३ आश्विन २०७७ शनिबार
विचार

दुर्व्यवहार सहेर बसेका त छैनन् किशोर/किशोरी?

लक्ष्मी सापकोटा
अपराधबिनाको समाज कल्पना गर्न सकिँदैन। समाजमा अपराध हुन्छन् तर यसलाई न्यूनीकरण गर्न भनेसम्भव छ। त्यसका लागि विद्यमान कानुनबारे जानकार भइयो भने पनि धेरै हदसम्म आफू दुव्र्यवहारबाट बच्न सकिन्छ र केही हदसम्म अरुलाई पनि बचाउन सकिन्छ।कानुनको अनविज्ञता क्षम्य हुँदैन भनिन्छ। त्यसैले कानुन सबैले जान्नु आवश्यक हुन्छ।

नेपालको मुलुकी देवानी संहिता ऐन, २०७४ ले १० वर्षभन्दा कम उमेरकाबालबालिकालाई अक्षम भनेको छ। १० वर्ष पूरा भई  १८ वर्ष उमेर पूरा नगरेकालाई अर्धसक्षम भनेको छ। १८ वर्षभन्दा माथिका लागि सक्षम भनेको छ। तर विवाह गर्न २० वर्ष पूरा भएको हुनुपर्छ। र,कम्तीमा १४ वर्ष उमेर पुगेका व्यक्तिलाई निजको मन्जुरी लिई काममा लगाउन सकिनेछ। १६ वर्ष उमेर नपुगेकालाईजोखिमपूर्ण काममा लगाउन हुँदैन।अर्धसक्षम भनेका किशोर÷किशोरी हुन्। १४ वर्षदेखि १६ वर्ष उमेर पुगेकालाई सक्षमलाई हुने सजायभन्दा आधा र १६ देखि १८ वर्ष उमेर पुगेकालाई सक्षमलाई हुने सजायभन्दा दुईतिहाइ हुन्छ।

नाबालक छोरा÷छोरी, आमा/बाबुको सुपरीवेक्षण, निगरानी, नियन्त्रण, संरक्षण वा अख्तियारीमा रहन्छन्। त्यस्ता नाबालकले आमाबाबुले कानुनसम्मत दिएको आज्ञा, आदेश वा निर्देशन पालना गनुपर्छ। आफ्नो निगरानी रहेको नाबालकको आचरण, बानीबेहोरा तथा आचरण सुधार गर्न आवश्यक ठानेमा बाबु÷आमाले त्यस्ता नाबालकलाई उपयुक्त सम्झेबमोजिम कुनै कार्य गरी नाबालकको आचार वा बानीबेहोरामा सुधार गर्न लगाउन सक्नेछन्। तर निजलाई शारीरिक वा मानसिक कष्ट हुने कुनै व्यवहार गर्न सकिने छैन। साथै मातृ तथा पैतृक अख्तियारी निज १८ वर्ष पूरा भएपछि अन्त्य हुन्छ।

हालै आएर नेपाल प्रहरीले स्थानीय तह, सामाजिक संस्था र विद्यालयको साझेदारीमार्फत देशकासबै जिल्लामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ। जसमा प्रत्यक्षरूपमा ७५ लाख विद्यार्थी र ४० लाख शिक्षक संलग्न हुने अनुमान छ।

किशोर/किशोरीले के गर्न हुने, के गर्न नहुने भन्ने विषय कानुनले तोकेको छ। जस्तै– सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने, १० वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सासम्बन्धी उपचारको प्रयोजनका लागिबाहेक सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लील शब्द बोल्न वा इशारा गर्न हुँदैन। त्यस्तो गरेमा ६ महिना कैद वा ५,००० सम्म जरिवाना वा दुवै हुनेछ। कसैले अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न हुँदैन। त्यस्तो अश्लील किताब, पर्चा रेखाचित्र, चलचित्र, तस्बिर रेकर्ड वा अरु कुनै वस्तु  बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचारप्रसार गर्न हुँदैन। आफ्नो साथमा पनि राख्न हँुदैन। आफूसँग बोक्न पनि हँुदैन। त्यस्तो गरेमा १ वर्ष कैद वा १०,००० जरिवाना वा दुवै हुन्छ तर वैज्ञानिक, शैक्षिक कलात्मक, साहित्यिक, अनुसन्धानात्मक, ज्ञानबद्र्धक महत्व वा अभिरुचि वा धार्मिक प्रयोजनका लागि राखिएको कुरामा भने लागु हुँदैन।  

कोही सक्षम व्यक्तिको मन्जुरीबिना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविकरूपमा कुनै एकान्त ठाउँमा लगेमा, यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारले शब्द मौखिक, लिखित, साङ्गेकितरूपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लील चित्र वा तस्बिर देखाएमा, यौनका आशयले जिस्क्याएमा, हैरानी दिएमा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिनेछ। त्यस्तो सजाय गरेमा ३ वर्षसम्म कैद र ३०,००० जरिवाना हुन्छ। यसको हदम्याद कसुर भएको मितिले १ वर्ष हुन्छ। अक्षम, अर्धसक्षमको मन्जुरी भएपनि त्यस्तो कार्य गर्न हँुदैन। कसैले कसैलाई मौखिक, लिखित, साङ्गेतिकरूपमा वा विद्युतीय माध्यमबाट पनि यौन दुव्र्यवहार गरेको हुन सक्छ। त्यसमा पनि सचेत रहनु आवश्यक छ।

नेपालको संविधानमा समावेश भएका मौलिक हक कार्यान्वयन गर्न जारी भएको बालबालिकासम्बन्धी ऐन, २०७५ ले बालबालिकाविरुद्ध हिंसा गरेको मानिनेछ भनी विभिन्न कार्य उल्लेख गरेको छ। जस्तै धूमपान, मद्यपान वा जुवा, तास जस्ता कुलतमा संलग्न गराउने कार्य, बालबालिकालाई डान्स बार, क्यासिनो जस्ता मनोरञ्जनस्थलमा प्रवेश वा प्रयोग गराउने कार्य, बालिगहरूका लागि भनी तोकिएको चलचित्र, अन्य श्रव्य दृश्य जस्ता सामग्री देखाउने कार्य, घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने कार्य, शारीरिक चोटपटक वा असर पु¥याउने, आतङ्कित पार्ने वा धम्काउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने एक्ल्याउने वा मानसिक पीडा दिने,विद्युतीय वा अन्य माध्यमबाट प्रयोग गरी सताउने, कष्ट दिने,राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम धर्ना वा जुलुसमा प्रयोग गर्ने, गैरकानुनी थुनामा राख्ने, क्रूर अमानवीय व्यवहार गर्ने, यातना दिने, सनातन, परम्परा वा कुनै, धार्मिक वा सांस्कृतिक कार्यको लागिबाहेक संन्यासी भिक्षु वा कुनै भेष धारण गर्ने वा यातना दिने, जबर्जस्ती अनाथ घोषणा गर्ने वा अनाथका रूपमा दर्ता गराउने, धर्मको नाममा कुनै प्रकारको हिंसा, विभेद, हेलाँ वा बहिष्कार गर्ने वा उपहासको पात्र बनाउने, जादू वा सर्कसमा लगाउने, कसुरजन्य कार्य गर्न सिकाउने, तालिम दिने वा त्यस्तो कार्यमा लगाउने, बालबालिको विवाह गराउने, प्रचलित कानुनविपरीत अङ्ग झिक्ने, औषधि वा अन्य कुनै परीक्षणको लागि बालबालिकालाई प्रयोग गर्ने, कानुनबमोजिमबाहेक बाल गृहमा राख्ने, अश्लील चित्र, श्रव्यदृश्य वा यस्तै किसिमका अन्य सामग्री देखाउने वा देखाउन लगाउने वा अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदशन गर्ने वा बाल अश्लीलता प्रदर्शन गर्ने वा गराउने, बालबालिकाको वास्तविक वा काल्पनिक अश्लील चित्र वा श्रव्यदृश्य सामग्री वितरण गर्ने भण्डारण गर्ने वा त्यस्ता सामग्री प्रयोग गर्ने, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने, अश्लील कार्य तथा सामग्री निर्माणमा प्रयोग गर्ने, शरीरमा स्पर्श गर्नेलगायत कार्य बालबालिकाविरुद्धका हिंसा हुन्।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले बालयौन दुरुपयोग भनेर उल्लेख गरेको छ।  कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविकरूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिनेछ र त्यस्तो कार्य गरेमा ३ वर्षसम्म कैद सजाय र ३०,००० जरिवाना हुन्छ।

नेपालको संविधानमा समावेश भएका मौलिक हक कार्यान्वयन गर्न जारी भएको बालबालिकासम्बन्धी ऐन, २०७५ ले बाल यौन दुव्र्यवहार गरेको मानिनेछ भनी विभिन्न कार्य उल्लेख गरेको छ। जस्तैअश्लील चित्र, श्रव्यदृश्य वा यस्तै किसिमका अन्य सामग्री देखाउने वा देखाउन लगाउने वा अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने वा बाल अश्लीलता प्रदर्शन गर्ने वा गराउने कार्य, बालबालिकाको वास्तविक वा काल्पनिक अश्लील चित्र वा श्रव्यदृश्य सामग्री वितरण गर्ने, भण्डारण गर्ने वा त्यस्ता सामग्री प्रयोग गर्ने कार्य, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्य, अश्लील कार्य तथा सामग्री निर्माणमा प्रयोग गर्ने, यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा छुने कार्य, कामवासना वा यौन उत्तेजना उत्पादन गर्न बालबलिकालाई प्रयोग गर्ने वा गराउने कार्य, यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने, बाल यौन शोषण गर्ने वा गराउने यौनजन्य सेवा उपलब्ध गराउने वा यौनजन्य दुव्र्यवहार गर्ने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने गराउने वा या वेश्यावृत्ति कार्यमा प्रयोग गर्ने कार्य बाल यौन दुव्र्यवहार हो।

यसै सन्दर्भमा हालै आएर नेपाल प्रहरीलेस्थानीय तह, सामाजिक संस्था र विद्यालयको साझेदारीमार्फत देशकासबै जिल्लामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ। जसमा प्रत्यक्षरूपमा ७५ लाख विद्यार्थी र ४० लाख शिक्षक संलग्न हुने अनुमान छ। यस्ता दुईवटा कार्यक्रममा कानुनको विद्यार्थीका नाताले प्रशिक्षण दिने अवसर मिलेको थियो। त्यस क्रममा थाहा भयो कि यो कार्यक्रम निकै प्रभावकारी हुनेवाला छ। आफूमाथिआइलाग्ने समस्या सहेर बस्न नहुने, आफ्ना आमा÷बाबु अथवा संरक्षकलाई आफू कहाँ र के गर्दैछु भन्ने जानकारी दिनुपर्ने, प्रहरीलाई खबर गर्ने जस्ता महŒवपूर्ण कुराकिशोर÷किशोरीले यस्ता कार्यक्रमबाट जानेको उल्लेख गरेका छन्। जसले किशोर÷किशोरीमाथि हुने दुव्र्यवहार कम गर्न त सघाउँछ नै, साथै सानैदेखि डरलाग्दोरूपमा चित्रण गरिँदै आएको प्रहरीप्रति पनि सकारात्मक धारणा बन्नेमा शंका रहेन। उपप्राध्यापक, काठमाडौँ स्कुल अफ ल

 

प्रकाशित: १९ फाल्गुन २०७५ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App