७ वैशाख २०८१ शुक्रबार
विचार

हुरीमा सजगता

बारा – पर्सामा आइतबार राति आएको प्रचण्ड हावाहुरीले महाविपत्ति नै ल्यायो। जसको अवस्था सम्झँदामात्र पनि आङ नै सिरिंग हुन्छ। हामीले अहिलेसम्म बाढी, पहिरो, भूकम्प, आगलगीलगायतका विपत्तिमात्र सामना गरेका थियौँ। त्यसैले हावाहुरीले पनि यस्तोखाले विपत्ति ल्याउँछ भनेर शायदै कुनै नेपालीले कल्पना गरेको थियो। यसर्थ यस घटनाबाट हावाहुरीको संदर्भमा पनि वैज्ञानिक अनुमान एवं जाँच गर्नुपर्ने नै हुन्छ।

उक्त हावाहुरीले धेरै क्षेत्रलाई भने प्रभावित पार्न सकेको देखिएन। जुन पश्चिमबाट पूर्व दिशामा लगभग २ किलोमिटरको रेन्जमा गएको छ। जमिन गहिरोसम्म खन्दै माथि उडाएको छ। भत्केका घर निकै दूरीमा फ्याँकिएका छन्। जसबाट यसको बेग निकै तीव्र रहेको बुझिन्छ। जसबाट हजारौँ मानिस प्रताडित हुन पुगे। उनीहरू वेदना सुन्दा पनि निकै पीडा हुने स्थिति सिर्जना भयो। यस घटनाबाट थाहा हुन्छ कि यस दुनियाँमा अदृश्य शक्ति छ जसले मानव जीवनलाई जतिसुकै बेला पनि सिध्याइदिन सक्दोरहेछ। जुन कुनै न कुनै रूपमा वातावरण एवं प्रकृतिसँग जोडिएको छ। यस्ता प्राकृतिक प्रकोपले मानव मुटु नै हल्लाइ दिन्छ पनि। यसबाट हुन सक्ने क्षतिको त कुरा गरी साध्य नै छैन। बारा र पर्सा यसका ज्वलन्त उदाहरणका रूपमा साक्षी छन्।

यो घटनाबाट पर्साको जगरनाथपुर सुकचैनालगायत गाउँमा अत्यधिक क्षति पुगेको देखिन्छ भने बाराको भलुही, भरवलिया, पुरैनिया, चैनपुरलगायतमा बढी क्षति भएको छ। बढी मानवीय क्षति उपरोक्त गाउँहरूमा भए पनि आर्थिक क्षति भने दुवै जिल्लाको कुनाकाप्चामा केन्द्रित भएको देखिन्छ। जुन क्षतिको पूर्ति पीडितको आफ्नै बुताबाट सम्भवै छैन। भनाइको मतलव उनीहरूलाई पीडाको यो सागरबाट उतार्न जनता र सरकार दुवै पक्षको उत्तिकै हातेमालो जरुरी छ। यो घटनाका पीडितलाई सघाउन वीरगन्जबासीहरू पनि उत्तिकै डटेर लागेका छन्। एउटा सरकारी अस्पतालमात्र होइन, लगभग सबै निजी अस्पतालसमेत अहोरात्र घाइतेको सेवामा जुटेका छन्। जुन सराहनीयमात्र छैन, सम्मानका हकदारसमेत भएका छन्। घटनालगत्तै संघीय सरकारभन्दा पहिला प्रदेश सरकारका प्रतिनिधि घटनास्थल पुगे। अनि आफ्नो क्षमताअनुसार नै किन नहोस्, राहत घोषणा ग¥यो। मृतकका परिवारलाई जनही ३ लाख रुपियाँ दिने घोषणा गरेको छ भने घाइतेको उपचार खर्चको भारसमेत आफैँ बोकेको छ। जसलाई स्वागतयोग्य भन्नैपर्छ।

घटनास्थल बडो त्रासदपूर्ण छ। बाँसको झ्याँङसमेत जरादेखि नै उखेलेर सयौँ मिटर पर फाल्ने हुरीले गरिबका झुपडी बाँकी राख्ने कुरै भएन। ट्रकसमेत पल्टाएको छ। यस्तो अवस्थामा भकारीको धान के बाँकी राख्थ्यो। त्यसैले मर्ने र मरिगए नै, बाँच्नेलाई पनि कम्ता सास्ती छैन। त्यसैले यी पीडितका लागि अझै पनि सरकारी तथा गैरसरकारी क्षेत्रको सहयोग उत्तिकै जरुरी छ। यसमा सर्वसाधारणले पनि सकेको सहयोग गर्नेपर्ने अवस्था छ। आखिर मानवीयता भनेको पनि त यही हो नि। जुन हामी नेपालीको विशेषता पनि हो। बिपत्ति त आइहाल्यो। क्षति पनि भइहाल्यो। तर यसबाट सिक्नुपर्ने पाठ पनि धेरै छन्। जस्तो बिमा गर्न सकियो भने यस्ता विपतले पु¥याएका क्षतिमा थोरै भए पनि सहयोग पुग्छ। कतिपय अवस्थामा हुरी प्रतिरोध संरचना निर्माण गर्ने, विपतअघि र विपतका बेला गर्नुपर्ने कामबारे सचेतना फैलाउने जस्ता कामले पनि क्षति न्यूनीकरणमा सघाउँछ। यस्ता कुरामा पनि विचार पु¥याउनु आवश्यक छ।

प्रकाशित: २६ चैत्र २०७५ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App