको सरकार बन्छ र सिंहले दुई कार्यकाल बिताउँछन। सन् २०१४ मा बिजेपीका नरेन्द्र मोदी व्यापक बहुमतका साथ सरकार बनाउँछन्। अहिले मोदी दोस्रो कार्यकालका लागि निर्वाचनमा होमिएका छन। उनको प्रतिस्पर्धामा कंग्रेस (आई) का राहुल गान्धी देखिए पनि उनी प्रभावशाली छैनन्।

जात, परिवारवाद र पैसाको भूमिका पनि भारतीय निर्वाचनलाई प्रभाव पार्ने पक्ष हुन्। यी कुरा विशेष गरेर बिहार र उत्तर प्रदेशके निर्वाचनमा देख्न सकिन्छ।

यसर्थ उत्तर उदारीकरण भारतको निर्वाचन विवरण बोकेको यस पुस्तकले भारतको आधुनिक कथा भन्छ। सोनिया, राहुल गान्धी र नरेन्द्र मोदीसँग अन्तर्वार्ता गरिएका प्रसंग छन्। मोदी गुजरात दंगामा मुसलमानविरुद्ध भएको अत्याचारका प्रसंगमा रुष्ट बनेको उल्लेख गरेका छन्। भारत अझै आधुनिक राष्ट्र राज्य बन्न सकेको छैन। अनेकौँ जात, भाषा, धर्म, रहनसहन र विचारधारामा विभाजित भारतको निर्वाचन प्रजातन्त्रमा रुचि राख्ने जोकोहीलाई रंगीन कौतुहलमय लाग्छ। उत्तर उदारीकरणपछि सत्तारोहण गर्न सफल भारतीय जनता पार्टीको उदयसँगै भारतीय समाज धर्मको नाममा विभाजन हुँदै गएको छ। अल्पसंख्यक मुसलमान, इसाई र दलितमाथिका विभेद सतहमा देखा पर्न थालेका छन्। यही कुराको प्रतिबिम्ब राज्यका चुनावमा देख्न सकिन्छ।

जात, परिवारवाद र पैसाको भूमिका पनि भारतीय निर्वाचनलाई प्रभाव पार्ने पक्ष हुन्। यी कुरा विशेष गरेर बिहार र उत्तर प्रदेशका निर्वाचनमा देख्न सकिन्छ। रोनाल्ड रेगन, मार्गरेट थ्याचर र देङ स्यायो पिङ जस्ताका विमर्शबाट प्रभावित रुचिर शर्मा आफ्नो देशको निर्वाचनका विरोधाभास र विसंगति चर्चा गर्छन्। प्रसिद्ध लेखक भि.एस. नयपाल भारतलाई घाइते सभ्यता भन्थे। ग्रिक सम्राट अलेक्ज्यान्डरको आक्रमणदेखि करिब २ वर्षको बेलायती उपनिवेश सहेको भारतका राजनीतिक तन्तुहरू अझै सबल बन्न सकेका छैनन्। यसर्थ भारतको निर्वाचन अझै परिपक्व हुन नसकेको आमगुनासो छ। उत्तर प्रदेशमा दलित अधिकारबारे राजनीति गर्ने मायावतीको राज्य निर्वाचनदेखि हिन्दु–मुसलमान समीकरणसम्मको चर्चा यसमा छ। तर उनले पुस्तकमा उत्तरपूर्वका अस्थिर राज्यहरू र विवादित काश्मीर राज्यको निर्वाचनलाई भने समावेश गरेका छैनन्। भारतीय जनता निर्वाचनमा भोट हाल्न जान्दछन्। उनीहरू आफ्ना नेता चयनमा परिपक्व बन्दै गएका छन्। जारी निर्वाचनले पनि भारतीय जनताको प्रजातन्त्रप्रतिको प्रतिबद्धता स्पष्ट गर्छ। निर्वाचनको माहोल हेर्दा अन्यन्त्र प्रजातन्त्रप्रति उदासीनता छाइरहेका बेला भारतमा भने उत्साह देखिन्छ।

 

प्रकाशित: ३१ वैशाख २०७६ ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App